यूके र क्यानडा पठाइदिने भन्दै ठगी गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं — आकर्षक तलब र वैदेशिक रोजगारीको प्रलोभन देखाई यूके र क्यानडामा पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा इलाम चुलाचुली गाउँपालिका–३ का स्थायी बासिन्दा तथा हाल काठमाडौं महानगरपालिका–२९ बसोबास गर्ने ३५ वर्षीय ख्याम खड्का र मोरङको ग्रामथान गाउँपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–३० मा बस्ने...

सुनको मूल्य तोलामा एक लाख ८६ हजार पुग्यो, हालसम्मकै उच्च

काठमाडौँ — अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको वृद्धिको असर नेपाली बजारमा पनि देखिएको छ। आज नेपाली बजारमा सुन प्रतितोला एक लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको थियो। आज त्यसमा एक...

नेप्से ८.८४ अंकले घट्यो, ६ अर्बभन्दा बढीको कारोबार

काठमाडौँ — आजको सेयर बजारमा नेप्से परिसूचक ८.८४ अंकले घटेर २६६१.८६ विन्दुमा कायम भएको छ। यो गिरावट शून्य दशमलव ३३ प्रतिशतको हो। आजको कारोबारमा ८८ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १५७ कम्पनीको मूल्यमा गिरावट आएको छ। एक कम्पनीको सेयर मूल्य स्थिर रह्यो। कुल ५४ हजार ३६१ पटकको कारोबारमार्फत १ करोड...

एनआरटीको निर्वाचनमा अध्यक्ष पदका लागि सुन्दर र किशोर प्रतिस्पर्धामा

काठमाडौं — नेपालको पुरानो क्लबमध्ये एक, एनआरटीको नयाँ कार्यसमितिका लागि निर्वाचन शनिबार हुँदैछ। ११ सदस्यीय कार्यसमिति चयनका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा वर्तमान अध्यक्ष सुन्दर नरसिंह जोशी र किशोर भट्टराईबीच प्रतिस्पर्धा हुने भएको छ। त्यस्तै, उपाध्यक्ष पदमा नवीन सुवाल र गौतमबहादुर मालाकार, महासचिव पदमा डिकेन सुवाल र सतिशकृष्ण श्रेष्ठ भिड्दै छन्। सचिव...

सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम

काठमाडौं — नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। लगातार उच्च मूल्यमा कारोबार भइरहेको सुनको मूल्यले यस दिन पनि नयाँ रेकर्ड तोडेको हो। बिहीबार, सुनको मूल्य प्रतितोला पाँच हजार सात सय रूपैयाँ बढेर एक लाख ८१ हजार एक सय रूपैयाँ पुगेको थियो। आज भने, सुनको मूल्य...

सेवा शुल्क निर्धारणका लागि स्वतन्त्र विज्ञ समिति गठन हुने : श्रममन्त्री भण्डारी

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकसँग लिने सेवा शुल्कको स्पष्ट मापदण्ड तय गर्न स्वतन्त्र उच्चस्तरीय विज्ञ समिति गठन प्रक्रिया अघि बढाइएको बताएका छन्। शुक्रबार आयोजित नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३१औं साधारण सभामा मन्तव्य दिँदै मन्त्री भण्डारीले, सेवा शुल्कको दर निर्धारण विज्ञ समितिको...

लुम्बिनीमा पिकअप भ्यान पल्टिँदा दुई जनाको मृत्यु, २२ जना घाइते

लुम्बिनी : रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-७ स्थित भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटनामा परेको छ। यस दुर्घटनामा एक बालिका सहित दुई जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन्। सोमबार साँझ लुम्बिनी सांस्कृतिक नगरपालिका-७ को शिवगढिया मोडमा लु१च २७६३ नम्बरको पिकअप भ्यान पल्टिएपछि गैँडहवा गाउँपालिका-१, शिवपुरवाकी १२ वर्षीया अस्मिता...

धवल शमशेर र रविन्द्र मिश्रलाई थप १५ दिन हिरासतमा राखिने

काठमाडौं : राज्यविरुद्धको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवल शमशेर राणा थप १५ दिनको हिरासतमा रहने निर्णय गरिएको छ। काठमाडौं जिल्ला अदालतले राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र सांसद राणालगायत अन्य २० जना पक्राउ परेकाहरूसँग सम्बन्धित थप अनुसन्धानका लागि १५ दिनको म्याद थप...

नेपाल आउने विदेशी नागरिकलाई अनिवार्य स्वास्थ्य बिमा गरीने निर्णय

फोटो स्रोत:नेपाल पर्यटन बोर्ड काठमाडौं । स्वास्थ्य बिमा बोर्डले नेपाल आउने विदेशी नागरिकलाई पनि अनिवार्य रूपमा स्वास्थ्य बिमामा आबद्ध गराउने व्यवस्था गर्ने निर्णय गरेको छ। आइतबार स्वास्थ्य बिमा बोर्डको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले यो नयाँ नीति सार्वजनिक गरेका छन्। उनले सबै जनप्रतिनिधि, कर्मचारी, वैदेशिक रोजगारीमा...

पूर्वराजा ज्ञानेन्द्रलाई दिए धन्यवाद माधव नेपालले

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र स्थापनामा पूर्वराजा ज्ञानेन्द्र शाहको योगदानको कदर गर्दै उनलाई धन्यवाद दिएका छन्। उनले पूर्वराजा शाह, गिरिजाप्रसाद कोइराला र आफूसँगको सहमतिका आधारमा मात्र माओवादीले जनयुद्ध छोडेर मुख्यधारामा आएको बताएका छन्। आइतबार (चैत २४) केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीको नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) वाग्मती...