रोल्पामा चट्याङ लागेर ५९ वर्षीय पुरुषको मृत्यु

रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। लुङ्ग्री गाउँपालिका–१ खदरका ५९ वर्षीय वीरबहादुर खत्रीको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार बिहीबार राति आफ्नै घरमा बसिरहेका बेला खत्री चट्याङ लागेर घाइते भएका थिए।

घाइते खत्रीको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया