महिला फुटबल प्रशिक्षकमा प्याट्रिक डे विल्ड नियुक्त

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नेपाली महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको रूपमा बेल्जियमका प्याट्रिक डे विल्डलाई नियुक्त गरेको छ।

एन्फा महासचिव किरण राईले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा प्रशिक्षण सम्झौतामा हस्ताक्षर गरेका हुन्। डे विल्ड महिला राष्ट्रिय टिम सम्हाल्ने दोस्रो प्रशिक्षक हुन्।

एन्फाको प्रशिक्षक छनोट समितिले उनलाई सिफारिस गरेको थियो। डे विल्डले यसअघि नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत काठमाडौं रेजर्सको मुख्य प्रशिक्षकको रूपमा काम गरेका थिए।

उनको नेतृत्वमा नेपाली महिला राष्ट्रिय टिमले आगामी एसिया कप छनोट खेल्नेछ। समूह एफ मा नेपालसँगै उज्बेकिस्तान, लाओस र श्रीलंका रहेका छन्।

तपाईको प्रतिक्रिया