डाक्टरहरूले श्रम शोषणको विरोधमा प्रदर्शन

नेपाल मेडिकल कलेज जोरपाटीका आवासीय डाक्टरहरूले श्रम शोषणको विरोधमा काठमाडौंमा प्रदर्शन गरेका छन्। सरकारको निर्णय अनुसार आवासीय चिकित्सकलाई दिइने न्यूनतम पारिश्रमिक कार्यान्वयन नगरिएको भन्दै उनीहरूले आइतबार माइतिघरमा धर्ना दिँदै विरोध जनाएका हुन्। आवासीय डाक्टरहरूको प्रमुख माग भनेको चिकित्सा शिक्षा आयोगको निर्णय लागू गरिनु र स्वास्थ्य शिक्षा क्षेत्रमा भएको राजनीति बन्द गर्नु...

शनिवार देखि सुरु भयो सेतो मच्छिन्द्रनाथ पूजा

काठमाडौं। शनिवारदेखि सुरु भएको सेतो मच्छिन्द्रनाथ पूजा र आराधनाका लागि असनमा भक्तहरूको ठूलो भीड लागेको छ। चैत्र शुक्ल अष्टमीको दिन सेतो मच्छिन्द्रनाथको रथलाई तानेर असन ल्याइएको हो। आइतबार बिहानदेखि असनमा सेतो मच्छिन्द्रनाथको पूजा आराधना गर्न आउने भक्तहरूको संख्या उल्लेखनीय रूपमा बढेको देखिन्छ। शनिवारदेखि शुरु भएको मच्छिन्द्रनाथको रथयात्रा मच्छिन्द्रबहालबाट तीनधारा पाठशाला, जमल, रत्नपार्क,...

कार्यालयमा मदिरा सेवनपछि झगडा गर्ने प्रमुख प्रशासकीय अधिकृतविरूद्ध मुद्दा चलाउने निर्णय

दिउँसै मदिरा सेवनपछि मातेर कार्यालयमा पुगेर झगडा गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृतविरूद्ध मुद्दा चलाउने निर्णय कार्यपालिका बैठकले गरेको छ। बुधबारको कार्यपालिका बैठकले प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यको कृत्यलाई गलत ठहर गर्दै उनलाई कानुनी कारबाहीको लागि मुद्दा दर्ता गर्ने निर्णय गरेको हो। मेयर छविलाल थारूले बैठकमा भने, “कार्यपालिका बैठकले प्रमुख प्रशासकीय अधिकृतको गैरजिम्मेवार...

मधेश प्रदेशमा चालु आर्थिक वर्षमा ४ सय ६० जना लागुऔषधसहित पक्राउ

मधेश प्रदेशमा पछिल्लो समय प्रतिबन्धित विभिन्न लागुऔषधसहित पक्राउ पर्नेको संख्या बढ्दै गएको छ। सिमावर्ती देश भारतका विभिन्न सहरसँग सिमाना जोडिएको मधेश प्रदेशका सबै जिल्लामा अवैध रुपमा लागुऔषधको कारोबार भईरहेकाले पक्राउ पर्नेको संख्या बढेको हो। प्रहरीको तथ्यांक अनुसार, चालु आर्थिक वर्ष ०८१/०८२ को ७ महिनामा ४ सय ६० जना विभिन्न प्रतिबन्धित लागुऔषधसहित...

रमजान र इदको अवसरमा यूएईले १६६ नेपाली कैदीलाई आममाफी दियो

काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (यूएई)ले पवित्र रमजान महिना र इद पर्वको अवसरमा १६६ नेपाली कैदीलाई आममाफी दिएको छ। “पवित्र रमजान महिना र इदको पर्वको अवसरमा १६६ नेपाली कैदीलाई आममाफी प्रदान गरिएकामा नेपाल सरकार संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछ,” मंगलबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ। नेपालीलाई यूएईले...

राप्रपाका वरिष्ठ नेता दीपक बोहोरा स्वर्गवास

काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहोराको निधन भएको छ। लामो समयदेखि अस्वस्थ उनकाे मंगलबार राजधानीको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले पुष्टि गरेका छन्। रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका दीपक बोहरा पूर्वमन्त्री समेत थिए। घाँटीको समस्याबाट पीडित उनले...

सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदीको मूल्य स्थिर

काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धिका कारण स्थानीय बजारमा पनि यसको प्रभाव देखिएको छ। सोमबार प्रतितोला १ लाख ७७ हजार ९०० मा कारोबार भएको सुन आज १ हजार ८०० रुपैयाँले वृद्धि हुँदै १ लाख ७९ हजार ७०० मा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। चाँदीको मूल्य भने स्थिर...

महानिर्देशक भन्छन्– एक वर्ष भित्र देखिने गरि खानेपानी तथा सरसरफाइमा उपलब्धी हासिल हुन्छ…

महानिर्देशक भन्छन्– एक वर्ष भित्र देखिने गरि खानेपानी तथा सरसरफाइमा उपलब्धी हासिल हुन्छ…
काठमाडौं, हालै इमेज च्यानलको प्रसारित कार्यक्रम "Talk of the Town" मा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ उपस्थित भए। उनले पत्रकार जगदीश खरेलसँग दिगो र सुरक्षित खानेपानी तथा सरसफाई व्यवस्थापनको बारेमा सरकारका प्रयास र आगामी योजनाहरूमा कुरा गरे। महानिर्देशक रामकुमार श्रेष्ठले सरकारको लक्ष्यलाई स्पष्ट पार्दै भने, "अहिले...

हुम्लामा ट्रकको ठक्करबाट महिलाको मृत्यु

काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका-४, दुल्ली गाउँमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। सदरमुकाम सिमकोटबाट सर्केगाडतर्फ जाँदै गरेको भे१ख ३७६४ नम्बरको ट्रकले अन्दाजी ६० वर्षीया नानीकली थापालाई ठक्कर दिएको हो। जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलले जानकारी दिँदै भने, "उक्त महिला सडकमा हिडिरहेका बेला ट्रकले ठक्कर दिएको हो। चालकलाई नियन्त्रणमा...

प्रचण्डले बोलाए पदाधिकारी बैठक

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको पदाधिकारी बैठक बोलाएका छन्। बैठक आज अपराह्न ४ बजे खुमलटारमा आयोजित हुने छ, भन्ने जानकारी पार्टीका सचिव दीनानाथ शर्माले दिएका छन्। शर्माका अनुसार, बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, स्थगित गरिएको तराई मधेस जागरण अभियान र अन्य महत्त्वपूर्ण विषयमा छलफल हुनेछ। फागुन ७...