ऊर्जा राज्यमन्त्री भन्छन्– बिजुली महसुल नतिर्नेलाई लाइन काट्न फिल्डमा जाउँला

काठमाडौँ । ऊर्जा राज्यमन्त्री कान्छाराम (पूर्णबहादुर तामाङ) ले डेडिकेटेड र ट्रंक लाइनको विद्युत् महसुल नतिर्ने उद्योगहरूको लाइन काट्न आफैले नेतृत्व गर्ने बताएका छन्। उनले चैत १० गतेपछि महसुल नतिर्ने उद्योगीहरूको घर र उद्योगमा पुगेर विद्युत् आपूर्ति काट्ने घोषणा गरेका छन्। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा समर्थन गर्दै उनले...

मच्छिन्द्र तेस्रो पटक केपी ओली कप फुटबलको फाइनलमा

मच्छिन्द्र फुटबल क्लब लगातार तेस्रो पटक केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। शनिबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको सेमिफाइनल खेलमा मच्छिन्द्रले आयोजक टोली केपी ओली एफसीलाई ४–० को ठूलो अन्तरले हरायो। मच्छिन्द्रको जितमा विदेशी खेलाडी स्टेफन जमाह जालीले दुई गोल गरे भने मनीष डाँगी र रोशन रानामगरले...

नेप्से र कारोबार रकममा उच्च वृद्धि

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक र कारोबार रकममा उल्लेखनीय वृद्धि देखिएको छ। नेप्से परिसूचक ७५.२४ अंक (२.६७ प्रतिशत) ले बढेर २,८९०.२४ विन्दुमा पुगेको छ। 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ३.०८ प्रतिशतले बढेको छ। यस दिन ३०२ कम्पनीका २ करोड ९१ लाख ६६ हजार कित्ता सेयर खरिद-बिक्री भएको...

वीरगञ्ज गोल्डकपको दोस्रो संस्करण शनिबारदेखि सुरु हुँदै

वीरगञ्ज — मधेश प्रदेशको सबैभन्दा ठूलो पुरस्कार राशी भएको वीरगञ्ज गोल्डकपको दोस्रो संस्करण शनिबारबाट सुरु हुने भएको छ। भेट्रान्स सिटी क्लबद्वारा आयोजित यस प्रतियोगिता वीरगञ्जको आदर्शनगर रंगशालामा फागुन १७ देखि २४ गतेसम्म हुनेछ। नेपाल र भारतका आठ वटा क्लबले यसमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता नकआउट विधिमा खेलाइनेछ। दोस्रो संस्करणमा संकटा फुटबल क्लब,...

भारतले यूएन बैठकमा पाकिस्तानलाई ‘असफल देश’ भन्दै अन्तर्राष्ट्रिय सहयोगमा निर्भर रहेको टिप्पणी गर्‍यो

काठमाडौँ — भारतले संयुक्त राष्ट्र मानवअधिकार परिषद् (UNHRC)को ५०औं त्रको बैठकमा पाकिस्तानलाई 'असफल राष्ट्र'को रूपमा चिनाउँदै यसलाई अब केवल अन्तर्राष्ट्रिय सहयोगमा आश्रित रहेको टिप्पणी गरेको छ। भारतीय डिप्लोम्याट क्षीतिज त्यागीले पाकिस्तानको नेतृत्वलाई सेनाको प्रोपागान्डा फैलाउने आरोप पनि लगाएका छन्। त्यागीले पाकिस्तानका कानुनमन्त्री आजम नजीर तरारको जम्मू–कश्मीरमा मानवअधिकार उल्लंघनको आरोपको प्रतिक्रियामा यस्तो भनाइ...

इंग्ल्याण्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरियो

इंग्ल्याण्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरियो
इंग्ल्याण्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएको छ। गएराति लाहोरको गद्दाफी स्टेडियममा अफगानिस्तानसँग ८ रनको पराजय भोग्दै इंग्ल्याण्ड अन्तिम खेल अघि नै समूह चरणबाट बाहिरिएको हो। यसअघि इंग्ल्याण्डले पहिलो खेलमा अस्ट्रेलियासँग पराजित भएको थियो, जसमा ३५२ रनको लक्ष्य पछ्याइरहँदा पनि इंग्ल्याण्ड पराजित भएको थियो। गएराति अफगानिस्तानले इंग्ल्याण्डलाई ३२६ रनको लक्ष्य दिएको थियो, जसको...

सुनको मूल्य घट्दा चाँदीमा वृद्धि, नेपाली बजारमा नयाँ दरमा कारोबार

आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन बुधबारको तुलनामा प्रतितोला दुई सय रुपैयाँ कम हो। बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७०...

कर्णाली प्रदेश सरकारले ‘घर बीमा’ कार्यक्रम सुरु गर्यो

सुर्खेत । कर्णाली प्रदेश सरकारले विपदबाट घरमा क्षति पुगेका नागरिकलाई राहत दिन 'घर बीमा' कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ। प्रदेशमा विपद्को कारण घरबारविहीन हुने अवस्थाहरू बढिरहेका कारण, उक्त कार्यक्रम लागू गर्ने घोषणा सरकारका प्रवक्ता विनोद कुमार शाहले गरेका छन्। कर्णाली प्रदेश विपदको उच्च जोखिममा रहेको क्षेत्र हो। गत वर्ष जाजरकोटमा...

रघुगङ्गा गाउँपालिकामा बृहत् चिमखोला–पिप्ले खानेपानी आयोजना कार्यान्वयनमा, घरघरमा पानी पुर्‍याउने

रघुगङ्गा गाउँपालिकामा बृहत् चिमखोला–पिप्ले खानेपानी आयोजना कार्यान्वयनमा, घरघरमा पानी पुर्‍याउने
म्याग्दी : रघुगङ्गा गाउँपालिकामा निर्माण हुने बृहत् चिमखोला–राँखु–भगवती–पिप्ले खानेपानी आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। सङ्घीय सरकारले बजेटको स्रोत सुनिश्चित गरेपछि यो आयोजना अगाडि बढेको हो। यस क्षेत्रका बर्सौंदेखि खानेपानीको समस्यासमेत जुझिरहेका उपभोक्तामा अब पानीको उपलब्धताका लागि आशा जागेको छ। रघुगङ्गा–७ को चिमखोला, ३ को पिप्ले र २ को भगवतीका दुई...

शिवरात्रिको तयारी अन्तिम चरणमा, सुरक्षा व्यवस्थाका सबै निकाय सक्रिय हुने

काठमाडौं: पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। सोमबार पशुपतिमा पत्रकार सम्मेलन गर्दै कोषले विभिन्न उपसमितिहरू मार्फत महाशिवरात्रिको तयारी अन्तिम चरणमा रहेको जानकारी गराएको हो। पशुपतिनाथ क्षेत्रको सरसफाई, सजावट, भक्तजनलाई सहज मन्दिर दर्शन गराउनका लागि व्यवस्थापन, सुरक्षा व्यवस्था लगायतका सबै तयारी अब अन्तिम चरणमा पुगेको कोषले...