धादिङ–२ मा मतगणना विवादका कारण मतगणना रोकियो

धादिङ–२ मा मतगणना विवादका कारण मतगणना रोकियो
धादिङ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धादिङ निर्वाचन क्षेत्र नम्बर–२ मा मतगणना अस्थायी रूपमा रोकिएको छ। रुवीभ्याली गाउँपालिका–१, २, ३ र ४ का मतपेटिका सर्टिङ गरी गणना सुरु गर्ने क्रममा विवाद उत्पन्न भएको थियो। विवादका कारण निर्वाचन प्रक्रिया रोक्नुपर्ने अवस्था आएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रमुख विवाद नेपाली कम्युनिष्ट पार्टी (नेकपा)...

मोरङ–२ मा रास्वपा उम्मेदवारका प्रतिनिधि बेहोस भएर मृत

काठमाडौँ — मोरङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि दुर्गा रेग्मीको आकस्मिक मृत्यु भएको छ। उनी मतगणना स्थल नजिकै खाना खाँदै गर्दा बेहोस भएका थिए। जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालका अनुसार, रेग्मी रंगेली–९ का ५० वर्षीय नागरिक थिए। २२ फागुनमा बिहान ११:४५ बजे अचानक बेहोस भएका...

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुनको अग्रता कायम

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुनको अग्रता कायम
म्याग्दी — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीमा जारी मतगणनामा स्वतन्त्र उम्मेदवार महाविर पुनले अग्रता लिएका छन्। मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाका अनुसार हालसम्म २ हजार ८ सय १३ मत गणना गरिएको छ। तीमध्ये २ हजार ६ सय २६ मत सदर भएका छन् भने १ सय ८७ मत बदर भएका छन्। हालसम्मको गणनाअनुसार पुनले...

मुस्ताङबाट कांग्रेसका योगेश गौचन विजयी, एमालेका विष्ट पराजित

मुस्ताङबाट कांग्रेसका योगेश गौचन विजयी, एमालेका विष्ट पराजित
मुस्ताङ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मुस्ताङ निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन निर्वाचित भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टलाई पराजित गर्दै जित हासिल गरेका हुन्। निर्वाचनको अन्तिम मतपरिणामअनुसार गौचनले ३ हजार ३ सय ७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी विष्टले १ हजार ८ सय ६...

ललितपुर–२ मा रास्वपाका जगदीश खरेलको अग्रता

ललितपुर–२ मा रास्वपाका जगदीश खरेलको अग्रता
काठमाडौं — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत भइरहेको मतगणनामा ललितपुर निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेलले अग्रता कायम राखेका छन्। निर्वाचन अधिकृतको कार्यालयले उपलब्ध गराएको विवरणअनुसार हालसम्मको गणनामा खरेलले ३१९८ मत प्राप्त गरेका छन्। उनीसँग प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका उम्मेदवार प्रेमकृष्ण महर्जनले ४१३ मत पाएका छन्। हालसम्मको...

राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी नहुने

राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी नहुने
काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय प्रसाद यादव प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान नगर्ने निर्णयमा पुगेका छन्। संवैधानिक रूपमा तटस्थ भूमिकामा रहने व्यवस्थाका कारण उनीहरू मतदान प्रक्रियामा सहभागी नहुने जनाइएको छ। यसअघि राष्ट्रपति पदमा रहँदा रामवरण यादव र विद्यादेवी भण्डारी ले पनि मतदान नगरेको उदाहरण रहेको छ। राष्ट्रपतिले राष्ट्रिय एकताको...

वैदेशिक रोजगार विभागले निर्वाचन अवधिमा पनि अनलाइनबाट श्रम स्वीकृति सेवा सेवा प्रदान गर्ने

वैदेशिक रोजगार विभागले निर्वाचन अवधिमा  पनि अनलाइनबाट श्रम स्वीकृति सेवा सेवा प्रदान गर्ने
काठमाडौँ, —  वैदेशिक रोजगार विभागले  फागुन २० देखि २२ गतेसम्म पर्ने सार्वजनिक बिदाका दिनहरूमा पनि अनलाइन प्रणालीमार्फत श्रम स्वीकृति सेवा प्रदान गर्ने जनाएको छ। जारी सूचनाअनुसार उक्त अवधिमा कार्यालयका कर्मचारीहरू निर्वाचनसम्बन्धी जिम्मेवारीमा खटिनुपर्ने भएकाले प्रत्यक्ष उपस्थित भई सेवा दिन नसकिने अवस्था सिर्जना भएको हो। त्यसकारण सेवाग्राहीको सुविधा विचार गर्दै श्रम स्वीकृतिसम्बन्धी...

निर्धक्क रूपमा मतदानमा सहभागी हुन निर्वाचन आयोगको आग्रह

निर्धक्क रूपमा मतदानमा सहभागी हुन निर्वाचन आयोगको आग्रह
काठमाडौं — निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ र मतदातालाई निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ। आयोगले आज आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी मार्फत यस्तो आह्वान गरेको हो। उनले स्वच्छ, निष्पक्ष र पारदर्शी वातावरणमा मतदान सम्पन्न गराउन आवश्यक प्रबन्ध...

सामाजिक सञ्जाल विधेयक फिर्ता लिने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत स्वीकृत

सामाजिक सञ्जाल विधेयक फिर्ता लिने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत स्वीकृत
काठमाडौँ । सरकारले फिर्ता लिने निर्णय गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। आज सम्पन्न राष्ट्रिय सभाको बैठकले विचाराधीन अवस्थामा रहेको ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ औपचारिक रूपमा फिर्ता लिएको घोषणा गरेको हो। सभाका अध्यक्ष नारायण दाहालले विधेयक फिर्तासम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि सभाबाट सर्वसम्मति प्राप्त भएको जानकारी...

जापानको तल्लो सदनमा ताकाइची नेतृत्वको एलडिपीलाई एकल दुई तिहाई बहुमत

काठमाडौं । जापानमा आइतबार सम्पन्न तल्लो सदनको निर्वाचनमा प्रधानमन्त्री सानाए ताकाइचीको नेतृत्वमा रहेको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले ऐतिहासिक सफलता हासिल गरेको छ। निर्वाचन परिणामअनुसार एलडिपीले एक्लै दुई तिहाईभन्दा बढी सिट जित्दै बलियो उपस्थिति जनाएको छ। अघिल्लो निर्वाचनमा १९८ सिटमा सीमित रहेको एलडिपीले यसपटक ४६५ सदस्यीय तल्लो सदनमा ३१६ सिट हात...