कमल थापासहित ६ जना राजावादी प्रदर्शनकारी पक्राउ

कमल थापासहित ६ जना राजावादी प्रदर्शनकारी पक्राउ
काठमाडौं, – काठमाडौंको नारायणचौर क्षेत्रमा आयोजित राजसंस्थाप्रति समर्थन जनाउने प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ६ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। निषेधित क्षेत्र उल्लङ्घन प्रयासपछि उनीहरूलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता अपीलराज बोहोराका अनुसार पक्राउ पर्ने अन्य व्यक्तिहरूमा शिला राणा, राकेश बस्नेत, विनोद कपाली, रामचन्द्र लामिछाने...

कमल थापालाई स-सम्मान फिर्ता गर्नुपर्छ : अध्यक्ष लिङ्देनको चेतावनी

काठमाडौं, – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रहरीले नियन्त्रणमा लिएका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई तत्काल स-सम्मान रिहा गर्न माग गरेका छन्। थापालाई काठमाडौंको नारायणचौरबाट प्रहरीले आइतबार दिउँसो नियन्त्रणमा लिएको हो। भिड बढाउने अभिव्यक्तिहरू दिएको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरी कारबाहीप्रति कडा असन्तुष्टि जनाउँदै अध्यक्ष लिङ्देनले...

अब मधेसमा तीव्र विकासको लहर आउनेछ : प्रधानमन्त्री ओली

अब मधेसमा तीव्र विकासको लहर आउनेछ : प्रधानमन्त्री ओली
जनकपुरधाम, – प्रधानमन्त्री केपी शर्मा ओलीले अब मधेससहित सम्पूर्ण देशमा तीव्र गतिमा विकासको लहर आउने दाबी गरेका छन्। आइतबार जनकपुरधामस्थित महेन्द्र नारायण निधि सभाहलमा आयोजित एक कार्यक्रममार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक (दोस्रो चरण)’ योजनाअन्तर्गत मधेस प्रदेशका आठवटै जिल्लाका ६४ वटै निर्वाचन क्षेत्रको ३२० किलोमिटर सडकको डिजिटल माध्यमबाट शिलान्यास गर्दै प्रधानमन्त्री...

भिजिट भिसा प्रकरणमा गगन थापाको स्पष्ट धारणा: “दोषी जेसुकै तहको भए पनि उम्कन पाउँदैन”

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चर्चामा रहेको भिजिट भिसा प्रकरणबारे सार्वजनिक धारणा व्यक्त गरेका छन्। बुधबार धरान उपमहानगरपालिकाको सम्मेलनलाई सम्बोधन गर्दै उनले राज्य संयन्त्रकै मिलेमतोमा नेपाली नागरिक ठगिनु गम्भीर र अमानवीय अपराध भएको बताएका हुन्। महामन्त्री थापाका अनुसार, “राज्यका जिम्मेवार निकाय र अधिकारीहरूबाट भिजिट भिसाको नाममा सयौं नेपाली नागरिक...

एमाले सचिवालय बैठक सुरू, बजेट र पार्टीको आन्तरिक विषयमा छलफल

एमाले सचिवालय बैठक सुरू, बजेट र पार्टीको आन्तरिक विषयमा छलफल
काठमाडौं — सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरू भएको छ। बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि जेठ १५ गते संसदमा पेश हुने बजेटको तयारी, सरकारको कामको समग्र समीक्षा, पार्टीको सांगठनिक गतिविधि तथा समसामयिक राजनीतिक अवस्थाबारे गहन छलफल हुने जनाइएको छ। यस बैठकमा पार्टी हितविपरीत अभिव्यक्ति दिएको आरोपमा...

दिगो विकासका लागि समन्वय र सहकार्य अपरिहार्य : मन्त्री गुरुङ

दिगो विकासका लागि समन्वय र सहकार्य अपरिहार्य : मन्त्री गुरुङ
काठमाडौं — सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले देशको समृद्धि र विकासका लागि स्पष्ट दृष्टिकोणका साथ दिगो सोच, समन्वय र सहकार्य अनिवार्य रहेको बताएका छन्। राष्ट्रिय समाचार समिति (रासस) द्वारा गणतन्त्र दिवसको अवसरमा "पर्वतीय पर्यटन: हाम्रो शान, हाम्रो पहिचान" विषयमा आयोजित फोटो प्रदर्शनी उद्घाटन गर्दै उनले वर्तमान प्रणाली, नियम,...

शिक्षा र निजामती ऐन ल्याउन कांग्रेस दृढ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा ऐन र निजामती ऐन ल्याउने विषयमा पार्टी दृढ रहेको बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै उनले स्वदेशमै रोजगारी सिर्जना गरेर युवाहरूलाई देशमै राख्ने वातावरण निर्माण गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गरे। “युवा जनशक्तिलाई विदेशिनु नपर्ने वातावरण...

पूर्वराजालाई घरमै सिंहासन बनाएर राख्नुस् : प्रधानमन्त्री ओलीको कटाक्ष

पोखरा ।प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कटाक्ष गर्दै राजावादीहरूलाई घरमै सिंहासन बनाएर राख्न सुझाव दिएका छन्। शुक्रबार पोखरामा आयोजित युवा संघ नेपालको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गणतान्त्रिक व्यवस्था स्थापित भइसकेकाले राजतन्त्र फर्कने सम्भावना नभएको स्पष्ट पारे। “देशमा सिंहासन गयो, अब...

गृहमन्त्री रमेश लेखकमाथि गम्भीर प्रश्न– के गर्दै छ कांग्रेस ?

काठमाडौं ।विदेश पठाउने नाममा भिजिट भिसाको दुरुपयोग र त्यसमा गृह मन्त्रालयसम्म 'कनेक्सन' पुगेको खुलासासँगै देशको राजनीति तातिएको छ। यो प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम समेत जोडिएपछि कांग्रेस नेतृत्वको भूमिकामाथि गम्भीर प्रश्न उठेका छन्। बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईसहित चार जनालाई नियन्त्रणमा लिएको...

परराष्ट्र मन्त्री आरजु राणा र जापानी विदेश मन्त्रीबीच टोकियोमा भेटवार्ता

नेपालकी परराष्ट्र मन्त्री आरजु राणा र जापानका विदेश मन्त्री इवाया ताकेसीबीच टोकियोमा भेटवार्ता भएको छ। मन्त्री राणा हाल जापान भ्रमणमा रहनु भएको छ र बिहीबार टोकियोस्थित जापानी विदेश मन्त्रालयमा विदेशी मन्त्री ताकेसीसँग उक्त भेटवार्ता भएको हो। यस भेटमा नेपाल र जापानका बीचका द्विपक्षीय सम्बन्ध, आपसी चासो र अन्य साझा हितका विषयमा चर्चा...