शिवलाल थापामगर नेतृत्वको टोली नेकपामा समाहित हुँदै

शिवलाल थापामगर नेतृत्वको टोली नेकपामा समाहित हुँदै
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष शिवलाल थापामगर नेतृत्वको टोली नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा सहभागी हुने भएको छ। नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार थापामगरसहित जसपा नेपालका केही केन्द्रीय सदस्यहरू आज आयोजना हुने एक कार्यक्रममा नेकपामा समाहित हुने तयारीमा छन्। यसअघि पनि जनता समाजवादी पार्टीका नेता अशोक राई नेतृत्वको...

विश्वप्रकाश शर्माको प्रस्ताव: प्रधानमन्त्रीमा दुई कार्यकालको सीमा

विश्वप्रकाश शर्माको प्रस्ताव: प्रधानमन्त्रीमा दुई कार्यकालको सीमा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पदमा दुई कार्यकालको सीमा तोक्नुपर्ने प्रस्ताव अघि सारेका छन्। भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत बन्द सत्रमा उनले कुनै पनि दलबाट एउटै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने नीतिगत व्यवस्था गर्नुपर्ने धारणा राखेका हुन्। उनले आगामी निर्वाचनमा पार्टी एक्लै प्रतिस्पर्धा गर्ने प्रस्ताव पनि प्रस्तुत...

निर्वाचनका बेला संयमित भूमिका आवश्यक : सभापति लामिछाने

चितवन,: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनको समयमा पार्टीका नेता तथा कार्यकर्ताले संयमित र जिम्मेवार व्यवहार प्रस्तुत गर्न आवश्यक रहेको बताएका छन्। भरतपुरस्थित रास्वपाको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै सभापति लामिछानेले निर्वाचनलाई लोकतन्त्रको महत्वपूर्ण अभ्यासका रूपमा लिँदै मर्यादित ढंगले अघि बढ्नुपर्नेमा जोड दिए। उनले पार्टी...

कांग्रेसभित्रको असमझदारी अन्त्य गर्न विद्यार्थी नेताहरूको सुझाव

कांग्रेसभित्रको असमझदारी अन्त्य गर्न विद्यार्थी नेताहरूको सुझाव
काठमाडौं : नेपाली कांग्रेसका विद्यार्थी नेताहरूले पार्टी सभापति शेरबहादुर देउवासँग भेट गरी पार्टीभित्र देखिएका आन्तरिक असमझदारीलाई संवाद र सहमतिमार्फत समाधान गर्न पहल गर्न सुझाव दिएका छन्। शुक्रबार नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरूको एक टोलीले सभापति देउवासँग भेट गर्दै पार्टी संगठनलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएको हो। भेटका क्रममा उनीहरूले विगतमा...

प्रतिनिधिसभा भंग गरेर लोकतन्त्रको उपहास गरियो : केपी शर्मा ओली

काठमाडौं ।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको सर्वोच्च निकाय प्रतिनिधिसभा भंग गरेर देशमा लोकतन्त्रको गम्भीर उपहास गरिएको आरोप लगाउनुभएको छ। उहाँले लोकतन्त्र र संविधानको रक्षा गर्न प्रतिनिधिसभा पुनर्स्थापना अपरिहार्य रहेको धारणा दोहोर्‍याउनुभएको हो। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्तव्य दिँदै अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटनले मुलुकलाई असंवैधानिक दिशातर्फ धकेलेको बताउनुभयो। उहाँका...

कांग्रेस एकताबद्ध छ, कसैले चाहेर पनि पार्टी फुटाउन सक्दैन : गगन थापा

काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हाल सञ्चालनमा रहेको अभियानले पार्टीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। केही समूहले कांग्रेस फुट्ने हल्ला फैलाइरहेको भन्दै उनले यस्ता चर्चा निराधार रहेको स्पष्ट पारे। नेता चन्द्र भण्डारी र सुनिल शर्मासँगको संवादका क्रममा महामन्त्री थापाले पार्टी एकताबद्ध रहेको दाबी गर्दै कसैको चाहनाले मात्रै कांग्रेस...

राष्ट्रियसभा निर्वाचनमा कांग्रेसले सहकार्यको बाटो अपनाउने : कृष्ण सिटौला

काठमाडौं — नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीले अन्य राजनीतिक दलहरूसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रियसभा निर्वाचनको प्रकृति प्रतिनिधिसभा निर्वाचनभन्दा फरक भएकाले आपसी तालमेल आवश्यक हुने उल्लेख गरे। यद्यपि, प्रतिनिधिसभा निर्वाचनमा भने कांग्रेसले...

नेपाली कांग्रेसमा विशेष महाधिवेशनको सम्भावना नरहेको लेखकको स्पष्टोक्ति

नेपाली कांग्रेसमा विशेष महाधिवेशनको सम्भावना नरहेको लेखकको स्पष्टोक्ति
काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीमा हाल विशेष महाधिवेशन आयोजना हुने कुनै अवस्था नरहेको बताएका छन्। शुक्रबार पुस १८ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले पार्टीको नियमित कार्यप्रक्रिया अघि बढिरहेको अवस्थामा विशेष महाधिवेशनको आवश्यकता नरहेको स्पष्ट पारे। उनका अनुसार पार्टी विधानअनुसारको नियमित प्रक्रिया निरन्तर रूपमा सञ्चालन भइरहेको...

कालीकोटबाट प्रचण्डको प्रतिनिधिसभा प्रत्यक्षतर्फ एकल नाम सिफारिस

सुर्खेत । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कालीकोट निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ एकल सिफारिस गरिएको छ। पार्टीका केन्द्रीय सदस्य महेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो, “प्रचण्डको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको हो।” यसअघि प्रचण्डको नाम महोत्तरी–३, सिन्धुली–२, कास्की–३ लगायतका निर्वाचन क्षेत्रबाट पनि सिफारिसमा परेको थियो। ...

लामिछानेसँग ६० लाख धरौटी माग गर्ने काठमाडौं अदालतको आदेश उच्चबाट सदर

काठमाडौं, । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग काठमाडौं जिल्ला अदालतले मागेको ६० लाख रुपैयाँ धरौटी उच्च अदालत पाटनले सदर गरेको छ। स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा न्यायाधीश खडानन्द तिवारी र दीपककुमार खरेलको इजलासले जिल्ला अदालतको आदेशमा कुनै परिवर्तन आवश्यक नरहेको ठहर गरेको हो। उच्च सरकारी वकिलको कार्यालयले रवि लामिछाने, छविलाल...