एआई विषयक विधेयक मस्यौदा प्रतियोगिता सम्पन्न

काठमाडौं । युथ भिजन नेटवर्कल आयोजना गरेको “बिल ड्राफ्टाथोन लेजिस्लेटिभ बिल ड्राफ्टिङ प्रतियोगिता २०८३ को समापन भएको छ । ।
कानुनका विद्यार्थीलाई विधेयक मस्यौदा लेखनको व्यावहारिक ज्ञान दिने उद्देश्यले आयोजित प्रतियोगितामा प्लस टु तथा स्नातक प्रथम वर्षका २० टोलीले सहभागीता जनाएका थिए । उक्त्त टोलीहरूले नेपालमा बढ्दो प्रयोगमा रहेको कृत्रिम बौद्धिकता (एआई) को अवसर, जोखिम तथा नियमनसम्बन्धी विधेयकको मस्यौदा तयार गरेका थिए ।
भदौ ३ गते मस्यौदा बुझाइएपछि विषयवस्तु, कानुनी आधार र गुणस्तरका आधारमा ७० अंक तथा भदौ ६ गते भएको अन्तिम चरणमा निर्णायकमण्डलसमक्ष गरिएको प्रस्तुतीकरणका आधारमा ३० अंक दिइएको थियो । दुवै चरणबाट प्राप्त अंकका आधारमा प्रतियोगिताको अन्तिम नतिजा निर्धारण गरिएको थियो, जसअनुसार टिम बेग्नास विजेता, टिम मुस्ताङले् दोश्र्रो स्थान र टिम सौराहाले तृबतीय स्थान हासिँल गरेको छ । विजेता टोलीलाई रु. १०,०००,दोश्र्रोलाई ७,००० र तृतीय हुने टोलीलाई रु. ५,००० नगद पुरस्कार प्रदान गरिएको छ । साथै शीर्ष तीन टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र समेत प्रदान गरिएको छ ।

कार्यक्रमको समापन सत्रमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश ईश्वरप्रसाद खतिवडा प्रमुख अतिथिका रूपमा उपस्थित भाएका थिए । सो अवसरमा “न्यायमूर्तिको नजरमा नेपालको न्यायपालिका विगत,वर्तमान र भविष्य जस्ता मुख्य विषयमा विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो, जसमा नेपालको न्यायपालिकाको विकासक्रम, वर्तमान अवस्था, चुनौती तथा भविष्यमा आवश्यक सुधारका विषयमा छलफल भएको छ ।
विधेयक मस्यौदा लेखनले कानुन पढिरहेका विद्यार्थीलाई कानुनी अनुसन्धान,विश्लेषण,तर्क तथा नीतिगत सोचको विकासमा योगदान पु¥याउदै समसामयिक विषयमा कानुनी समधान खोज्दै नीति तथा कानुन निर्माणको प्रक्रियासँग जोडिने अवसर प्रदान गरेको आयोजक समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया