मौसमसँगै बढ्यो संक्रमण: सात दिनमै ३० जनामा कोरोना पुष्टि

काठमाडौँ – देशभर मौसम परिवर्तनसँगै कोरोना भाइरससहित रुघाखोकी, ज्वरो र फ्लुजस्ता लक्षण भएका बिरामी देखा पर्न थालेका छन्। पछिल्लो एक सातामै ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने, पुस १७ यता कूल संक्रमितको संख्या १६० पुगेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झाका अनुसार, हाल नेपाल–भारत...

निलम्बित मेयर भरतकुमार थापालाई विशेष अदालतले ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई विशेष अदालतले ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ करोड ७१ लाख रुपैयाँ बराबरको भ्रष्टाचार बिगो मागसहित मुद्दा दायर गरेको थियो। अख्तियारले मेयर थापा सहित आठ जना प्रतिवादीविरुद्ध सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र...

उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न, राजनीतिक दल र निजी क्षेत्रका प्रतिनिधि चाँडै मनोनयन गरिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सम्पन्न भएको छ। बैठकमा आयोग गठनको उद्देश्य, कार्यक्षेत्र निर्धारण तथा आगामी प्राथमिकताका कार्यसूचीहरूबारे प्रारम्भिक छलफल गरिएको प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। आयोगमा राजनीतिक दल, विज्ञ तथा निजी क्षेत्रका प्रतिनिधिहरूको मनोनयन चाँडै गरिने र...

कर्णाली प्रदेश सरकारले ३९० वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार गर्ने

दैलेख । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै ३९० वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार गर्ने भएको छ। बुधबार सार्वजनिक भएको बजेट वक्तव्यअनुसार, ती विद्यालयहरूमा पूर्वाधार निर्माण तथा विकासका लागि बजेट विनियोजन गरिएको हो। प्रदेश सरकारको लक्ष्य शिक्षालाई गुणस्तरीय, उद्यमशील, रोजगारमुखी र जीवन उपयोगी...

सुनचाँदी व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह : “संवादको बाटो रोज्नुस्, आन्दोलनमा नलाग्नुस्”

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले सुनचाँदी क्षेत्रसँग सम्बद्ध व्यवसायीहरूलाई आन्दोलनको बाटो नअपनाउन आग्रह गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार भेट गर्न पुगेको सुनचाँदी व्यवसायीहरूको प्रतिनिधिमण्डललाई प्रधानमन्त्री ओलीले समस्याको समाधान संवादमार्फत खोज्न सुझाव दिएका हुन्। भेटमा प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालयसँग आवश्यक छलफल गरी यथासम्भव व्यवसायीका जायज मागहरू सम्बोधन गर्न आफू तयार...

नेप्से परिसूचकमा सामान्य गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार ओरालोतिर लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.९० अंकले घट्दै २६५४.७५ विन्दुमा अडिएको हो। अघिल्लो दिन सोमबार २.८० अंकको वृद्धि हुँदै सूचक २६५८.६६ विन्दुमा पुगेको थियो। सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। मंगलबार ३०६ कम्पनीका १ करोड ६४ हजार ७७५ कित्ता...

धरान उपमहानगरमा मेयर र उपमेयरका समर्थक आमनेसामने, कार्यालय परिसर तनावग्रस्त

धरान उपमहानगरपालिकाको कार्यालय परिसर मंगलवार बिहान तनावग्रस्त बनेको छ। मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघाका समर्थकहरूबीच आमनेसामने झडपको स्थिति सिर्जना भएको हो। धरान–१७ का वडाध्यक्ष तथा उपमहानगर प्रवक्ता सूर्य भट्टराईका अनुसार मेयरका समर्थकहरूले उपमेयरमाथि आक्रोशित भएर धक्का-मुक्की गर्न खोजेपछि स्थिति उत्तेजित भएको हो। त्यसलगत्तै उपमेयर बेघाका समर्थक, विशेष गरी माओवादी...

गौशाला नगरपालिकाकी उपप्रमुखलाई कार्यालय प्रवेशमा अवरोध, मेयरको निर्देशनमा गेटमा तालाबन्दी

काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकाकी उपप्रमुख रेणुकुमारी महतोलाई मंगलबार कार्यालय प्रवेशमा रोक लगाइएको छ। नगरप्रमुख डा. दीपेन्द्र महतोको निर्देशनमा नगर प्रहरीमार्फत गेटमा तालाबन्दी गर्दै उपप्रमुखलाई कार्यालय बाहिरै रोकिएको बताइएको छ। उपप्रमुख महतो कार्यालय पुग्दा गेटमा ताला लगाइएको अवस्थामा रहेको थियो। घटनाबारे प्रतिक्रिया दिँदै उनले आफू निर्वाचित जनप्रतिनिधि हुँदाहुँदै 'गुण्डागर्दी शैलीमा'...

वन मुद्दामा वाग्मतीका मेयर भरत थापा ५० लाख धरौटीमा रिहा

काठमाडौं — सर्लाहीको वाग्मती नगरपालिकाका निलम्बित नगर प्रमुख भरत कुमार थापा वन पैदावारसम्बन्धी भ्रष्टाचार मुद्दामा ५० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले आइतबार उनीसहितको मुद्दामा थापालाई धरौटीमा छाड्ने आदेश दिएको हो। थापाविरुद्ध एक अर्ब ४९ करोड ३९ लाख ४३ हजार ३३७ रुपैयाँ ४५...

तीनकुने घटनामा धवलशमशेरको बयान सकियो, थुनछेक बहस जारी

काठमाडौं — गत चैत १५ गते तीनकुनेमा आयोजित राजावादी प्रदर्शनका क्रममा हिंसात्मक घटना भएपछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणाको बयान सकिएको छ। सोमबार (असार २) काठमाडौं जिल्ला अदालतमा उनको थुनछेक सम्बन्धी बहस चलिरहेको छ। उक्त प्रदर्शनका क्रममा दुईजनाको ज्यान गएको थियो। जडीबुटीस्थित एक निजी घर र जडीबुटी...