एसी मिलान पुगे फेलिक्स

चेल्सीका फरवार्ड जाओ फेलिक्स इटालियन क्लब एसी मिलानमा लोनमा जानुभएको छ। २५ वर्षीय फेलिक्सका लागि मिलानले पाँच मिलियन पाउन्डको लोन शुल्क तिरेको छ, तर यो सम्झौतामा भविष्यमा स्थायी सम्झौताका लागि कुनै व्यवस्था गरिएको छैन, बीबीसीले जनाएको छ।

फेलिक्सले चेल्सीसँग गत अगस्टमा सात वर्षको सम्झौतामा हस्ताक्षर गरेका थिए, तर यसअघि उनले सन् २०२२–२३ सिजनमा चेल्सीबाट लोनमा खेलेका थिए।

बेन्फिकाबाट आफ्नो व्यावसायिक फुटबल यात्रा सुरु गरेका फेलिक्स सन् २०१९ मा एट्लेटिको मड्रिडमा सामेल भएका थिए, र सन् २०२३–२४ सिजनमा उनले बार्सिलोनामा पनि समय बिताएका थिए।

तपाईको प्रतिक्रिया