सिंहदरबार परिसरबाट हराएको सरकारी गाडी सचिवकै निवासमा फेला

काठमाडौँ, – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको स्वामित्वमा रहेको एक सरकारी सवारीसाधन सिंहदरबार परिसरबाट हराएको भन्दै खोजी कार्य सुरु गरिएकोमा उक्त गाडी मन्त्रालयका सचिवको निवासमै रहेको खुलेको छ। महिन्द्रा स्कोर्पियो–एस फोर (प्रदेश ३–०१–००२ झ ५३६७) नम्बरको गाडी हराएको भन्दै मन्त्रालयले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, र उपत्यका ट्राफिक प्रहरी...

नेपालमा लगानी गर्न मलेसियाली लगानीकर्तालाई अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौं, – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा लगानी गर्न मलेसियाली लगानीकर्तालाई आग्रह गरेका छन्। नेपाल भ्रमणमा रहेको मलेसिया-नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलसँगको भेटका क्रममा मन्त्री पौडेलले नेपालमा लगानीका लागि आवश्यक वातावरण र नीति तयार रहेको उल्लेख गर्दै थप लगानीको आह्वान गरेका हुन्। “निजी क्षेत्रबाट लगानीका लागि...

प्रधानमन्त्री ओली स्पेन भ्रमणपछि आज स्वदेश फर्कँदै

काठमाडौं – विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन्। सूचना तथा प्रसारण विभागका अनुसार, प्रधानमन्त्री ओली आज अपराह्न ३ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछन्। उनी यही असार १४ गते शनिबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन प्रस्थान गरेका थिए। स्पेन भ्रमणका...

पत्रकारलाई गाली गरेको आरोपमा एमाले नगर अध्यक्षविरुद्ध कारबाहीको माग

काठमाडौँ ।समाचारको विषयलाई लिएर नेपाल पत्रकार महासंघ, सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादवप्रति सामाजिक सञ्जालमार्फत अशिष्ट भाषा प्रयोग गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ।समाचारको विषयलाई लिएर नेपाल पत्रकार महासंघ, सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादवप्रति सामाजिक सञ्जालमार्फत अशिष्ट भाषा प्रयोग गरिएको...

डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ५२ जना पक्राउ, ६ चिनियाँ नागरिकसहित

काठमाडौं, गैरकानुनी रूपमा डेटिङ एप र क्रिप्टो कारोबार सञ्चालन गरेको आरोपमा ६ जना चिनियाँ नागरिकसहित ५२ जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले ललितपुर र काठमाडौंमा गरेको छापामारीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। ललितपुर महानगरपालिका–४, दमकल चोकस्थित एक घर भाडामा लिएर ‘सोसियल सफ्टवेयर डेभलपमेन्ट कम्पनी’ नाममा दर्ता...

ट्रम्पको भन्सार नीतिबाट जोगिन भारतको प्रयास

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसहित विभिन्न मुलुकहरूमाथि उच्च भन्सार दर लगाउने चेतावनी दिएपछि भारतले अमेरिका सँगको व्यापार सम्झौता टुंग्याउन वार्ता प्रक्रिया तीव्र बनाएको छ। भारतले सम्झौता गर्ने भए पनि आफू दबाबमा आएको वा झुकेको सन्देश नजाओस् भन्ने रणनीतिमा ध्यान केन्द्रित गरिरहेको छ। अप्रिल २ मा राष्ट्रपति ट्रम्पले ‘स्वतन्त्रता दिवस’...

यो वर्ष ५ लाख ७३ हजार नयाँ करदाता थपिए, करको दायरा विस्तार

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ मा करको दायरा उल्लेखनीय रूपमा बढेको छ। अर्थ मन्त्रालयका अनुसार चालु वर्षको पहिलो नौ महिना (चैत मसान्तसम्म) मा मात्रै ५ लाख ७३ हजार ६८२ नयाँ करदाता थपिएका छन्। योसहित देशभर स्थायी लेखा नम्बर (PAN) लिने करदाताको कुल संख्या ६७ लाख ९९ हजार ८९५ पुगेको छ,...

‘कुलिङ पिरियड’ प्रकरणले संसदीय समितिमा विवाद, सभापति खतिवडा र सचिव दुराको राजीनामा माग

काठमाडौं — संघीय निजामती सेवा विधेयकमा विवादास्पद रूपमा समावेश गरिएको ‘कुलिङ पिरियड’ प्रावधानलाई लिएर प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बुधबार तीव्र विवाद भएको छ। समितिमा पूर्वसहमति विपरीत विधेयक संसदमा प्रस्तुत र पारित भएको भन्दै केही सांसदहरूले समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुराको राजीनामा माग गरेका छन्। बैठकमा सांसद कृष्णगोपाल...

बैंकिङ प्रणालीमा तरलता घटाउन राष्ट्र बैंकले ६० अर्ब निक्षेप खिच्दै

काठमाडौं — राष्ट्र बैंकले बुधबार बोलकबोल प्रक्रियामार्फत ६० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ। बैंकिङ प्रणालीमा अत्यधिक तरलता देखिएपछि चालु आर्थिक वर्षको सुरुवातदेखि नै राष्ट्र बैंकले निरन्तर तरलता सङ्कलन गरिरहेको छ। बैंकले जानकारी दिएको अनुसार, आज हुने बोलकबोलबाट संकलित निक्षेपको सावाँ र ब्याज २०८२ भदौ १८ गते भुक्तानी गरिनेछ। वर्तमानमा...

संवैधानिक निकायमा नियुक्त ५२ पदाधिकारीबारे सर्वोच्च अदालतले आज निर्णय सुनाउने सम्भावना

काठमाडौं — संवैधानिक निकायमा नियुक्त गरिएका ५२ जना पदाधिकारीसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आज (बुधबार) फैसला सुनाउन सक्नेछ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी सम्मिलित संवैधानिक इजलासले फैसला सुनाउने मिति असार १८ गतेका लागि तोकेको हो। यसअघि जेठ २८ गते छलफलका लागि...