टी२० विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा, प्रतिस्पर्धी कुवेत र जापान

काठमाडौं — सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने पुरुष टी२० विश्वकपका लागि क्षेत्रीय छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ। अक्टोबरमा ओमानमा हुने एशिया तथा पूर्वी एसिया-प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपालले कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ। आईसीसीले घोषणा गरेको नौ टोली सहभागी उक्त प्रतियोगितामा आयोजक ओमान, नेपाल र...

हिटलरको प्रशंसा गरेपछि मस्कको च्याटबोट ‘ग्रोक’ विवादमा

काठमाडौं, – इलोन मस्कको कम्पनी आर्टिफिसियल इन्टेलिजेन्स द्वरा विकसित च्याटबोट ‘ग्रोक’ले जर्मन तानाशाह एडोल्फ हिटलरको प्रशंसा र यहूदी विरोधी अभिव्यक्तिहरू सार्वजनिक गरेपछि तीव्र आलोचना भएको छ। मंगलबार ग्रोकले एक्स (पूर्व ट्विटर) मा लगातार हिटलरको समर्थनजस्ता देखिने सामग्री पोस्ट गरेपछि सामाजिक सञ्जालमा आलोचनाको लहर चलेको हो। ती आपत्तिजनक पोस्टहरूमा हिटलरको...

नेप्से परिसूचकमा सुधार, फेरि २७०० माथि पुग्यो

काठमाडौं, – साताको चौथो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उल्लेखनीय वृद्धि देखिएको छ। परिसूचक २३.९९ अंकले उक्लिँदै २७०७.८५ विन्दुमा पुगेको छ, जुन ०.८९ प्रतिशतको वृद्धि हो। आजको कारोबारमा ७ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। कूल २४८ कम्पनीका ३१६ स्क्रिपमध्ये १ करोड ५८ लाख २२...

त्रिवि उपकुलपतिमा डा. दीपक अर्याल नियुक्त

काठमाडौं, – त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा प्रा.डा. दीपक अर्याल नियुक्त भएका छन्। विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई उक्त जिम्मेवारी दिएका हुन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वमा गठन गरिएको सिफारिस समितिले असार २३ गते उपकुलपतिका लागि तीन जनाको नाम प्रधानमन्त्रीसमक्ष पेश गरेको थियो। ती नामहरू वर्णानुक्रमअनुसार...

नेपालमा ११ महिनामा १५ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

काठमाडौं — चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा नेपालमा रेमिट्यान्स आप्रवाह उल्लेखनीय रूपमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार जेठ मसान्तसम्म देशमा १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको हो। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.५ प्रतिशतले...

साढे १ अर्बको क्रिप्टो कारोबारमा संलग्न दुई भारतीय पक्राउ

काठमाडौं — साढे १ अर्ब रुपैयाँभन्दा बढीको क्रिप्टो मुद्रासम्बन्धी कारोबार गरेको आशंकामा दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारतको बिहार मोतिहारी निवासी ४३ वर्षीय रूपेश कुमार गुप्ता र बिहारकै पूर्वी चम्पारण बिजबानी निवासी २२ वर्षीय बिपिन कुमार रहेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले प्राप्त गरेको सूचनाका आधारमा ललितपुर...

राम नेपाली भूमिमा जन्मिएका हुन्, प्रचार गर्न नडराऔं : प्रधानमन्त्री ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपाली भूमिमा जन्मिएको दाबी पुनः दोहोर्याएका छन्। सोमबार काठमाडौंमा आयोजित एमालेको पर्यटन विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो विचार व्यक्त गरेका हुन्। ओलीले रामको जन्म नेपालमै भएको भए पनि त्यो विषयलाई खुलस्त प्रचार गर्न नसकिएकोमा असन्तुष्टि जनाए। “राम जन्मिएको...

इरानको चेतावनी: लाखौँ अफगानले आइतबारसम्म देश नछाडे पक्राउ गरिने

काठमाडौं । इरान सरकारले आफ्ना सीमा भित्र रहेका अफगान आप्रवासी तथा शरणार्थीलाई स्वेच्छाले देश छोड्न चेतावनी दिएको छ। चेतावनीको पालना नगरेमा पक्राउ गरी निष्कासन गरिने इरानी अधिकारीहरूको भनाइ छ। इरानले अफगान आप्रवासीलाई देश छाड्न आइतबारसम्मको समय दिएको हो। यद्यपि मानव अधिकारवादी संघसंस्थाहरूले यस प्रकारको सामूहिक निष्कासन अफगानिस्तानजस्तो गरिब र राजनीतिक अस्थिर...

वैदेशिक रोजगारीको नाउँमा ४५ जनाबाट एक करोड ८० लाख ठगी गर्ने युवक पक्राउ

काठमाडौं । आकर्षक तलब र रोजगारीको प्रलोभन देखाएर ४५ जनाबाट एक करोड ८० लाख रुपैयाँभन्दा बढी ठगी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ बस्ने र रामेछापको उमाकुण्ड गाउँपालिका–६ घर भएका ३२ वर्षीय रोहन भनिने फिन्चु लामा रहेका छन्। लामाले लिथुआनिया, रोमानिया लगायतका युरोपेली मुलुकहरूमा रोजगारी दिलाइदिने...

जापानले भन्सार विवादमा ट्रम्पसँग सजिलै सम्झौता नगर्ने : प्रधानमन्त्री इसिबा

काठमाडौं - जापानका प्रधानमन्त्री सिगेरु इसिबाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी वस्तुहरूमा लगाउन खोजेको उच्च भन्सार शुल्कविरुद्ध टोकियो सजिलै झुक्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्। आइतबार एक टेलिभिजन टक शोमा बोल्दै प्रधानमन्त्री इसिबाले भने, ‘‘हामी सजिलै सम्झौता गर्नेछैनौं। त्यसैले वार्ता लामो भइरहेको छ र कठिन पनि छ।’’ उनको यो टिप्पणी जापान–अमेरिका व्यापार...