तीनकुने घटनामा धवलशमशेरको बयान सकियो, थुनछेक बहस जारी

काठमाडौं — गत चैत १५ गते तीनकुनेमा आयोजित राजावादी प्रदर्शनका क्रममा हिंसात्मक घटना भएपछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणाको बयान सकिएको छ। सोमबार (असार २) काठमाडौं जिल्ला अदालतमा उनको थुनछेक सम्बन्धी बहस चलिरहेको छ। उक्त प्रदर्शनका क्रममा दुईजनाको ज्यान गएको थियो। जडीबुटीस्थित एक निजी घर र जडीबुटी...

नेप्सेमा सामान्य सुधार, १३ अर्बभन्दा बढीको सेयर कारोबार

काठमाडौं — सेयर बजार मापन गर्ने नेप्से परिसूचक सोमबार सामान्य सुधारसहित उकालो लागेको छ। अघिल्लो दिनको तुलनामा २.८० अंकले वृद्धि भई नेप्से २६५८.६६ विन्दुमा पुगेर बन्द भएको छ। लगातार दुई दिनसम्म झिनो अंकमा उतारचढाव देखिएको नेप्सेमा सोमबार पनि सामान्य सुधार देखिएको हो। सोमबार भएको कारोबारमा १२४ कम्पनीको सेयर मूल्य बढ्दा, समान संख्याका...

कोशी प्रदेश सरकारले आगामी वर्षका लागि ३५ अर्ब ८८ करोडको बजेट प्रस्तुत

विराटनगर, – कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आइतबार प्रदेश सभा बैठकमा बजेट अनुमान प्रस्तुत गरेका हुन्। चालु आर्थिक वर्षको तुलनामा यो बजेट १.१७ प्रतिशतले बढी हो। प्रस्तावित बजेटमध्ये: १८...

वृद्धभत्ता हिनामिनामा बाँकेका पूर्व गाविस अध्यक्षसहित १७ जनाविरुद्ध १० वर्षपछि भ्रष्टाचार मुद्दा

काठमाडौं । वृद्धभत्ता हिनामिनासँग जोडिएको एक दशकअघिको घटनामा बाँके जिल्लाको साविक नरैनापुर गाविसका तत्कालीन अध्यक्ष अजयकुमार श्रीवास्तवसहित १७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले दायर गरेको मुद्दामा तत्कालीन गाविस सचिवहरू सावितराम कुर्मी र अशोककुमार श्रीवास्तवसहित भत्ता लिने १४ जना लाभग्राही संलग्न छन्। अनुसन्धानका क्रममा २०५७/५८...

भिजिट भिसा प्रकरणको अनुसन्धानमा भारत र अमेरिकाको चासो

काठमाडौं । नेपालस्थित अध्यागमन प्रणालीमार्फत संस्थागत ढंगमा मानव तस्करी भएको आशंकासहितका घटनाले अन्तर्राष्ट्रिय स्तरमै चासो बढाएको छ। भारत र अमेरिकालगायत देशहरूले यस प्रकरणलाई नजिकबाट हेर्न थालेका छन्। भारतले कालोसूचीमा रहेका आफ्ना केही नागरिकहरू नेपालबाट तेस्रो मुलुक जान पाएको विषयमा गम्भीर चिन्ता व्यक्त गरेको छ। स्रोतका अनुसार, अनुसन्धानका क्रममा भारतमा अतिवादी गतिविधिमा...

रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

रौतहट । रौतहटको गरुडा नगरपालिका–१, जयनगरटोलमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ। ६५ वर्षीय सियाराम बनियाको चट्याङ लागेर गम्भीर घाइते भएपछि उपचारका लागि गौरस्थित प्रादेशिक अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका वरिष्ठ प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिए। चट्याङ लाग्ने क्रम गर्मीयाम र मनसुन अवधिमा विशेष सक्रिय...

यस वर्ष मनसुनमा अधिकांश स्थानमा औसतभन्दा बढी वर्षाको पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा देशभर सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ। विभागका अनुसार मनसुन कोशी प्रदेशबाट सुरु भई लुम्बिनी प्रदेशसम्म विस्तार भइसकेको छ, र अब क्रमशः अन्य पश्चिमी क्षेत्रतर्फ फैलिनेछ। मनसुनसँगै आउने सम्भावित प्राकृतिक प्रकोपलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

ट्रम्प प्रशासन भुटान सहित ३६ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाउने तयारीमा

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इजिप्ट र जिबुटीजस्ता प्रमुख साझेदार राष्ट्रहरू समेत परेका ३६ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाउने तयारी गरिरहेको वासिङटन पोस्टलाई उद्धृत गर्दै द इन्डिपेन्डेन्ट ले जनाएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोद्वारा हस्ताक्षर गरिएको सम्बन्धित निर्देशनपत्र (मेमो) शनिबार अमेरिकी राजदूतहरूलाई पठाइएको थियो। सो मेमोमा सूचीमा परेका देशहरूले...

कैलालीमा खैरो हिरोइनसहित ६ जना पक्राउ, प्रहरीको सक्रियता बढ्दो

कैलाली — कैलाली जिल्लामा खैरो हिरोइनसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। लागूऔषध दुव्र्यसन र कारोबारविरुद्ध सञ्चालन भइरहेको निगरानीका क्रममा विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन्। प्राप्त सूचनाका आधारमा घोडाघोडी नगरपालिका–१, सुखडस्थित एक बाँझो घरमा लागूऔषध सेवन भइरहेको आशंकामा पुगेको प्रहरीले सो स्थानबाट लक्ष्मीपुरका २० वर्षीय उमेशनाथ योगी, १९ वर्षीय विनोद...

नेप्सेमा दोहोरो अंकको गिरावट, ९ अर्ब ९० करोड रुपैयाँभन्दा बढीको कारोबार

काठमाडौं — साताको कारोबार मध्यदिन बुधबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। बजार ओरालो लागेपनि कारोबार रकम भने अघिल्लो दिनभन्दा सामान्य वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार बुधबार दिनभर २४४ वटा कम्पनीका ३०७ स्क्रिपमा २ करोड २० लाख ७५ हजार कित्ताभन्दा बढी सेयर किनबेच भएका छन्। यसबाट...