राष्ट्रपति र सातै प्रदेश प्रमुखबीच भेट : ‘प्रदेशको सफलता नै संघीयताको सफलता हो’

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेशको मजबुती नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हुने स्पष्ट पारेका छन्। बुधबार शीतल निवासमा सातै प्रदेशका प्रमुखहरूसँगको भेटका क्रममा उनले पछिल्ला आन्दोलनहरूबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न प्रदेशहरू आधारभूत अंग भएको उल्लेख गरे। राष्ट्रपति पौडेलले भने, ‘प्रदेशहरू सुदृढ भए यो व्यवस्था नै सुदृढ हुन्छ। संविधानको सम्पूर्ण कार्यान्वयनका...

काठमाडौंमा युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन सम्पन्न, ३५० युवा उद्यमीको सहभागिता

काठमाडौँ — राष्ट्रिय युवा परिषद्को आयोजनामा संघीय तहको युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन–२०८२ सोमबार काठमाडौंमा सम्पन्न भएको छ। परिषद्ले यसअघि सातवटै प्रदेशमा सम्मेलन सम्पन्न गरेपछि केन्द्रीय तहमा कार्यक्रम सम्पन्न गरेको हो। सम्मेलनको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गरेका थिए। उद्घाटन सत्रमा उनले युवाहरूको उद्यमी सोच, सीप, ज्ञान र क्षमतालाई राष्ट्रनिर्माणमा उपयोग गर्नुपर्नेमा जोड...

नेपाल सेमिफाइनलमा, मलेसियासँग प्रतिस्पर्धा हुने

काठमाडौं — एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटमा नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार क्वालालम्पुरमा सम्पन्न समूह 'ए'को अन्तिम खेलमा नेपालले भुटानलाई २९८ रनको फराकिलो अन्तरले पराजित गर्दै अपराजित यात्रालाई कायम राखेको हो। नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रनको...

नेप्सेमा निरन्तर सुधार, ७ अर्ब नाघ्यो सेयर कारोबार

काठमाडौं — साताको पहिलो दिन आइतबारदेखि सुधारको संकेत देखाएको सेयर बजार मंगलबार पनि उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २८.९१ अंकले बढेर २६६०.३९ विन्दुमा पुगेको छ। यसअघि आइतबार नेप्से २६.५३ अंकले र सोमबार ९.१९ अंकले वृद्धि भएको थियो। मंगलबारको सुधारसँगै सेयर कारोबार रकम पनि उल्लेखनीय रूपमा बढेको छ। बजार खुलेको...

सभापति खतिवडाको स्पष्टोक्ति : “छानबिन होस्, दोषी ठहरेँ भने कारबाही भोग्न तयार छु”

काठमाडौं, – प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले 'कुलिङ पिरियड'सम्बन्धी विधेयकको विषयमा उत्पन्न विवादको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्। मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विषय गम्भीर भएको बताउँदै आफू दोषी ठहरिए कानुनी दायरामा आउन तयार रहेको बताएका हुन्। “यो विषय संसद्‌माथिको गम्भीर प्रहार हो,” खतिवडाले भने, “कानुन निर्माण...

स्पेनको सेभियामा ‘विकासका लागि वित्त’ अन्तर्राष्ट्रिय सम्मेलन सुरु, प्रधानमन्त्री ओली सहभागी

सेभिया, स्पेन । संयुक्त राष्ट्रसंघको आयोजना र स्पेन सरकारको आतिथ्यतामा स्पेनको सेभिया शहरमा 'विकासका लागि वित्त' सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन (एफएफडी–४) सोमबारदेखि सुरु भएको छ। सम्मेलन सेभियास्थित फेबिस प्रदर्शनी केन्द्रमा भइरहेको छ। उद्घाटन समारोहमा स्पेनका राजा फिलिप द्वितीय, प्रधानमन्त्री पेड्रो सान्चेज र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्मेलनको औपचारिक सुरुवात गर्दै...

चीनले जापानी समुद्री खानामा लगाएको प्रतिबन्ध हटायो

काठमाडौं । फुकुशिमा आणविक प्लान्टबाट निस्कने प्रशोधित फोहोर पानीको चिन्ताका कारण दुई वर्षअघिदेखि जापानका धेरै क्षेत्रबाट आयातमा लगाइएको चीनको समुद्री खाना प्रतिबन्ध हटाइएको छ। चीनको सामान्य भन्सार प्रशासनले आइतबार फुकुशिमाको दूषित पानीको दीर्घकालीन अनुगमनका क्रममा गरिएको परीक्षणमा कुनै अनियमितता नदेखिएको जनाएको छ। त्यसैले चीनले सर्तसहित जापानबाट समुद्री खाना आयात पुनः सुरु...

विपद् सूचना प्रवाह प्रणाली प्रभावकारी बनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री र सञ्चारमन्त्रीबीच छलफल

काठमाडौं । विपद्को समयलाई ध्यानमा राख्दै सूचना प्रवाह प्रणालीलाई प्रभावकारी बनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङबीच छलफल भएको छ। सोमबार सहरी विकास मन्त्रालयमा भएको भेटमा सञ्चार मन्त्रालयले विपद् जोखिम न्यूनीकरणमा कस्तो भूमिका खेल्न सक्छ भन्नेबारे छलफल गरिएको हो। यसअघि आइतबार सिंहको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् व्यवस्थापन परिषद् बैठकले...

आफूलाई प्रहरीको रूपमा चिनाउँदै अपहरण र लुटपाट गर्ने दुई जना पक्राउ

विराटनगर । आफूलाई प्रहरी परिचय दिएर अपहरण तथा लुटपाटमा संलग्न दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा विराटनगर–८ निवासी २४ वर्षीय समीर हुसेन र विराटनगर–६ निवासी २५ वर्षीय तासिब अन्सारी रहेका छन्। घटनामा संलग्न अर्का एक जना भने हाल फरार रहेको र उनको खोजी...

रुपन्देही ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

काठमाण्डौं । प्रतिनिधि सभा सदस्यको लागि रुपन्देही क्षेत्र नं. ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले सो क्षेत्रको प्रतिनिधित्व रिक्त भएपछि उपनिर्वाचनको मिति तय गरेको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित सांसद दीपक बोहोराको निधनपछि उक्त क्षेत्र खाली भएको थियो। आयोगले संविधान तथा प्रचलित कानुनअनुसार प्रतिनिधित्व...