अर्घाखाँचीमा यात्रुवाहक बस दुर्घटना, तीन जनाको मृत्यु

अर्घाखाँची — अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ कुँडे क्षेत्रमा मंगलबार भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य २५ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार ध १ ख ५०४ नम्बरको बस सडकबाट करिब एक सय मिटर तल खसेको थियो। दुर्घटनापछि घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची तथा पाल्पा मिसन अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको पहिचान खुल्न बाँकी छ। बस सुपादेउराली मन्दिर दर्शन गरेर पर्वत फर्किने क्रममा दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

तपाईको प्रतिक्रिया