दुई जर्मन कम्पनीलाई इ–राहदानी आपूर्तिको ठेक्का

दुई जर्मन कम्पनीलाई इ–राहदानी आपूर्तिको ठेक्का
काठमाडौं ।राहदानी विभागले इ–राहदानी आपूर्तिका लागि जर्मनीका दुई कम्पनी मुएलबाउर र भेरिडोसलाई ठेक्का दिने निर्णय गरेको छ। सार्वजनिक टेन्डर प्रक्रियामा यी कम्पनीहरूले फ्रेन्च प्रतिस्पर्धी आइडिमियाभन्दा झन्डै १ करोड २० लाख अमेरिकी डलर सस्तो प्रस्ताव पेस गर्दै प्रतिस्पर्धा जितेका हुन्। मुएलबाउरले डाटा इनरोलमेन्टका लागि १ करोड १० लाख डलरको प्रस्ताव प्रस्तुत गरेको...

शिक्षक महासंघको सरकारलाई चेतावनी : शिक्षा ऐन पास नभए सडकमा उत्रिन्छौं

फाइल तस्बिर काठमाडौं ।विद्यालय शिक्षा विधेयक संसदमा पेस गर्न ढिलाइ भएको भन्दै नेपाल शिक्षक महासंघले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। महासंघले विद्यालय, शिक्षक, विद्यार्थी र कर्मचारीमैत्री शिक्षा ऐन तत्काल पारित नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको हो। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जारी गरेको विज्ञप्तिमा असार १५ भित्र विधेयक...

सुनसरीमा भिनाजुद्वारा गोली हानी सालीको हत्या, अभियुक्त फरार

काठमाडौं ।सुनसरीको हरिनगर गाउँपालिका–६ मा एक युवकले गोली प्रहार गरी आफ्नै सालीको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भारतको पत्रहा पंचायत–१६ का २९ वर्षीय अजाद मियाँ जट सोमबार बिहान ससुराली आएर १८ वर्षीया आरसी खातुनमाथि गोली चलाएका थिए। गोली लागेर घटनास्थलमै खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी योगराज...

सुनको मूल्य तोलामा ४०० रुपैयाँले वृद्धि, चाँदी पनि महँगियो

काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर १ लाख ९३ हजार ३०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन आइतबार यो मूल्य १ लाख ९२ हजार ९०० रुपैयाँ थियो। चाँदीको मूल्यमा पनि तोलामा ३० रुपैयाँको वृद्धि भएको...

सुन आयात तथा बिक्री वितरण प्रणाली पुनरावलोकन हुने, मौद्रिक नीतिबाट घोषणा

काठमाडौं —नेपाल राष्ट्र बैंकले सुन आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्थालाई पुनरावलोकन गर्ने भएको छ। शुक्रबार सार्वजनिक भएको आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति मार्फत गभर्नर डा. विश्वनाथ पौडेलले सो जानकारी दिएका हुन्। उनका अनुसार, सुनको कारोबारसम्बन्धी यसअघि गरिएको अध्ययन प्रतिवेदनको सिफारिसका आधारमा नेपाल सरकारको समन्वयमा सो प्रणालीको पुनरावलोकन गरिनेछ। त्यसैगरी, मौद्रिक...

काठमाडौं महानगरको २५ अर्बको बजेट प्रस्ताव, पूर्वाधारमा ५१ प्रतिशत विनियोजन सिफारिस

काठमाडौं — काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँको बजेट ल्याउने भएको छ। शुक्रबार बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले आगामी वर्षका लागि खर्च र आम्दानीको आधारमा बजेटको सीमा निर्धारण गरेको हो। महानगरपालिकाका सहप्रवक्ता ध्रुव काफ्लेका अनुसार, प्रस्तावित बजेटमा सबैभन्दा धेरै...

राष्ट्र बैंकको नयाँ मौद्रिक नीति सार्वजनिक — विदेशी मुद्रा, लघुवित्त र ग्राहक सुरक्षामा कडाइ

काठमाडौं — नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/०८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकबाट स्वीकृत भएपछि गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालयबाट नीति सार्वजनिक गरेका हुन्। गभर्नर पौडेलका अनुसार मौद्रिक नीतिमा विदेशी विनिमय व्यवस्थापन, वित्तीय क्षेत्रको सुधार तथा नियमन, भुक्तानी प्रणालीको...

४० किलो गाँजासहित पाँच जना पक्राउ, एक लाख २५ हजार नगद पनि बरामद

काठमाडौं — काठमाडौंको कोटेश्वरबाट ४० किलोग्राम गाँजासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ गजुरी–४ का नीराजन चेपाङ, प्रकाश चेपाङ, शंकर चेपाङ र काठमाडौं महाराजगन्जका जीवन प्रजा तथा सुमन चेपाङ रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी अपिलराज बोहराका अनुसार, उनीहरूलाई सुननम चेपाङको डेरामा लुकाइछिपाई राखिएको गाँजा बिक्री...

नेप्से २५ अंकले उकालो, साढे ९ अर्बको सेयर कारोबार

काठमाडौं — साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उल्लेख्य रूपमा उकालो लागेको छ। नेप्से सूचक २५.८९ अंकले बढ्दै २७३१.८० विन्दुमा पुगेर बन्द भएको हो। बुधबार नेप्से २२.०४ अंकले वृद्धि भएर २७०५.९० विन्दुमा पुगेको थियो भने आजको कारोबारले सोभन्दा अझ राम्रो सुधार देखाएको हो। साता प्रारम्भ आइतबार सामान्य...

उपल्लो मुस्ताङमा बाढीले सात पुलमा पूर्ण क्षति, रिङरोडसहित सडक आवागमन ठप्प

मुस्ताङ — उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा आएको आकस्मिक बाढीले स्थानीय पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ। बाढीपछि सुरु गरिएको प्रारम्भिक अनुगमनमा कुल सातवटा पुल पूर्ण रूपमा ध्वस्त भएको पुष्टि भएको छ। लोमान्थाङ गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत विकास केसीसहितको टोलीले बुधबार प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्दै क्षतिको यकिन गरेको हो। प्रमुख प्रशासकीय...