नेप्से सूचक लगातार चौथो दिन घट्दा बजारमा निराशा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक पछिल्ला चार कारोबार दिनदेखि लगातार घट्दै गएको छ। आज पनि नेप्से सूचक १३.९६ अंकले ओरालो लाग्दै २,६२०.२७ विन्दुमा झरेको छ। आजको कारोबार अवधिमा ३१५ वटा कम्पनीका १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता सेयर एक लाख १२ हजार ५७७ पटक किनबेच भएका छन्। कुल कारोबार...

डेढ महिनाभित्र सहकारी नियमन प्राधिकरण गठन गर्न सर्वोच्चको परमादेश

सर्वोच्चले ७ दिनभित्र सिफारिस समिति गठन गर्न र त्यसपछि अधिकतम १ महिना १५ दिनभित्र प्राधिकरणको गठन गर्न आदेश दिएको छ।संशोधित सहकारी ऐन, २०७४ को दफा १०३(ङ) अनुसार प्राधिकरण गठन गरिनुपर्ने व्यवस्था छ, तर विगतमा ढिलाइ हुँदा सहकारी क्षेत्रको संकट झन् जटिल भएको अदालतको ठहर छ। आदेशका प्रमुख बुँदाहरू: सहकारी नियमन प्राधिकरणको गठन...

चिडियाखानाबाट दुर्लभ वन्यजन्तु रेडपाण्डा चोरी गर्ने प्रयास,युवक फरार

ललितपुर — ललितपुरको जावलाखेलस्थित चिडियाखानाबाट दुर्लभ वन्यजन्तु रेडपाण्डा चोरी गर्ने प्रयास भएको छ। मंगलबार अपराह्न दुई जना युवकले चिडियाखानामा रहेको रेडपाण्डालाई झोलामा हालेर लैजाने प्रयास गरेका जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए। चोरीको प्रयासका क्रममा उनीहरूलाई देखिएपछि रेडपाण्डा त्यहीँ छाडेर फरार भएको अधिकारीले बताए। “दुई जना युवकले रेडपाण्डालाई...

नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पान अध्यक्षको आग्रह

काठमाडौं — स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले फ्रान्सेली लगानीकर्तालाई नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन्। फ्रान्सको पेरिसमा आयोजित 'फ्रान्स–नेपाल जलविद्युत् लगानी सम्मेलन'लाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले दक्षिण एसियामा बढ्दो ऊर्जा मागलाई पूरा गर्न नेपालले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए। साथै, बजारको चिन्ता नगरी नेपालको जलविद्युत्...

साथीसँग भेटघाट गर्न पुगेका इमाडोल निवासी युवकको मृत्यु, अनुसन्धान थालियो

काठमाडौं । ललितपुरको इमाडोलमा एक युवतीको कोठामा गएका युवकको मृत्यु भएको छ। सोमबार राति साथीसँग भेटघाट गर्न पुगेका इमाडोल निवासी ३१ वर्षीय जीवेश अधिकारीको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। प्रहरीका अनुसार, अधिकारीलाई राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि किस्ट अस्पताल लगिएको थियो। तर, आज बिहान साढे ७...

नेपाली बजारमा सुनको मूल्यमा दुई हजारको गिरावट, चाँदी भने महँगियो

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज (मंगलबार) छापावाला सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेर एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। गत सोमबार सुनको मूल्य प्रतितोला एक लाख ८६ हजार ८ सय रुपैयाँ थियो। त्यस्तै, आज...

सुप्रिम सहकारी ठगी प्रकरण: रवि लामिछाने र छविलाल जोशीका निवेदन संयुक्त इजलासमा

काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीका निवेदनहरू सर्वोच्च अदालतको एउटै इजलासमा परेको छ। उनीहरूका निवेदनहरू सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको हो। सभापति लामिछानेले उच्च अदालतको आदेश बदर माग गर्दै दायर गरेको...

बागमती सरकारले आईटी क्षेत्रमा ५ सय युवालाई रोजगारी दिने, सीप विकास तालिम र कर्जा सुविधा उपलब्ध गराइने

हेटौंडा, वैशाख ३० – बागमती प्रदेश सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रमा करिब ५ सय जनालाई रोजगारी दिने योजना सार्वजनिक गरेको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालय र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच आइतबार हस्ताक्षर भएको समझदारीपत्रमार्फत यो योजना अगाडि बढाइएको हो। मन्त्री प्रेमभक्त महर्जनको उपस्थितिमा मन्त्रालयका सचिव वीरेन्द्रदेव भारती र सुरक्षण...

सुनको मूल्यमा एकै दिन ठूलो गिरावट, ३७ सयले घट्यो

काठमाडौं, वैशाख ३० – नेपाली बजारमा सुनको मूल्यमा एकैदिन उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुनको मूल्य प्रतितोला ३ हजार ७०० रुपैयाँले घटेको हो। आज सुन प्रतितोला १ लाख ८६ हजार ८०० रुपैयाँ मा कारोबार भइरहेको छ। गत आइतबार यो मूल्य १ लाख ९० हजार ५००...

सशस्त्र प्रहरीमा एआईजी बढुवा प्रक्रिया जटिल, नेतृत्व चयनमा शक्ति केन्द्रहरूको चासो

काठमाडौँ, वैशाख ३० – सशस्त्र प्रहरी बल नेपालमा एक अतिरिक्त महानिरीक्षक (एआईजी)को पद रिक्त रहेको छ। वैशाख २ मा एआईजी चन्द्रप्रकाश (सीपी) गौतमको अवकाशपछि खाली रहेको उक्त पदमा हालसम्म बढुवा टुंगो लागेको छैन। गौतमको अवकाशसँगै सशस्त्रको सीमा सुरक्षा विभाग समेत नेतृत्वविहीन बनेको छ। अहिले उक्त विभागको जिम्मेवारी डिआईजी कमल गिरीले कार्यवाहकका...