प्रधानमन्त्री कार्यालयको निर्देशन: गृह र संघीय मामिला मन्त्रालयमा दरबन्दीभन्दा बढी कर्मचारी नराख्न

काठमाडौं — प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई दरबन्दीभन्दा बढी कर्मचारी राख्न नदिन निर्देशन दिएको छ। गृह मन्त्रालयअन्तर्गत अध्यागमन विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, र केही जिल्ला प्रशासन कार्यालयहरूमा दरबन्दीभन्दा बढी कर्मचारी राखिएको र त्यसबाट खटपट भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।...

गैरआवासीय नेपालीलाई पूर्ण अधिकारसहित नागरिकता दिन सरकार समक्ष माग

काठमाडौं — गैरआवासीय नेपालीहरूले राज्यका निकायले मान्यता दिने नेपाली नागरिकता प्रदान गर्न माग गरेका छन्। सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा, नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्ने विधेयकमाथि छलफलका क्रममा उनीहरूले यस्तो माग राखेका हुन्। हाल गैरआवासीय नेपालीहरूलाई गैर आवासीय नागरिकता प्रदान हुँदै आएको छ,...

सुनील पौडेलसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, जनही ३३ करोड बिगो दाबी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेलसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। बिलिङ सिस्टम अपग्रेड गर्ने क्रममा उनीहरूले कुल ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। मुद्दा दायर गरिएका व्यक्तिहरूमा...

रासायनिक मल भ्रष्टाचारमा दोषी ठहर बस्नेत तीन वर्षपछि पक्राउ

धरान । रासायनिक मल हिनामिना प्रकरणमा विशेष अदालतबाट दोषी ठहर भई फरार रहेका खगेन्द्र बस्नेत तीन वर्षपछि पक्राउ परेका छन्। आइतबार इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको टोलीले रामधुनी नगरपालिका–७ निवासी बस्नेतलाई नियन्त्रणमा लिएको हो। बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, विराटनगरको गोदाममा मौज्दात रासायनिक मल हिनामिना गरेको अभियोगमा...

४५ लाखभन्दा बढी मूल्यको अवैध सुनसहित नागढुंगाबाट एकजना पक्राउ

काठमाडौं । काठमाडौं प्रवेशद्वार नागढुंगाबाट प्रहरीले ४५ लाखभन्दा बढी मूल्यको अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति भारत पश्चिम बंगालका ३१ वर्षीय महादेव सामन्त रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। सामन्त काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र. ०३–००१ ख ३१३९ नम्बरको यात्रुबाहक बसमा सवार थिए। प्रहरीले चेकजाँच...

उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड विनियोजन

काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाका नदीहरूलाई स्वच्छ बनाउने र करिडोर सडक स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षको बजेटले उच्च प्राथमिकता दिएको बताएका छन्। शुक्रबार गोकर्णेश्वर–५ स्थित बागमती करिडोरमा काठमाडौं उपत्यका विकास प्राधिकरणद्वारा आयोजित वृक्षरोपण कार्यक्रममा बोल्दै मन्त्री सिंहले बागमतीसहित उपत्यकाका अन्य प्रमुख नदीहरू सफा गर्न मन्त्रालयमार्फत तीन...

प्रतिनिधिसभा बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित

काठमाडौं । भिजिट भिसा प्रकरणमा जारी विपक्षीको अवरोधका कारण प्रतिनिधिसभाको बैठक पुनः स्थगित गरिएको छ। शुक्रबारको बैठक पनि सूचना टाँसेर स्थगित गर्दै अबको बैठक आइतबार (जेठ २३) दिउँसो १ बजे बस्ने जनाइएको छ। विपक्षी दलहरू उच्चस्तरीय छानबिन समिति गठनको मागमा अडिग रहेका छन्। उनीहरूले छानबिन समिति गठनको सुनिश्चितता नहुँदासम्म संसद् नचल्ने...

भेरी नदीमा डुबेर एक बालिकाको ज्यान गयो, दुईजना अझै बेपत्ता

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ स्थित भेरी नदीमा डुबेर एक किशोरीको ज्यान गएको छ भने दुईजना बालबालिका अझै बेपत्ता छन्। जाजरकोटको नलगाड नगरपालिका–८ की १६ वर्षीया भगवती नेपालीको उपचारको क्रममा मृत्यु भएको हो। उनलाई स्थानीयवासीहरूले डुबेको अवस्थामा उद्धार गरी तत्काल आठबिसकोट नगर अस्पताल लगिएको थियो। तर उपचारको क्रममा उनको...

सुनको भाउमा एकैदिन हजार रुपैयाँको वृद्धि, चाँदी पनि पाँच रुपैयाँले महँगियो

काठमाडौं: नेपाली बजारमा सोमबार सुनको मूल्य एकैदिनमा प्रतितोला एक हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन आइतबार सोही सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार रुपैयाँ थियो। यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला १ लाख...

भोलिदेखि सार्वजनिक यातायात सेवा बन्द हुने, व्यवसायीहरूको आन्दोलनको घोषणा

भोलिदेखि सार्वजनिक यातायात सेवा बन्द हुने, व्यवसायीहरूको आन्दोलनको घोषणा
काठमाडौं, जेठ १८ – सार्वजनिक यातायात व्यवसायीहरू भोलि (जेठ १९) देखि देशभर सवारी साधन थन्काएर सेवा बन्दमा जाने भएका छन्। गण्डकी प्रदेश सरकारले निजी सवारी साधनलाई राइड सेयरिङका नाममा सार्वजनिक यातायात सरह मान्यता दिएको निर्णयको विरोधमा व्यवसायीहरू आन्दोलित भएका हुन्। विभिन्न यातायात व्यवसायी तथा मजदुर संगठनहरूले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी...