रास्वपाको केन्द्रीय समिति बैठकमा महाधिवेशन समीक्षा र संगठनात्मक व्यवस्थापन मुख्य एजेन्डा

काठमाडौं, — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बुधबार काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ।

चितवनमा सम्पन्न पहिलो महाधिवेशनपछि बसेको यो दोस्रो केन्द्रीय समिति बैठकमा महाधिवेशनको समीक्षा, पार्टीका कार्यविधिको तर्जुमा तथा परिमार्जन, सांगठनिक व्यवस्थापन, आवश्यक मनोनयन र आगामी कार्यक्रमबारे छलफल हुने कार्यसूची रहेको जनाइएको छ।

यसैबीच, पार्टी सभापति रवि लामिछानेले मोरङ–सुनसरी क्षेत्रमा भएका झडपलगायत समसामयिक घटनाबारे छलफल गर्न विपक्षी दलका शीर्ष नेतासँग सर्वदलीय बैठक आयोजना गरेका थिए।

सर्वदलीय बैठकपछि सभापति लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि शिष्टाचार भेटवार्ता गरेको जनाइएको छ।

तपाईको प्रतिक्रिया