घट्यो सुन–चाँदीको भाउ

आज (मंगलबार) नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। सोमबार एक सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला पाँच सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने यसको मूल्य एक लाख ७० हजार...

स्ववियु निर्वाचनको मनोनयन दर्ता आज

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया आज सुरु भएको हो। प्रत्यक्ष र समानुपातिक उम्मेदवारका मनोनयन पत्रहरू बिहान ११ बजे देखि २ बजेसम्म दर्ता गरिने तालिका रहेको छ। सोमबार भने उम्मेदवारका मनोनयन पत्र वितरण गरिएको थियो। त्रिभुवन...

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठकमा त्रिभूवन विश्वविद्यालय ऐन,...

कतारले कागजातविहीन आप्रवासीलाई आममाफी दिएको छ

कतारले आवासीय परिचयपत्र नभएका आप्रवासी श्रमिकलाई तीन महिनाभित्र स्वदेश फर्कने अवसर दिएको छ। स्वदेश फर्कने क्रममा श्रमिकहरूले कतार सरकारलाई कुनै जरिवाना तिर्नु पर्ने छैन र डिपोर्टेशन सेन्टरमा बस्नुपर्ने पनि छैन। कतारको आन्तरिक मन्त्रालयद्वारा आइतबार जारी गरिएको सूचनाअनुसार, आवासीय परिचयपत्र नबनेका, म्याद नाघेका वा नवीकरण नगरेका श्रमिकहरू अब स्वदेश फर्कन पाउने छन्। तर,...

जलवायु न्यायको आवाज अन्तर्राष्ट्रिय मञ्चमा बुलन्द हुनु आवश्यक : राष्ट्रपति पौडेल

फाइल काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनमा न्यून योगदान पुर्‍याउने नेपालजस्ता मुलुकहरू प्रभावित भइरहेको भन्दै जलवायु न्यायको मुद्दा सबै अन्तर्राष्ट्रिय मञ्चहरूमा सशक्त रूपमा उठाइनु आवश्यक भएको बताएका छन्। नेपाल भौगर्भिक समाजद्वारा आयोजित नेपाल भौगर्भिक सम्मेलनको सोमबार उद्घाटन गर्दै राष्ट्रपतिले जलवायु परिवर्तनका असरहरू न्यूनीकरण गर्ने र प्राकृतिक प्रकोपको व्यवस्थापन जस्ता विषयहरू आजको...

प्रविधिको प्रयोगमार्फत विकास र उद्यमशीलता अघि बढाउनु पर्ने प्रधानमन्त्रीको सुझाव

फाइल काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको प्रभावकारी उपयोग गर्दै विकास र उद्यमशीलतालाई तीव्र रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनलाई आज सम्बोधन गर्दै उनले मुलुकको समृद्धिका लागि उद्यमशीलता अपरिहार्य भएको बताए। प्रधानमन्त्री ओलीले भित्र्याउने रोजगारीका अवसर उद्यमशीलताको विस्तार बिना...

राजतन्त्र पुनर्स्थापनासम्बन्धी गतिविधि रोक्न सांसदहरूको आग्रह, राष्ट्रिय सहमतिको सुझाव

फाइल काठमाडौँ — पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः नारायणहिटी फर्काउने विषयमा भइरहेको गतिविधिप्रति सांसदहरूले चिन्ता व्यक्त गर्दै सरकारलाई सचेत रहन आग्रह गरेका छन्। राष्ट्रिय सभाको आइतबारको बैठकमा उनीहरूले यस्ता गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। साथै, देशमा स्थिरता कायम गर्न दलहरूबीच राष्ट्रिय सहमति आवश्यक रहेको सुझाव पनि दिएका छन्। नेपाली...

जेलमुक्तिपछि पुनः मानव तस्करीमा संलग्न भएको खुलासा

कारागारमुक्त भएको एक वर्ष नपुग्दै नुवाकोट दुप्चेश्वर गाउँपालिका–७ का ३२ वर्षीय मानबहादुर तामाङ पुनः मानव तस्करीमा संलग्न भएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ। उनले नुवाकोटकी २३ वर्षीया एक युवतीलाई भारतको पुनेस्थित यौन व्यवसाय सञ्चालन हुने क्षेत्र (कोठी) मा १ लाख ५० हजार भारतीय रुपैयाँमा बेचिएको आरोप छ। पीडित युवतीको गत माघ...

वुमन्स डे टी–२० सिरिजमा नेपाल आज हङकङसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं — युगान्डामा जारी वुमन्स डे कप टी–२० क्रिकेट सिरिज अन्तर्गत नेपाल महिला क्रिकेट टिम आज हङकङविरुद्ध मैदान उत्रिँदैछ। खेल नेपाली समय अनुसार दिउँसो ४:४५ बजे एन्टेब्बे क्रिकेट ओभलमा सुरु हुने तय भएको छ। यसअघिको खेलमा नेपालले युगान्डालाई १ विकेटले हराउँदै प्रतियोगितामा पहिलो जित हासिल गरेको थियो। युगान्डाले दिएको ७६ रनको...

महिला न्यायाधीश भएर मात्रै हुँदैन, साहस र क्षमता हुनुपर्छ : पूर्वप्रधानन्यायाधीश कार्की

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले न्यायाधीशहरुले फलको आश नगरी कर्म गर्नुपर्ने बताउनुभएको छ । सोमवार ललतिपुरमा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पूर्वप्रधानन्यायाधीश कार्कीले महिला न्यायाधीश भएर आउँदैमा सबैकुरा पूरा नहुने बताउनुभयो । उहाँले महिला न्यायाधीशमा क्षमता र साहस हुन जरुरी...