लहान क्षेत्रबाट ठूलो मात्रामा आँप बजारमा आइरहेको छ

लहान क्षेत्रबाट ठूलो मात्रामा आँप बजारमा आइरहेको छ
काठमाडौं । बजारमा साता-दश दिनदेखि विभिन्न जातका आँप आउने क्रम सुरु भएको छ। नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका उपाध्यक्ष माधव चौलागाईंले बताएअनुसार, हाल मुख्य रूपमा लहान क्षेत्रबाट ठूलो मात्रामा आँप बजारमा आइरहेको छ। उनले भने, "आँप आइरहेको छ र एक सातापछि मुख्य सिजन सुरु हुनेछ।" बजारमा अहिले मालदह, दसहरी र बमोई...

सुन–चाँदीको मूल्यमा सामान्य गिरावट, नयाँ बजार दर के छ?

काठमाडौं । आज सुन र चाँदीको मूल्यमा सामान्य कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २०० रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले घटेको छ। यसअनुसार, आज सुनको मूल्य एक तोलामा १ लाख ९० हजार ९०० रुपैयाँ कायम भएको छ। सोमबार सुनको मूल्य ७०० रुपैयाँले घटेर १ लाख...

मकवानपुरको पालुङमा यात्रुबस दुर्घटना : दुई पैदलयात्रीको मृत्यु, चार घाइते

मकवानपुर, पालुङ । मकवानपुरको थाहा नगरपालिका–३ स्थित पालुङमा यात्रुबस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। विद्युत् प्राधिकरण नजिकै गोपाली गाउँबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको यात्रुबस सडकमा हिँडिरहेका पैदलयात्रीहरूलाई ठक्कर दिँदै थाहा नगरपालिकाका उप–प्रमुख भरत गोपालीको घरमा खसेको जिल्ला प्रहरी कार्यालय...

प्रधानमन्त्रीको अभिव्यक्ति उत्तेजनापूर्ण र चिन्ताजनक : मानवअधिकार आयोग, संयमित हुन आग्रह

प्रधानमन्त्रीको अभिव्यक्ति उत्तेजनापूर्ण र चिन्ताजनक : मानवअधिकार आयोग, संयमित हुन आग्रह
काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संयमित अभिव्यक्ति दिन आग्रह गरेको छ। प्रधानमन्त्री ओलीले जेठ १५ गतेका लागि प्रस्तावित जनआन्दोलनलाई लक्षित गर्दै सार्वजनिक रूपमा दिएका अभिव्यक्तिलाई आयोगले उत्तेजनापूर्ण र चिन्ताजनक ठहर गरेको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, “देशको शान्ति, सुरक्षा र अमनचयन कायम...

स्थानीय बजारमा सुनको मूल्यमा वृद्धि, चाँदीको मूल्य स्थिर

काठमाडौं — स्थानीय बजारमा आइतबार सुनको मूल्यमा महत्वपूर्ण वृद्धि देखिएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ८०० रुपैयाँ पुगेको छ, जुन अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा १,४०० रुपैयाँले बढेको हो। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँ तोकिएको थियो। यसैगरी, चाँदीको मूल्य...

कोशी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

कोशी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
विराटनगर — आर्थिक वर्ष २०८२/८३ का लागि कोशी प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए। त्यसपछि नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिएको हो। सरकारको नीति तथा कार्यक्रमप्रति विपक्षी दलका सांसद गोम्बु शेर्पा र...

ललितपुरमा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार निर्माण हुँदै

काठमाडौं — ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नगरका विभिन्न स्थानमा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार निर्माण भइरहेको बताएका छन्। आइतबार ललितपुरमा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम उद्घाटन गर्दै उनले विपद् जोखिमयुक्त क्षेत्रमा काम गर्न पूर्वाधार आवश्यक भएकाले चारवटा स्थानमा पूर्वाधार बनाइरहेको जानकारी दिए। महर्जनले यस वर्षका लागि पाँच करोड रुपैयाँ बजेट...

नेप्से परिसूचक ८.५७ अंकले घट्यो, ७ अर्ब ६० करोडको कारोबार

काठमाडौं — साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ८.५७ अंकले घट्दै २६७९.९८ विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स १.४६ अंकले घटेर ४५६.४६ विन्दुमा पुगेको छ। दिनभरि ३१४ स्क्रिप्सको १ करोड ८५ लाख कित्ता सेयर कारोबार भई कुल कारोबार रकम ७ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। ओम मेघाश्री फर्माक्युटिकल्सको सेयर १०% ले...

भिजिट भिसा काण्डमा अख्तियारको निगरानी, डीएफएल रिपोर्टको प्रतीक्षा

भिजिट भिसा काण्डमा अख्तियारको निगरानी, डीएफएल रिपोर्टको प्रतीक्षा
काठमाडौं — त्रिभुवन विमानस्थल अध्यागमन प्रमुख तीर्थ भट्टराई भिजिट भिसाको नाममा भएको अनियमिततामा संलग्न भएको आशंकामा अख्तियारको निगरानीमा परेका छन्। भट्टराईसहित केही कर्मचारीले म्यानपावर र ट्राभल एजेन्टहरूसँग मिलेर खाडी मुलुकमा महिलालाई भिजिट भिसामा पठाउन आर्थिक लेनदेन गरेको प्रारम्भिक प्रमाण भेटिएको छ। अख्तियारले विमानस्थल र केही व्यक्तिको घरमा छापा मारी चार जनाको...

नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौं ।नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। अधिवक्ताहरू अनन्त लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार गभर्नर नियुक्तिमा प्रक्रिया र योग्यता सम्बन्धी गम्भीर प्रश्न उठाउँदै रिट दर्ता गराएका हुन्। रिटमा गभर्नर चयन प्रक्रिया पूर्व निर्धारित जस्तो देखिएको आरोप लगाउँदै, पौडेललाई पहिले नै...