सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ३ (जब्दी) ‘मर्यादित महिनावारी मैत्री वडा’ घोषणा हुने !

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ३ (जब्दी) ‘मर्यादित महिनावारी मैत्री वडा’ घोषणा हुने भएको छ । सर्लाहीको लालबन्दी नगरपालिकाले वडा नं. ३ लाई विश्वकै पहिलो ‘मर्यादित महिनावारी मैत्री वडा’ घोषणा गरेर सामाजिक रूपान्तरणको क्षेत्रमा ऐतिहासिक सन्देश दिन लागेको सर्लाहीमा पत्रकार सम्मेलन गरि जानकारी दिइयो ।

महिनावारीलाई मानव अधिकार, सामाजिक न्याय र मर्यादाको रूपमा स्थापित गर्दै बिहीबार सर्लाहीको लालबन्दीमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।

महिनावारीलाई मानव अधिकार र सामाजिक न्यायसँग जोड्दै चालिएको यस कदमले नेपालको संविधानले प्रत्याभूत गरेका मौलिक हकहरूको कार्यान्वयनमा नयाँ आयाम थप्दैछ ।

लालबन्दी नगरपालिका, राधा पौडेल फाउण्डेशन (च्एँ)बाल संरक्षण संस्था (ऋएइ)को सहकार्यमा सुरु गरिएको लामो प्रयासपछि महिनावारीसम्बन्धी विभेद अन्त्य गर्दै वडालाई मर्यादित महिनावारी मैत्री वडा घोषणा गर्न लागिएको बाल संरक्षण संस्थाका अध्यक्ष राधा पोखरेलले बताउनुभयो । मर्यादित महिनावारी मैत्री घोषणासँगै वडाभित्र मानव अधिकार, लैंगिक समानता र सामाजिक न्यायलाई संस्थागत गर्ने लक्ष्य लिएको छ । यसअघि उक्त वडामा महिनावारीका ३६ प्रकारका विभेदहरु थिए । घोषणाअघि यस वडामा दुई वर्षसम्म पालिको सहकार्यमा सघन रूपान्तरणका कामहरू भएका थिए ।

तपाईको प्रतिक्रिया