काठमाडौंको याट्खा गल्लीमा पुरुषको शव फेला,  २ जना पक्राउ

काठमाडौं : काठमाडौं महानगरपालिका-२४ याट्खा गल्लीमा पुरुषको शव फेला परेको छ। प्रहरीका अनुसार ३५ वर्षीय पुरुषको शव फेला परेको हो। मृतकको पहिचान भएको छैन। प्रारम्भिक अनुसन्धानबाट वादविवादका क्रममा कुटपिट गरेर हत्या गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।  हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको दमक...

शेखर कोइराला: सरकार सञ्चालनका लागि दलीय संयन्त्र बनाउनु ठीक होइन

शेखर कोइरालाले सरकार सञ्चालनका लागि दलीय संयन्त्र बनाउनु उचित नभएको बताएका छन् वीरेन्द्रनगर : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसदको अवज्ञा गर्दै अध्यादेश ल्याउनु र सरकार सञ्चालनका लागि दलीय संयन्त्र बनाउनु गलत भएको बताएका छन्। नेपाली कांग्रेस सुर्खेतले पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता कोइरालाले यो कुरा राखेका हुन्। उनले...

अन्तर्राष्ट्रिय खेल खेल्न नपाएका क्रिकेट खेलाडीहरूको र्‍याङ्किङ बिग्रियो, को कति स्थानमा?

नेपाली क्रिकेट खेलाडीहरूको एक दिवसीय र्‍याङ्किङ घटेको छ, किनभने उनीहरूले गत मंसिरदेखि कुनै अन्तर्राष्ट्रिय खेल खेलेका छैनन्। आइसीसीको ताजा र्‍याङ्किङमा कुशल भुर्तेल बाहेक अधिकांश खेलाडीहरूको र्‍याङ्किङ तल झरेको छ। ओपनर आसिफ शेख २ स्थान तल झरेर ८३ नम्बरमा पुगेका छन्। कुशल भुर्तेल १ स्थान उक्लिएर ८७ मा पुगेका छन्। कप्तान रोहित...

प्रजातन्त्र दिवसमा पूर्वराजा ज्ञानेन्द्रको सन्देश : राष्ट्र जोगाउन र एकता कायम गर्न मलाई साथ दिनुस् 

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा देशवासीलाई भिडियो सन्देश जारी गर्दै राष्ट्रको समृद्धि र उन्नतिको लागि सबैलाई साथ दिन आह्वान गरेका छन्। उनले राष्ट्रिय समस्याहरूको समाधानका लागि विगतमा गरेका त्याग र अझै पनि त्याग गर्न तयार रहेको बताउँदै देश बचाउन र एकता कायम राख्न सबैको सहयोग आवश्यक भएको बताएका छन्। सन्देशमा...

ट्रम्पले युक्रेनसँग दुर्लभ खनिजको आपूर्ति मागे, सैन्य सहायता सर्तका साथ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग सैन्य सहायता जारी राख्नका लागि दुर्लभ खनिज आपूर्ति गर्नुपर्ने माग गरेका छन्। रुसले २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेपछि अमेरिका युक्रेनलाई ठूलो मात्रामा आर्थिक र सैन्य सहायता प्रदान गर्दै आएको छ। सहयोगको बदला ट्रम्पले युक्रेनसँग दुर्लभ खनिजहरूको आपूर्ति मागेका हुन्। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसविरुद्धको युद्धमा...

फोहर व्यवस्थापनको मुद्दामा सर्वोच्च अदालतको निर्देशन: मुख्य सचिव र अन्यलाई छलफलको लागि बोलाउने आदेश

काठमाडौँ :सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनबारे छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालयलगायतका सचिवहरुलाई बोलाउन आदेश दिएको छ। न्यायाधीश डा. कुमार चुँडाल र महेश शर्मा पौडेलेको संयुक्त इजलासले एफोर्ट ल्याबको तर्फबाट अधिवक्ता पदमबहादुर श्रेष्ठ र विक्रम मिश्रद्वारा दायर रिट निवेदनमा उक्त आदेश जारी गरेको हो। सर्वोच्च अदालतको आदेशअनुसार,...

श्रीलंकाले अस्ट्रेलियालाई २-० ले पराजित गर्दै सिरिज क्लिनस्विप गर्यो

श्रीलंकाले अस्ट्रेलियाविरूद्धको एकदिवसीय सिरिज २-० ले आफ्नो पक्षमा पार्दै क्लिनस्विप गरेको छ। शुक्रबार कोलम्बोमा भएको दोस्रो एकदिवसीय खेलमा अस्ट्रेलियालाई १७४ रनको विशाल अन्तरले हराउँदै सिरिजमा २-० को अग्रता बनायो। यसअघि पहिलो खेलमा पनि श्रीलंकाले अस्ट्रेलियालाई ४९ रनले पराजित गरेको थियो। अस्ट्रेलियाले टेस्ट सिरिज भने २-० ले जितेको थियो। शुक्रबारको दोस्रो एकदिवसीयमा टस...

कांग्रेसमा कार्यसमितिको म्याद एक वर्ष थप्ने तयारी

नेपाली कांग्रेसको बैठकमा पार्टीको कार्यसमितिको म्याद एक वर्ष थप गर्ने विषयमा छलफल भएको छ। शुक्रवार बिहान देउवा निवास बुढानीलकण्ठमा भएको बैठकमा पार्टी अध्यक्ष शेरबहादुर देउवाले आफ्नो समूहका नेताहरूसँग आगामी कार्यविधि तय गर्ने विषयमा कुराकानी गरेका थिए। बैठकमा उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, बालकृष्ण खाण, डा.प्रकाशशरण...

चालु आर्थिक वर्षमा सरकारको आम्दानी र खर्च लक्ष्यभन्दा कम

काठमाडौं : चालु आर्थिक वर्ष २०८१/८२ को माघ महिनाको अन्त्यसम्ममा सरकारको आम्दानी र खर्च दुवै अपेक्षाभन्दा कम भएका छन्। महालेखा नियन्त्रक कार्यालयका अनुसार, यो अवधिमा सरकारको कुल आम्दानी ४४.८३ प्रतिशत र खर्च ४०.५८ प्रतिशत मात्र भएको छ। सरकारले यस वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत गरेको थियो,...

ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

धरान : सुनसरीको इनरुवा क्षेत्रमा ब्राउन सुगरसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिहरूको पहिचान भारतको बिहार राज्यको अररिया जिल्लाका ३३ वर्षीय कपिल मेहता र २८ वर्षीय पंकज कुमार पासवानको रुपमा भएको छ। भारतको अररिया जिल्लाबाट बीआर३८एके०२११ नम्बरको मोटरसाइकलमा सुनसरी आइपुगेका उनीहरूलाई स्थानीय प्रहरी र लागूऔषध नियन्त्रण ब्यूरो...