काठमाडौंमा एक वर्षमा मिटरब्याजका २८७ उजुरी, ४८ मुद्दा अदालतमा

काठमाडौं। काठमाडौं जिल्लामा आर्थिक वर्ष २०८२/८३ अवधिमा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी २८७ वटा उजुरी दर्ता भएका छन्। तीमध्ये ४८ वटा मुद्दाको अनुसन्धान पूरा गरी अदालतमा दायर गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परिसरले दिएको जानकारीअनुसार ५० वटा उजुरी मेलमिलापमार्फत टुंगिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार बाँकी १८९ वटा उजुरीको आवश्यक प्रक्रिया तथा फर्छ्योट हुन अझै बाँकी छ।

गृह मन्त्रालयको परिपत्रअनुसार २०८० असारदेखि जिल्ला प्रहरी कार्यालयहरूले अनुचित लेनदेनसम्बन्धी कसुरमा अनुसन्धान गर्दै आएका छन्। सोही व्यवस्थाअनुसार काठमाडौंमा पनि मिटरब्याजसम्बन्धी उजुरीमाथि अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया