सेयर बजारमा ८.८१ अंकको सुधार, कारोबार रकम ३ अर्ब ७२ करोड

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपालको सेयर बजार परिसूचक नेप्से ८.८१ अंकले उकालो लागेको छ। बुधबार सामान्य ०.५५ अंकको वृद्धि भएको नेप्से बिहीबार २६५१.२१ विन्दुमा पुगेर बन्द भएको हो।

नेप्से बढेसँगै दैनिक कारोबार रकममा पनि सुधार देखिएको छ। बिहीबार ३४७ वटा कम्पनी तथा धितोपत्रका १ करोड २ लाख २५ हजार ८७४ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ७२ करोड ७ लाख ७० हजार ७७ रुपैयाँ पुगेको छ। अघिल्लो दिन करिब ३ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको थियो।

बिहीबारको बजारमा दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज र माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको सेयर सकारात्मक सर्किटमा कारोबार भयो। यस्तै, सुपर खुदी हाइड्रोपावरको सेयर १३.०२ प्रतिशत तथा घलेम्दी हाइड्रोपावरको सेयर ११.९० प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर अग्रस्थानमा रह्यो। कम्पनीको करिब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १६ करोड, सोलु हाइड्रोपावरको १५ करोड, सेन्ट्रल फाइनान्सको १२ करोड तथा युनाइटेड मोदी हाइड्रोपावरको ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

बिहीबार कारोबार भएका धितोपत्रमध्ये १७१ वटाको मूल्य बढेको छ भने ८६ वटाको मूल्य घटेको छ। १९ वटा धितोपत्रको मूल्य भने स्थिर रह्यो।

समूहतर्फ इन्भेस्टमेन्ट र म्युचुअल फन्डबाहेक अन्य समूहका उपसूचकमा वृद्धि देखिएको छ। समग्रमा बजारमा खरिदकर्ताको चाप बढ्दा नेप्से परिसूचक सकारात्मक बनेको देखिएको छ।

तपाईको प्रतिक्रिया