सुनको मूल्यमा ठुलो गिरावट, प्रतितोला १६ सयले घट्यो

काठमाडौं, नेपाली सुन बजारमा बुधबार सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १,६०० रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै छापावाला सुन प्रतितोला १,९३,५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार उक्त मूल्य १,९५,१०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घट्दै गएको छ। आज चाँदी प्रतितोला २,२५५ रुपैयाँमा झरेको छ, जुन मंगलबारको तुलनामा ४५ रुपैयाँले कम हो।

बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावले नेपाली बजारमा समेत प्रत्यक्ष असर परेको हो।

तपाईको प्रतिक्रिया