४ दिनपछि पूर्वयुवराज पारस शाह डिस्चार्ज

फाइल तस्बिर। काठमाडौँ। ४ दिन अस्पतालमा भर्ना भएपछि पूर्वयुवराज पारस शाहलाई डिस्चार्ज गरिएको छ। हृदयघात भएपछि आइतबार उनलाई काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। उनको स्वास्थ्य सामान्य भएको देखिएपछि बिहीबार बिहान उनलाई डिस्चार्ज गरिएको नर्भिक अस्पतालका प्रवक्ता अजय मिश्राले जानकारी दिनुभयो। निवासमै हृदयघात भएपछि आइतबार साँझ पारस शाहलाई परिवारले नर्भिक अस्पतालमा लगेका...

बलात्कारको आरोपमा नेकपा एसका नेता पक्राउ

जबरजस्ती करणीको आरोपमा एकीकृत समाजवादी पार्टीका गण्डकी प्रदेश उपाध्यक्ष र स्याङ्जा जिल्ला अध्यक्ष विष्णु गिरीलाई पक्राउ गरिएको छ। कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा स्याङ्जा प्रहरीले गिरीलाई पक्राउ गरेको हो। स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरी कास्की प्रहरीलाई...

पारा एथलेटिक्स टोली भारत जाँदै

काठमाडौँ, भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली बिहीबार भारत जान लागेको छ। नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रममार्फत बिदाइ गर्नुभयो। यो प्रतियोगिता मार्च ७ देखि १४ तारिखसम्म हुने छ, जहाँ ५ पुरुष...

दुवै सदनको बैठक बस्दै, राष्ट्रियसभामा आज पाँच अध्यादेश निर्णयका लागि प्रस्तुत हुने

काठमाडौं। संघीय संसद् अन्तर्गत दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को बैठक आज बस्नेछ। प्रतिनिधि सभाको बैठक बिहीबार दिउँसो १ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्ने कार्यक्रम छ। प्रतिनिधि सभाको बैठकमा उद्योग, वाणिज्य र आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ छलफलका लागि प्रस्तुत गर्ने...

सडक अतिक्रमण गरेर बनाइएका घरहरू डोजर लगाएर भत्काइए

सुनसरी। सुनसरीको धरान र विराटनगरको रानीसम्मको ६ लेन सडक विस्तारका लागि सुनसरीको दुहबी बजारमा सडक अतिक्रमण गरेर बनाइएका घरहरू आजदेखि डोजर लगाएर भत्काउन थालिएको छ। दुहबी नगरपालिकाले ६ लेन सडक विस्तार गर्नका लागि प्रहरी परिचालन गरेर बजार क्षेत्रका घरहरू भत्काउन सुरु गरेको हो। धरानदेखि विराटनगरको रानीसम्मको ६ लेन सडकको निर्माण अन्य स्थानमा...

तीन सयले बढ्यो सुनको मूल्य, चाँदीमा ३५ रुपैयाँ बढोत्तरी

काठमाडौं : साताको पाँचौं दिन बिहीबार सुनचाँदीको मूल्य बढेको छ। बुधबारको तुलनमा बिहीबार सुन तोलामा तीन सय रुपैयाँले बढ्दा चाँदी तोलाको ३५ रुपैयाँ उकालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको एक लाख ७० हजार सात सय रुपैयाँमा कारोबार भइहरको छ। हिजो सुनको मूल्य तोलाको एक लाख ७० हजार चार...

६ जिल्लामा प्रमुख जिल्ला अधिकारीको सस्थापन परिवर्तन

काठमाडौँ । गृह मन्त्रालयले ६ जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूको सस्थापन परिवर्तन गरेको छ। गृह मन्त्रालयले गृहमन्त्री रमेश लेखकको निर्णयबाट प्रमुख जिल्ला अधिकारीहरूको स्थानान्तरण गरेको हो। आजको मन्त्रीस्तरीय निर्णय अनुसार बाँके, रौतहट, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा र नुवाकोटका प्रमुख जिल्ला अधिकारीहरूको सस्थापन परिवर्तन गरिएको छ। बाँकेमा धर्मराज जोशी, रौतहटमा विनोद कुमार खड्का, सङ्खुवासभामा...

निजामती कर्मचारीको उमेर सीमा ६० वर्ष पुर्‍याउने तयारी

काठमाडौँ। सरकार निजामती कर्मचारीहरूको उमेर सीमा बढाउने तयारीमा छ। प्रतिनिधि सभाको राज्य व्यवस्था र सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धी विधेयक, २०८० माथि भइरहेको छलफलमा निजामती कर्मचारीको उमेर सीमा बढाउने विषयमा सकारात्मक चर्चा भइरहेको छ। समितिले विधेयकमाथि सांसदहरूले दिएका संशोधन प्रस्तावहरूको अध्ययन गर्दै, नेपाली कांग्रेसका सांसद...

च्याम्पियन्स लिग फुटबलमा आज चार खेल

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको राउण्ड अफ सिक्सटिनका खेलहरु शुरु भएका छन् । मंगलबार राति भएको राउण्ड अफ सिक्सटिनको पहिलो लेगको खेलमा रियाल मड्रिडले एट्लेटिको मड्रिडलाई २–१ ले हरायो । आफ्नै मैदानमा हात पारेको यो जितले रियाल मड्रिडलाई दोस्रो लेगको खेलपूर्व महत्वपूर्ण अग्रता मिलेको छ । च्याम्पियन्स लिगकै अर्को खेलमा...

आर्थिक कार्यविधिसम्बन्धी अध्यादेश स्वीकृत

काठमाडौं : आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशलाई स्वीकृत गरियोस प्रस्ताव राखेका थिए। सभाले उक्त प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो। त्यसअघि सांसद स्वर्णिम वाग्ले राखेको उक्त अध्यादेश अस्वीकृतको सूचना बहुमतले...