बिक्री चाप बढेपछि नेप्से १९ अंकले ओरालो

काठमाडौं । साताको कारोबारको दोस्रो दिन मंगलबार नेपाली सेयर बजारमा गिरावट आएको छ। बजारमा लगानीकर्ताको विश्वास बलियो बन्न नसक्दा खरिदभन्दा बिक्रीतर्फ बढी दबाब देखिएको हो।

मंगलबार नेप्से परिसूचक १९.३४ अंकले घटेर २६२२.४८ विन्दुमा कायम भएको छ।

आज कारोबार भएका कम्पनीमध्ये ५७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २१७ कम्पनीको मूल्यमा गिरावट आएको छ। यस्तै, ५ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।

कारोबारका क्रममा सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेस्ट पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। मनकामना इन्जिनियरिङ, माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनी तथा एचएलआई लार्ज क्याप फण्डलगायतका लगानीकर्ताले पनि तुलनात्मक रूपमा राम्रो प्रतिफल पाएका छन्।

मंगलबार कुल ५ अर्ब ७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। दिनभर १ करोड ५१ लाख ९६ हजार ९८२ कित्ता सेयर ५५ हजार २४६ पटकको कारोबारमार्फत किनबेच भएको हो।

समूहगत परिसूचक हेर्दा व्यापार समूहबाहेक अन्य सबै समूहमा गिरावट आएको छ।

तपाईको प्रतिक्रिया