कृषि परियोजनालाई धितो राखेर कर्जा दिने राष्ट्रपति पौडेलको घोषणा

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले कृषि सम्बन्धी उद्यम परियोजनालाई धितो राखेर कर्जा उपलब्ध गराइने जानकारी दिएका छन्। संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले ती कर्जामा विशेष गरी युवा वर्गलाई समेटिने उल्लेख गरे। त्यसैगरी, कृषिको प्रवर्द्धनका लागि भूमि बैंकजस्ता कार्यक्रम पनि सञ्चालन गरिने उनले बताए। साथै, कृषिमा आउने आकस्मिक...

सरकारले नीति तथा कार्यक्रममा राख्यो संविधान संशोधनको विषय

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा संविधान संशोधनको विषय समावेश गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले बाचन गरिरहेको नीति तथा कार्यक्रममा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने कुरा उल्लेख गरिएको छ। राष्ट्रपति पौडेलले कार्यक्रम बाचन गर्दै भने, "सबै दलहरूको सहमतिमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनेछौं।" पौडेलले...

सरकारको नीति अनुसार जेन-जी पुस्तालाई स्टार्टअपमार्फत उद्यमशीलता र रोजगारीका अवसर दिने योजना

आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम अन्तर्गत सरकारले उद्यमशीलतामा आधारित आन्तरिक रोजगारी सिर्जना गर्ने र आयआर्जनका अवसरहरू बढाउने लक्ष्य राखेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षको नीति र कार्यक्रम प्रस्तुत गर्दै यस योजनाको घोषणा गरेका हुन्। यस नीतिमा सबै उद्यममा व्यवसायिक योजना (बिजनेस प्लान) र त्यसको इकोसिस्टमलाई एकीकृत गर्दै जेन-जी...

प्रिशा साह मृत फेला परेपछि परराष्ट्रको पहलमा भारतसँग सम्पर्क

काठमाडौँ — भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत अवस्थामा फेला परेपछि नेपाल सरकारको परराष्ट्र मन्त्रालयले घटनाबारे सत्यतथ्य छानबिनका लागि कूटनीतिक पहल थालेको छ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले उक्त घटनाले गहिरो दुःख व्यक्त गर्दै, भारत सरकार, ओडिसा राज्य सरकार तथा नयाँदिल्लीस्थित नेपाली...

तरकारी बेच्न नपाएपछि नुवाकोट–तारकेश्वरवासीको विरोध, फोहोरका गाडी रोके

काठमाडौँ — काठमाडौं महानगरपालिकाले माछापोखरी क्षेत्र आसपासको सडक किनारामा तरकारी बेच्न नदिएपछि त्यसको विरोधस्वरूप तारकेश्वर र नुवाकोट क्षेत्रका स्थानीयले फोहोर बोकेर जाने सवारी साधन अवरुद्ध गरेका छन्। उनीहरूले काठमाडौं उपत्यकाबाट फोहोर बोक्दै बन्चरेडाँडातर्फ गइरहेका गाडीहरू तीनपिप्ले र कागतीगाउँ क्षेत्रमा रोकिदिएका हुन्। स्थानीयले काठमाडौं महानगरले बिहानैदेखि माछापोखरी क्षेत्रमा तरकारी बेच्न निषेध गरेपछि...

स्थगित भयो मन्त्रिपरिषद् बैठक

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिहान १० बजेका लागि आह्वान गरेको मन्त्रिपरिषद् बैठक अन्तिम समयमा स्थगित गरिएको छ। प्रधानमन्त्रीको सचिवालयले आकस्मिक सूचनामार्फत बैठक स्थगित भएको जानकारी दिएको हो। साथै, सोही दिनका लागि तय गरिएको नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाको शपथग्रहण कार्यक्रम पनि स्थगित गरिएको छ। राज्यमन्त्री गर्बुजाले...

१ सय ३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस: श्रमिकहरूको अधिकार र सम्मानको लागि विविध कार्यक्रमसँग मनाइँदै

काठमाडौं। आज १ सय ३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा विविध कार्यक्रमहरूका साथ मनाइँदैछ। मे महिनाको १ गते विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने परम्परा रहेको छ। यस दिनलाई श्रमिकहरूको पेशागत सम्मान र अधिकारको सुनिश्चितता गर्नका लागि मनाइन्छ। विश्वभरका श्रमिकहरूले श्रमिक दिवसलाई पर्वको रूपमा लिई, आफ्ना अधिकारहरूको सुरक्षा र सुनिश्चितताको लागि सरकार र...

कडा संशोधन हुँदै मानव बेचबिखन ऐनमा ,सम्पत्ति र राहदानी रोक्का गर्न सकिने व्यवस्था

काठमाडौं, वैशाख १९ — नेपाल सरकार मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐनलाई संशोधन गर्न तयारीमा छ। यसका लागि प्रतिनिधि सभा मा संशोधन विधेयक दर्ता भएको छ, जसको मुख्य उद्देश्य ऐनलाई संघीयता र पालेर्मो प्रोटोकलसँग तादात्म्य बनाउन हो। यद्यपि, सरोकारवालाहरूले अझै केही अतिरिक्त विषय थप गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। विधेयक ११ चैतमा...

सुनको मूल्यमा भारी गिरावट, तोलामा ४६ सय रुपैयाँले घट्यो

काठमाडौं, — नेपाली बजारमा सुनको मूल्यमा आज उल्लेखनीय गिरावट आएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुनको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँले घटेर १ लाख ८३ हजार ५ सय रुपैयाँमा झरेको छ। बुधबार मात्रै सुनको मूल्य ७ सय रुपैयाँले घटेको थियो। त्यसको भोलिपल्टै यति ठूलो...

सुन र चाँदीको मूल्यमा गिरावट, आजको बजार भाउ कति?

काठमाडौं: आजको दिन स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ। अघिल्लो कारोबार दिन मंगलबार ५ सय रुपैयाँले बढेको सुन आज ७ सय रुपैयाँले घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार, आज एक तोला सुनको मूल्य १ लाख ८८ हजार १०० रुपैयाँ कायम भएको छ। मंगलबार प्रतितोला सुनको मूल्य १ लाख ८८...