सनई टाकाइची जापानको पहिलो महिला प्रधानमन्त्रीमा निर्वाचित

सनई टाकाइची जापानको पहिलो महिला प्रधानमन्त्रीमा निर्वाचित
टोकियो, – जापानको इतिहासमै पहिलोपटक महिला प्रधानमन्त्री बनेकी छन्। सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) की नेतृ सनई टाकाइची मंगलबार संसदको तल्लो सदनबाट प्रधानमन्त्रीमा अनुमोदित भएकी हुन्। प्रतिनिधि सभाका ४६५ सांसदमध्ये टाकाइचीले २३७ मत प्राप्त गरेकी छन्। बहुमतका लागि आवश्यक २३३ मत पार गरेपछि उनको प्रधानमन्त्री बन्ने बाटो खुला भएको हो।...

ट्रम्प र पुटिनबीच दुई साताभित्र बुडापेस्टमा भेटवार्ता हुने

ट्रम्प र पुटिनबीच दुई साताभित्र बुडापेस्टमा भेटवार्ता हुने
बुडापेस्ट । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच दुई साताभित्र हंगेरीको राजधानी बुडापेस्टमा भेटवार्ता हुने भएको छ। बिहीबार ट्रम्प र पुटिनबीच भएको टेलिफोन संवादपछि उक्त भेटको सहमति बनेको हो। ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुराकानी गर्दै युक्रेन युद्ध अन्त्यका लागि छलफल गर्न बुडापेस्टमा भेटवार्ता तय भएको पुष्टि गरेका हुन्।...

फ्रान्समा फेरि प्रधानमन्त्रीको राजीनामा, १३ महिनामा चौथो पटक सत्ता परिवर्तन

काठमाडौं — फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले पद सम्हालेको २६ दिनमै राजीनामा दिएका छन्। उनले आइतबार मात्र नयाँ मन्त्रिपरिषद्को घोषणा गरेका थिए, तर त्यसको १२ घण्टा नबित्दै राजीनामा दिएपछि फ्रान्सको राजनीति फेरि अस्थिर बनेको छ। प्रधानमन्त्री लेकोर्नुले सेप्टेम्बर ९ मा पदभार ग्रहण गरेका थिए भने अक्टोबर ६ मा राजीनामा दिएका हुन्। राष्ट्रपति...

‘ब्लक एभरिथिङ’ अभियानले फ्रान्सको जनजीवन प्रभावित

पेरिस, फ्रान्सभरि प्रमुख ट्रेड युनियनहरूले सामाजिक कल्याणमा कटौती र मितव्ययी नीतिको विरोधमा व्यापक हड्ताल र प्रदर्शन थालेका छन्। नयाँ प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले प्रस्ताव गरेको बजेट योजनाले जनजीवन प्रभावित पार्ने देखिएको छ। युनियनहरूले लेकोर्नुलाई अघिल्लो सरकारले तयार पारेको बजेट मस्यौदा फिर्ता लिन माग गर्दै सामाजिक सुरक्षामा कटौती अस्वीकार्य भएको चेतावनी दिएका छन्।...

इसराइलको दाबी: गजामा हमास प्रवक्ता अबु ओबेइदा मारिए

काठमाडौं । इसराइलले गजामा सञ्चालन गरिएको सैन्य कारबाहीका क्रममा हमासका प्रमुख प्रवक्ता अबु ओबेइदा मारिएको दाबी गरेको छ। इसराइली सुरक्षाका उच्च अधिकारीहरूले हमासविरुद्धको कारबाहीलाई तीव्र बनाउने रणनीतिसहित बसेको सुरक्षा क्याबिनेट बैठकमा ओबेइदाको मृत्युबारे जानकारी दिएका हुन्। तर, हमास पक्षले यसबारे औपचारिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन। इसराइली रक्षामन्त्री योआव गालान्तले ओबेइदाको वास्तविक नाम...

अमेरिकाद्वारा भारतीय सामानमा ५०% भन्सार कर लागू, भारतले निर्णयलाई ‘अनुचित’ भन्दै विरोध

वासिङ्टन डीसी—अमेरिकी सरकारले भारतमाथि २५ प्रतिशत थप भन्सार शुल्क लगाउने निर्णय कार्यान्वयनमा ल्याएको छ, जसपछि भारतीय वस्तुहरूमा अब कुल ५० प्रतिशत भन्सार लाग्नेछ। यो निर्णय अमेरिकी समयअनुसार अगस्ट २७ देखि लागू गरिएको हो। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसबाट कच्चा तेल आयात गरेर युक्रेन युद्धमा अप्रत्यक्ष रूपमा रुसलाई सहयोग गरिरहेको आरोप...

झुटो बलात्कारको आरोप लगाउने महिलालाई भारतमा २० वर्षको जेल सजाय

काठमाडौं — भारतको राजस्थान राज्यको अलवर जिल्लामा बलात्कारको झुटो आरोप लगाएकी एक महिलालाई अदालतले २० वर्ष कैद सजाय सुनाएको छ। पीडितका रुपमा प्रस्तुत भएकी ती महिलाले आफ्नै भतिजा माथि बलात्कारको आरोप लगाएकी थिइन्। तर, प्रहरी अनुसन्धानमा ती महिला र भतिजाबीच पछिल्लो ६ महिनामा ८३२ पटक फोन वार्ता भएको र महिला स्वयंले...

मोदी र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता, सीमामा शान्ति र स्थिरता कायम राख्ने प्रतिबद्धता

काठमाडौं, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका विदेशमन्त्री वाङ यीबीच मंगलबार महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ। भेटका क्रममा दुवै पक्षले भारत–चीन सीमामा शान्ति र स्थिरता कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री मोदीले सीमा विवादको विषयलाई "निष्पक्ष, तर्कसंगत र दुवै पक्षलाई स्वीकार्य" तरिकाबाट समाधान गर्न भारत प्रतिबद्ध रहेको दोहोर्‍याए। भेटपछि सामाजिक सञ्जालमार्फत...

नेपाली समय शनिबार बिहान १:१५ बजे ट्रम्प–पुटिन भेट हुने

काठमाडौँ —अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्कामा हुने ऐतिहासिक वार्ताले विश्वव्यापी ध्यान खिचेको छ। यो भेटवार्ता रुस–युक्रेन युद्ध र भेटघाटको स्थानको ऐतिहासिक–कूटनीतिक महत्त्वका कारण चर्चामा छ। अलजजिराका अनुसार, दुई नेताबीचको वार्ता अलास्काको स्थानीय समयअनुसार बिहान ११:३० बजे (नेपाली समय शनिबार बिहान १:१५ बजे) सुरु हुने तालिका छ। रुसतर्फबाट...

गलवान झडपपछि पहिलो उच्चस्तरीय कूटनीतिक भेट, वाङ यी भारत जाँदै

काठमाडौं — भारतसँगको सीमामा लामो समयदेखि चलिरहेको तनाव कम गर्न चीनले उच्चस्तरीय कूटनीतिक पहल थालेको छ। त्यसैअन्तर्गत चिनियाँ विदेशमन्त्री वाङ यी भारत भ्रमणमा जाने तयारीमा छन्। अन्तर्राष्ट्रिय समाचार संस्था ब्लुमबर्ग का अनुसार वाङको भ्रमण आगामी सातामा हुने अनुमान गरिएको छ। भ्रमणको उद्देश्य भारत–चीन सीमामा तैनाथ दुवै पक्षका सैनिक घटाउनेबारे छलफल गर्नु...