‘पब्जी मोबाइल क्याम्पस क्लब नेपाल २०२५’ को उपाधि वेस्टमिन्स्टर कलेजलाई

काठमाडौं — पहिलोपटक आयोजना गरिएको क्याम्पसस्तरीय ई–स्पोर्ट्स प्रतियोगिता ‘पब्जी मोबाइल क्याम्पस क्लब नेपाल (PMC Nepal) २०२५’ को उपाधि द वेस्टमिन्स्टर कलेजले जितेको छ। पब्जी मोबाइल नेपालले आयोजना गरेको प्रतियोगितामा वेस्टमिन्स्टर कलेजले उत्कृष्ट प्रदर्शन गर्दै प्रतिस्पर्धी कलेजहरूलाई पछि पार्दै शीर्ष स्थान हासिल गरेको हो। प्रतियोगिताको ग्रान्ड फाइनल काठमाडौंस्थित द ब्रिटिस कलेजको सभाहलमा सम्पन्न...

प्युठानमा भारी वर्षा, साना नदीहरूमा आकस्मिक बहावको सम्भावना — सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं — आइतबार दिउँसो प्युठानमा भएको भारी वर्षाका कारण साना नदीहरूमा आकस्मिक बहाव बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार, असार १५ गते साँझ ४:२० बजे प्युठानको हंसपुर वर्षामापन केन्द्र र त्यस आसपासका क्षेत्रमा पछिल्लो १ घण्टामा उल्लेख्य मात्रामा वर्षा मापन गरिएको हो। "पछिल्लो १ घण्टामा भारी वर्षा...

काठमाडौँको बागमती नदीमा जलसतह सतर्कता तह नजिक, नदी किनारमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ — काठमाडौँको गौरीघाटस्थित बागमती नदीको जलसतह सतर्कता तह नजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले नदी किनारको बाटो प्रयोग गर्ने यात्रुहरू र तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयहरूलाई सावधानी अपनाउन अनुरोध गरेको छ। विभागका अनुसार, पछिल्लो समय निरन्तरको वर्षाका कारण नदीको बहाव बढ्दै गएको छ, जसले केही क्षेत्रमा...

परराष्ट्रमन्त्री आरजु राणा देउवाको इटाली र जर्मनी भ्रमण स्वीकृत

काठमाडौं, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटाली र जर्मनीको भ्रमणमा जान लागेकी छन्। असार ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनको भ्रमण स्वीकृत गरेको हो। मन्त्री राणा यही असार १३ गतेदेखि २९ गतेसम्म इटालीको रोममा आयोजना हुने खाद्य तथा कृषि संगठन (FAO) को ४४औँ सम्मेलनमा सहभागी हुन जाँदैछिन्। त्यसपछि उनले जर्मनीमा लगानी बोर्ड...

नेप्से ४.४५ अंकले ओरालो, कारोबार सात अर्ब ७८ करोड नाघ्यो

काठमाडौं, साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.४५ अंकले घटेको छ। ०.१७ प्रतिशतको गिरावटसँगै नेप्से २,५९५.७४ विन्दुमा झरेको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार आज ३०६ कम्पनीको एक करोड ९६ लाख ५० हजार २१० कित्ता सेयर किनबेच भएको छ। आजको दिन कुल कारोबार रकम सात अर्ब ७८...

३१९ केजी चरेससहित ट्रक चालक पक्राउ, भारतीय सीमा हुँदै तस्करीको योजना खुलासा

वीरगन्ज, – पर्साको वीरगन्जबाट प्रहरीले ठूलो परिमाणको लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीले ३१९ केजी चरेससहित मकवानपुर थाहा नगरपालिका–१२ का ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तानलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार बुधबार बेलुकी बाराको परवानीपुरबाट वीरगन्जस्थित सिर्सिया सुख्खा बन्दरगाह (ड्राइपोर्ट)तर्फ जाँदै गरेको...

बढ्यो सुन–चाँदीको मूल्य: आज कति पुग्यो भाउ?

काठमाडौं, – नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले वृद्धि भई एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार यो मूल्य प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा थियो। यसैगरी, चाँदीको मूल्य पनि...

आन्तरिक उत्पादन प्रवर्द्धन हुनेगरी कर नीतिमा सरकारलाई संयमित निर्णय लिन अर्थ समितिको सुझाव

काठमाडौं — प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले आन्तरिक उत्पादन प्रवर्द्धन गर्न सकिने गरी करका दरहरूमा उपयुक्त र विवेकपूर्ण निर्णय लिन सरकारको ध्यानाकर्षण गराएको छ। बुधबार सिंहदरबारमा बसेको समिति बैठकपछि समितिका सभापति सन्तोष चालिसेले जानकारी दिँदै आर्थिक विधेयक अहिले संसदमा विचाराधीन अवस्थामा रहेकाले प्रत्यक्ष निर्देशन दिन उचित नहुने भन्दै, तर प्राप्त सुझावहरूको मूल्याङ्कन...

काभ्रेको रोशी खोलामा अज्ञात व्यक्तिको शव फेला, प्रहरीद्वारा अनुसन्धान सुरु

काभ्रेपलान्चोक — काभ्रेपलान्चोकको खहरेपाँगुस्थित रोशी खोलामा एक अज्ञात पुरुषको शव फेला परेको छ। स्थानीय लनम लामाका अनुसार, बुधबार रोशी खोलाको बीचमा ढुंगामा अडिएको अवस्थामा शव देखिएको हो। तत्कालै खबर पाएपछि घटनास्थलमा पुगेको प्रहरीले शवलाई खोलाबाट निकालेर आवश्यक प्रक्रिया अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय, काभ्रेका डीएसपी मिन घलेका अनुसार शवको पहिचान हालसम्म...

अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सरकारले सम्मान गर्ने

काठमाडौं — सरकारले अन्तर्राष्ट्रिय भलिबल, उसु र कवड्डी प्रतियोगितामा पदक जितेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गर्ने निर्णय गरेको छ। बुधबार सिंहदरबारमा बसेको असार ९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त जानकारी दिएका हुन्। उनका अनुसार कुल २७...