नेप्सेमा ओरालो क्रम जारी, पाँच अर्बभन्दा बढीको शेयर कारोबार

काठमाडौं — नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार पनि घट्दै ०.३३ अंकले घटेर २६००.२० विन्दुमा कायम भएको छ। बुधबार कूल ३११ कम्पनीका १ करोड ३७ लाख ५९ हजार ६०४ कित्ता शेयर ६१ हजार ८२४ पटक किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब ९४ करोड २८ लाख रुपैयाँ नाघेको छ। यस दिन केही...

माधव नेपालको बयान विशेष अदालतमा सकियो, थुनछेक बहस सुरु

काठमाडौं — पतञ्जलि जग्गा प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको विशेष अदालतमा बयान सकिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित अन्यलाई प्रतिवादी बनाई मुद्दा दायर गरेपछि नेपाल अदालतमा उपस्थित भएका थिए। नेपालको बयान सकिएसँगै अब थुनछेक सम्बन्धी बहस सुरु भएको छ। उनी पक्षबाट करिब १२० जना...

सांसदहरूको आलोचनाप्रति मन्त्री मण्डलको प्रतिक्रिया : “मलाई नधम्क्याउनुहोस्”

विराटनगर, कोसी — कोसी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले प्रदेशसभा बैठकमा सांसदहरूले आफूलाई लक्षित गरी उठाएको आलोचनाप्रति कडा प्रतिक्रिया जनाएका छन्। बुधबार बजेटमाथिको छलफलका क्रममा मन्त्री मण्डलले आफ्नो जिल्लामा बजेट केन्द्रित गरेको भन्दै सांसदहरूले प्रश्न उठाएका थिए। जवाफमा मन्त्री मण्डलले आफू विगतमा पटक–पटक जेल भोगेको व्यक्ति भएको स्मरण...

सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस नेता गणेश लामालाई सर्वोच्चबाट सफाइ

काठमाडौं — नेपाली कांग्रेसका केन्द्रीय कार्यसमिति सदस्य गणेश लामाले सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएका छन्। सर्वोच्च अदालतको न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले सोमबार विशेष अदालतको दोषी ठहर गर्ने फैसला उल्ट्याउँदै लामालाई सफाइ दिने निर्णय सुनाएको हो। २०७५ साउन २४ गते, विशेष अदालतका तत्कालीन न्यायाधीश बाबुराम रेग्मी,...

६० किलो सुन प्रकरण : धरौटीमा छुटेकी अमला रोका सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पुनः पक्राउ

काठमाडौं – चर्चित ६० किलो सुन तस्करी प्रकरणमा संलग्न ठहरिएकी अमला रोकालाई अदालतबाट धरौटीमा रिहा गरिएको केही घण्टामै सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि पुनः पक्राउ गरिएको छ। काठमाडौं जिल्ला अदालतले दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि रोका सोमबार छुटेकी थिइन्। तर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले उनलाई अदालत...

मुगुमा ट्याक्टर दुर्घटना : एकको मृत्यु, आठ घाइते

मुगु – मुगुको खत्याड गाउँपालिका–४ मा ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। दुर्घटनामा ज्यान गुमाउने व्यक्ति खत्याड–४ पैखु गाउँकी ३५ वर्षीया शारदा थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको हो। ज १ त ५११२ नम्बरको ट्याक्टर आइतबार राति ९ बजे...

बुटवल उपमहानगरको ३ अर्ब ३६ करोडको बजेट सार्वजनिक, शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकता

बुटवल – बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब ३६ करोड १३ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। सोमबार नगरसभाको सत्रौं अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले चालु खर्चतर्फ ४९ प्रतिशत र पुँजीगत खर्चतर्फ ५१ प्रतिशत विनियोजनसहित बजेट प्रस्तुत गरेकी हुन्। उक्त बजेटमा बुटवलले आन्तरिक स्रोतबाट मात्रै ९५...

थाई प्रधानमन्त्री पेटोन्टार्न संकटमा: ‘कम्बोडियन काका’सँगको गोप्य संवाद लिक भएपछि सरकार धरापमा

काठमाडौँ, थाईल्यान्डकी प्रधानमन्त्री पेटोन्टार्न शिनावात्रा गम्भीर राजनीतिक संकटमा परेकी छन्। कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनसँग गरिएको गोप्य फोन संवाद लिक भएपछि गठबन्धन सरकार नै ढल्ने संघारमा पुगेको हो। सार्वजनिक भएको फोनवार्तामा पेटोन्टार्नले हुन सेनलाई 'काका' भनेर सम्बोधन गर्दै थाई सैन्य कमान्डरलाई बर्खास्त गर्ने संकेत गरेकी छन्। यसले थाइल्याण्डभित्रको शक्तिशाली सैन्य संरचना र...

सुन–चाँदीको मूल्यमा गिरावट, आजको कारोबार दर कति?

काठमाडौँ, नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँले घटेर १ लाख ९५ हजार ५ सय रूपैयाँ कायम भएको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार ९ सय रूपैयाँ थियो। चाँदीको भाउमा पनि कमी महासंघका अनुसार, बिहीबार...

निजामती सेवा विधेयक कार्यसूचीबाट हटाइएपछि माओवादीको आपत्ति

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले बिहीबारको प्रतिनिधिसभा बैठकको कार्यसूचीबाट निजामती सेवा विधेयक हटाइएकोप्रति आपत्ति जनाएको छ। प्रतिनिधिसभामा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा बोल्दै अघिल्लो बैठकमा विधेयक पारित गर्ने सहमति भइसकेको अवस्थामा कार्यसूचीबाट नै हटाइनु आपत्तिजनक भएको बताएका हुन्। “हामीले यस्तै अरू विधेयकहरू पनि शीघ्र पारित होऊन् भनेर बैठकलाई...