डोटीमा घर भत्किएर एकै परिवारका ४ को मृत्यु, ५ जना घाइते

दिपायल- डोटीमा गएराति घर भत्किएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । आदर्श गाउँपालिका वडा नम्बर १ बाँझककानीमा लोगे लुहारको घर भत्किँदा चार जनाको मृत्यु भएको हो । पाँच जना घाइते भएका छन् । राति करिब साढे एक बजे घर भत्किएको स्थानीयले बताएका छन् । मृत्यु हुनेमा लुहारकी श्रीमती...

भारतले भन्यो- ‘बुद्ध नेपालमै जन्मिएको विषयमा कुनै शङ्का छैन’

परराष्ट्र मन्त्रालयले गौतम बुद्धको जन्मस्थल नेपालमै रहेको भन्ने तथ्य निर्विवाद रहेको बताएको छ। भारतीय विदेशमन्त्री एस जयशङ्करले गौतम बुद्धबारे गरेको टिप्पणीलाई लिएर पत्रकारहरूले राखेको जिज्ञासाको जवाफमा नेपालको परराष्ट्र मन्त्रालयले यस्तो बताएको हो। शनिवार एउटा भर्चुअल सम्मेलनमा भारतीय विदेशमन्त्री जयशङ्करले "दुई महान् भारतीय" भन्दै गौतम बुद्ध र गान्धीको नाम लिएका थिए र उनीहरूलाई...

राष्ट्रिय भवन संहिता अध्यावधिक : सबै खाले भवनलाई भूकम्प प्रतिरोधी बनाउन सकिने

काठमाडौं । राष्ट्रिय भवन संहिता अध्यावधिक गरिएकाे छ । नेपालमा साना ठूला सबै खालका भवनहरुलाई भूकम्प प्रतिरोधी बनाउन आवश्यक पर्ने संरचनागत डिजाइनसहितको मापदण्डलाई समावेश गरेर राष्ट्रिय भवन संहितालाई अध्यावधिक गरिएको हाे । नेपालमा 'राष्ट्रिय भवन संहिता १०५:१९९४' कार्यान्वयनमा रहेकोमा मन्त्रिपरिषद्को बैठकले 'अध्यावधिक राष्ट्रिय भवन संहिता १०५:२०२०' लाई स्वीकृत गरेको छ । नेपालमा ०७२...

भारतमा २० दिनमा १० लाख कोरोना सङ्क्रमित थपिए, कुल सङ्ख्या २० लाख नाघ्यो

विगत २० दिनमा त्यहाँ १० लाख सङ्क्रमित थपिएका छन्। यो सङ्क्रमण वृद्धिदर अमेरिका र ब्रजिलको भन्दा बढी हो। अमेरिकामा सङ्क्रमितको सङ्ख्या १० देखि २० लाख पुग्न ४२ दिन र ब्रजिलमा २७ दिन लागेको थियो। भारतमा केही हप्तायता व्यापक रूपमा परीक्षण गरिएको छ। तर त्यहाँ राज्यअनुसार स्थिति फरक छ। सङ्क्रमितहरूको सङ्ख्या २०...

नुवाकोटका सबै स्थानीय तहमा ‘लकडाउन’

नुवाकोटका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणको जोखिम देखिएसँगै ‘लकडाउन’ गरिएको छ। सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक लगाउने, अत्यावश्यक सेवाका साधन र अनुमतिप्राप्त साधनबाहेक अन्य सवारीसाधन जिल्ला प्रवेशमा पूर्णरुपमा रोक लगाइने निर्णय गरेको छ। यसैगरी राति...

लेबननको राजधानीमा भएको ठूलो विस्फोटनमा कम्तीमा ७८ को मृत्यु, चार हजार भन्दा धेरै घाइते

लेबननको राजधानी बेइरुतमा भएको ठूलो विस्फोटनमा कम्तीमा ७८ जनाले ज्यान गुमाएको र चार हजार भन्दा बढी घाइते भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन्। अनलाइनमा राखिएका भिडिओमा धूवाँको विशाल मुस्लो र धेरै क्षति भएको देखिन्छ। अधिकारीहरूले एउटा गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार्थका कारण उक्त घटना घटेको बताइरहेका छन्। राष्ट्रपति मीसेल आउनले आफ्नो ट्वीटमा २७...

कोरोना संक्रमण रोक्न विज्ञसँग परामर्श गर्दै प्रधानमन्त्री

कोरोना संक्रमण रोक्न विज्ञसँग परामर्श गर्दै प्रधानमन्त्री
काठमाडौंंसहित देशभर कोरोना संक्रमण बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञसँग सामूहिक परामर्श गर्दै हुनुहुन्छ । विज्ञको सुझावअनुसार सरकारले आगामी रणनीति तय गर्नेछ। अहिले बालुवाटारमा छलफल जारी छ। छलफलमा स्वास्थ्य क्षेत्रका विज्ञहरू, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत उपस्थित छन्।  ...

भ्रष्टाचारको अभियोग लागेका स्पेनका पूर्व राजा ख्वान कार्लोसले छोडे देश

स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छाड्ने त्यहाँको राजदरबारले घोषणा गरेको छ। केही हप्ताअघि उनी भ्रष्टाचारसम्बन्धी मुद्दामा जोडिएका थिए। ८२ वर्षका कार्लोसले उक्त घोषणा आफ्ना छोरा फेलीपे षष्टमलाई लेखेको पत्र मार्फत गरेको बताइएको छ। अभियोजनकर्ताहरूले आफूसँग सोधपुछ गर्न चाहेको खण्डमा आफू उपलब्ध हुने उनले बताएका छन्। साउदी अरेबियामा एउटा हाइ-स्पीड रेलको ठेक्काका विषयमा...

ओली-प्रचण्ड आआफ्नो अडानमा टसमस भएनन्, सचिवालय बैठक बस्ने वा स्थायी कमिटी भन्नेमै विवाद

१९ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको वार्ता आज पनि निष्कर्षबिहीन भएको छ । सोमबारको छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ पनि सहभागी थिए। बालुवाटार स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री एवम् नेकपा...

नासा स्पेसएक्स: ड्रयागन क्याप्स्यूल अन्तरिक्ष यानले यसरी गर्यो पानीमा अवतरण

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) पुगेका दुई जना अन्तरिक्षयात्रीहरू बब बेन्कन र डग हर्ली पृथ्वीमा फर्किएका छन्। स्पेस एक्स ड्रयागन क्याप्स्यूल नाम गरेको अन्तरिक्ष यानबाट फर्केका ती दुई अन्तरिक्षयात्रीहरूले पश्चिमी फ्लोरिडाको पेन्साकोलाको तटको दक्षिण तर्फ रहेको गल्फ अफ मेक्सिकोमा अवतरण गरेका थिए। लगत्तै उनीहरूलाई त्यसबाट निकाल्न उद्धारका लागि तयार पारिएको पानीजहाज पुगेको थियो। यो...