सन्दीप लामिछानेको घोषणा: क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने निर्णय


काठमाडौं — नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सम्झौताबाट बाहिरिने घोषणा गरेका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत एक पोस्ट सार्वजनिक गर्दै सन्दीपले व्यक्तिगत र व्यावसायिक कारणले केन्द्रीय सम्झौताबाट अलग हुने निर्णय गरेको जानकारी दिएका हुन्।

उनले सम्झौताबाट बाहिरिए पनि नेपालका लागि खेल्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। “धेरै सोचविचारपछि मैले नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सम्झौताबाट बाहिर बस्ने निर्णय गरेको छु,” पोस्टमा उनले लेखेका छन्।

सन्दीपले नेपालप्रति आफ्नो माया र राष्ट्रिय टोलीप्रतिको लगाव यथावत् रहेको प्रष्ट पारेका छन्। “म जसरी पहिला खेल्थेँ, सोही लगन र समर्पणका साथ खेलिरहनेछु। मेरो गौरव र जिम्मेवारी नेपाल टिमप्रति कहिल्यै घट्ने छैन,” उनले उल्लेख गरेका छन्।

हालै क्यानले सार्वजनिक गरेको खेलाडी बरीयतामा सन्दीप ‘ए’ ग्रेडमा रहेका थिए।

तपाईको प्रतिक्रिया