थ्री स्टार र ब्ल्याक बुल्स सेमिफाइनलमा भिड्ने, नेपाल पुलिससँग फाइनल यात्रा तय गर्ने होड

पोखरा – सिजनको पहिलो नकआउट खेल खेलेर पोखरा पुगेको थ्री स्टार क्लबले विजयी सुरुवात गरेको थियो। यस जितले थ्री स्टारलाई २४ औं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा स्थान सुनिश्चित गराएको हो। मजबुत मानिएको मच्छिन्द्र फुटबल क्लबलाई पेनाल्टीमा ४-२ ले हराउँदै अघि बढेको थ्री स्टारले आजको खेलमा अझ कडा चुनौतीको सामना गर्नुपर्ने...

बबरमहल क्षेत्रमा फुटेको पाइपको मर्मत कार्य सम्पन्न

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले विद्युत तार भूमिगत गर्ने क्रममा बुधबार दिउँसो बबरमहल क्षेत्रमा फुटेको मेलम्ची खानेपानी पाइपको मर्मत कार्य सफलतापूर्वक सम्पन्न गरेको छ। प्राधिकरणको होरिजेन्टल ड्रिलिङ कार्यका क्रममा थोक वितरण प्रणालीको पाइपमा क्षति पुगेको थियो। खानेपानीमन्त्री प्रदीप यादवका अनुसार मर्मत कार्य राति सुरु गरिएको थियो र अहिले पूर्ण रुपमा मर्मत...

रासायनिक मलको अभाव रोक्न र कालोबजारी नियन्त्रणमा प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई रासायनिक मलको आपूर्ति सुनिश्चित गर्न र कालोबजारी नियन्त्रणमा ठोस कदम चाल्न निर्देशन दिएका छन्। बिहीबार प्रधानमन्त्रीको कार्यालयमा आयोजित ब्रिफिङमा प्रधानमन्त्री ओलीले मल आपूर्ति र वितरणलाई छिटो, पारदर्शी र व्यवस्थित बनाउन निर्देशन दिएका थिए, जसले किसानलाई सधैंका लागि समस्यामा पार्ने अवस्थाको अन्त्य...

दीपा र हिराको स्थानमा मनमाया र सुष्मालाई मौका

काठमाडौँ: घाइते दीपा शाही र हिराकुमारी भुजेलको स्थानमा मनमाया दमाईं र सुष्मा तामाङलाई समेटेर नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरिएको छ। बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले फोर नेसन्स कपका लागि २३ सदस्यीय टोलीको घोषणा गरेको हो। यस टोलीमा पहिलोपटक एपिएफ क्लबकी रक्षक मनमाया र वालिङ नगरपालिकाबाट खेल्ने मिडफिल्डर सुष्माले...

नेपाललाई फिफा वरीयता सुधार्ने अवसर

अखिल नेपाल फुटबल संघ (एन्फा)ले ५ फागुनदेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आयोजना गर्दैछ। एएफसी एसियन कप र फिफा महिला विश्वकप छनोटको तयारीका रूपमा नेपालले यो प्रतियोगिता आयोजना गरेको हो। दशरथ रंगशालामा हुने च्याम्पियनसिप ‘फिफा डे’ का दिन हुनेछ, जसले नेपाललाई आफ्नो फिफा वरीयता सुधार्ने अवसर दिनेछ। हाल, फिफाको महिला वरीयतामा नेपाल १०३...

युवा विज्ञ परिषद्को प्रमुखमा मदन भण्डारी

राष्ट्रिय युवा संघ नेपालले कास्कीका मदन भण्डारीलाई युवा विज्ञ परिषद्को नेतृत्वमा चयन गरेको छ। मंगलबार जारी गरिएको सर्कुलरमार्फत जिम्मेवारीमा हेरफेर गर्दै उनलाई परिषद्को प्रमुख बनाइएको हो। यस परिषद्मा एक प्रमुख, एक उपप्रमुख, एक सचिव र ५१ केन्द्रीय सदस्य रहनेछन्। परिषद्लाई थप सक्रिय र सशक्त बनाउन नयाँ नेतृत्व चयन गरिएको युवा संघले...

चिकित्सा शिक्षा आयोगको बैठक: विदेशी विद्यार्थीको सिट संख्या वृद्धि गर्ने विषयमा छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १७औं बैठकमा निजी मेडिकल कलेजहरूमा अध्ययन गर्ने विदेशी विद्यार्थीको सिट संख्या वृद्धि गर्ने विषयमा छलफल भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा, निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता उपलब्ध गराउने निर्णय कार्यान्वयनको लागि विदेशी विद्यार्थीको संख्या...

ग्यास उद्योगीको आन्दोलन स्थगित

नेपाल एलपी ग्यास उद्योग संघले विभिन्न माग राखेर बिहीबारदेखि गर्ने भनिएको आन्दोलन स्थगित गरेको छ। आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलपछि संघले आन्दोलन स्थगित गर्ने निर्णय गरेको हो। उद्योगमन्त्री दामोदर भण्डारी, नेपाल आयल निगमका पदाधिकारी र संघका प्रतिनिधिहरू बीचको छलफलमा संघले उठाएका जायज मागहरू सम्बोधन गर्ने सहमति भएपछि आन्दोलन...

पाइप फुटेपछि जलमग्न भएको बबरमहलमा सडक भासियो

बबरमहलमा मेलम्ची खानेपानी परियोजनाको पाइप फुटेपछि जलमग्न भएको स्थानमा सडक भासिएको छ। बुधबार दिउँसो पाइप फुटेपछि पानी निस्किएको ठाउँमा सडक भासिएको हो। सडक भासिएपछि उक्त क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको छ। पानीको असरले जिल्ला अदालत काठमाडौं अगाडि सडक र वन परिसरका सरकारी कार्यालयहरू पनि डुबानमा परेका छन्। मेलम्ची खानेपानी परियोजनाका प्रमुख...

टाइपमा त्रुटिले ‘श्री ५ को सरकार’ भयो :खेलकुदमन्त्री चौधरी

मन्त्री चौधरीले पत्रमा भनेका छन्, "श्री ५ को सरकार शब्दावली नेपालको संविधान २०७२ को धारा-१ बमोजिमको विरोधमा रहेको देखिएकाले उक्त त्रुटि सच्याइ, नेपाल सरकार शब्दावली राखी प्रमाणीकरण गरी कार्यान्वयनका लागि पठाइएको छ।" समाजमा आलोचना भएपछि मन्त्री चौधरीको स्पष्टीकरण आवश्यक भएको थियो। सोमबार राष्ट्रिय सभामा माओवादी सांसद मायाप्रसाद शर्माले मन्त्री चौधरीसँग यस...