गभर्नर नियुक्ति विवादको रिट आज पनि सर्वोच्चबाट हेर्न नभ्याइने

काठमाडौं । गभर्नर नियुक्ति सम्बन्धी विवादमा दायर रिटमाथि आज पनि सर्वोच्च अदालतले सुनुवाइ गर्न सकेन। गभर्नर नियुक्तिका लागि उमेर हद हटाइएको र गुणाकर भट्टको योग्यता नपुगेको दाबी गर्दै दायर गरिएको रिट सोमबार न्यायाधीश महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा परेको थियो। तर, कार्यव्यस्तताका कारण सो रिट हेर्न नभ्याइनेमा राखिएको हो। यसअघि...

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ। नेप्से परिसूचक १६.६८ अंकले घट्दै २,७०६.०४ विन्दुमा झरेको छ। यो अघिल्लो कारोबार दिन बिहीबारको तुलनामा ०.६१ प्रतिशतको गिरावट हो। लगातार तीन दिनको वृद्धिपछि नेप्सेमा आइतबार दोहोरो अंकको गिरावट आएको हो। सो दिन ५३ कम्पनीका सेयर मूल्यमा वृद्धि देखिए पनि १९२...

परराष्ट्रमन्त्री डा. आरजु राणा युएनस्केपको ८१औं सत्रको अध्यक्षता गर्न बैंकक प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१औं सत्रमा सहभागी हुन आइतबार थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेकी छन्। अप्रिल २१ देखि २५ तारिखसम्म बैंककमा आयोजना हुने युएनस्केपको सत्रमा नेपाल हाल अध्यक्ष राष्ट्र रहेकोले मन्त्री डा. राणाले सत्रको अध्यक्षता गर्नेछिन्।...

कोसी करिडोर प्रसारणलाइन उद्घाटन गर्न भारतीय मन्त्री खट्टर नेपाल आउँदै

कोसी करिडोर प्रसारणलाइन उद्घाटन गर्न भारतीय मन्त्री खट्टर नेपाल आउँदै
काठमाडौं – भारतका विद्युत् तथा आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल भ्रमणमा आउन लागेका छन्। ऊर्जामन्त्री दीपक खड्काको निमन्त्रणामा उनी कोसी करिडोर २२० केभी प्रसारण लाइन तथा सबस्टेसन उद्घाटन गर्न मंगलबार नेपाल आउने कार्यक्रम तय भएको छ। भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको इनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार २२० केभी प्रसारणलाइन र विभिन्न सबस्टेसनहरूको...

रुपन्देहीको बुद्धनगरमा एक युवतीमाथि गोली प्रहार,गोली प्रहार लगत्तै युवक फरार

रुपन्देहीको बुद्धनगरमा एक युवतीमाथि गोली प्रहार,गोली प्रहार लगत्तै  युवक फरार
बुटवल – रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा एक युवतीमाथि गोली प्रहार गरिएको छ। प्रारम्भिक जानकारीअनुसार, बिहेको प्रस्ताव अस्वीकार गरेपछि ती युवतीमाथि गोली हानिएको हो। पाल्पाको रैनादेवी छहरा स्थायी घर भई हाल बुद्धनगरमा बस्दै आएकी २९ वर्षीया टीका विष्ट क्षेत्रीमाथि शनिबार बिहान गोली प्रहार भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। प्रहरी नायव उपरीक्षक...

याक संरक्षण सामूहिक जिम्मेवारी हो : कृषिमन्त्री अधिकारी

याक संरक्षण सामूहिक जिम्मेवारी हो : कृषिमन्त्री अधिकारी
Photo Source: ICIMOD काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले याक पालनले हिमाली समुदायको आयआर्जन, खाद्य तथा पोषण सुरक्षामा मात्र होइन, प्रांगारिक खेती र वातावरणीय सन्तुलनमा समेत महत्वपूर्ण योगदान दिँदै आएको बताएका छन्। प्रथम राष्ट्रिय याक दिवसका अवसरमा शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले याकचौंरी पालनमा देखिएका विभिन्न चुनौतीहरूको उल्लेख...

अमेरिका भिसा अन्तर्वार्तामा नयाँ मापदण्ड लागू

अमेरिका भिसा अन्तर्वार्तामा नयाँ मापदण्ड लागू
काठमाडौं — काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताका लागि नयाँ मापदण्ड लागू हुने जानकारी गराएको छ। दूतावासका अनुसार आगामी वैशाख १५ गतेदेखि सबै भिसा आवेदकले अन्तर्वार्तामा उपस्थित हुँदा डिएस-१६० भिसा आवेदन फारमको कन्फर्मेसन बारकोड नम्बर अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ। दूतावासले स्पष्ट पारेको छ कि भिसा अन्तर्वार्ताको लागि अनलाइनमार्फत लिइएको अपोइन्टमेन्टमा प्रयोग गरिएको कन्फर्मेसन...

कानुन समितिको वार्षिक प्रतिवेदन पारित, आगामी संसद बैठकमा पेस हुने

कानुन समितिको वार्षिक प्रतिवेदन पारित, आगामी संसद बैठकमा पेस हुने
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक काठमाडौँ, ५ वैशाखः कानून, न्याय तथा मानव अकानुन, न्याय तथा मानव अधिकार समितिको बैठक काठमाडौँ, ५ वैशाखः कानून, न्याय तथा मानव अधिकार समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठक । तस्बिरः नवीन÷रासस धिकार समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठक । तस्बिरः नवीन÷रासस काठमाडौं — प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय...

प्रधानमन्त्री ओलीद्वारा भरतपुरको ६ लेन सडक उद्घाटन

प्रधानमन्त्री ओलीद्वारा भरतपुरको ६ लेन सडक उद्घाटन
चितवन — पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भरतपुर महानगर हुँदै जाने ६ लेन सडक खण्डको शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक उद्घाटन गरेका छन्। नारायणगढ पुलचोकदेखि गोन्द्राङसम्मको करिब ६ किलोमिटर दूरीको सडक विस्तार कार्य ४७ महिनामा पूरा भएको हो। यसअघि प्रधानमन्त्री रहेका बेला नै ओलीले २०७७ साल माघ १७ गते भरतपुर विमानस्थल आडमा...

ई–सेवाबाट करोडौं रकम चोरी गर्ने युवक काठमाडौंबाट पक्राउ

काठमाडौं — फिसिङ लिंकको माध्यमबाट रकम चोरी गरेको आरोपमा कञ्चनपुरका २२ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति कृष्णपुर नगरपालिका–१ का राहुल बुढा हुन्, जो हाल काठमाडौंको अनामनगरमा बस्दै आएका थिए। उनी माथि विभिन्न व्यक्तिलाई एसएमएसमार्फत फिसिङ लिंक पठाएर ई–सेवाको एक करोड दुई लाख रुपैयाँभन्दा बढी रकम चोरी गरेको...