ठेक्का तोड्ने चेतावनीपछि तीव्र गतिमा हुन थाल्यो सडक स्तरोन्नति

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ। हाल कालोपत्रका लागि पूर्वाधार तयारीको काम पूरा भएको छ। करिब दुई हजार २०० मिटर दूरीको उक्त सडक समयमा कालोपत्र नहुँदा जनगुनासो बढेको थियो। पर्वतस्थित लोकमार्ग आयोजना कार्यालयका इन्जिनियर किरण सुवेदीले जनगुनासो सम्बोधनका लागि स्तरोन्नतिका काम धमाधम अगाडि बढाइएको...

क-कसले खानुहुँदैन एभोकाडो ?

क-कसले खानुहुँदैन एभोकाडो ?
काठमाडौँ । एभोकाडो पोषक तत्त्वले भरिपूर्ण छ र धेरै समस्याहरूको लागि रामवाण उपाय मानिन्छ। यही कारणले गर्दा मानिसहरूले यसलाई आफ्नो आहारको हिस्सा बनाउँछन्।  यो एक सुपरफुड हो, जसले धेरै फाइदा पुर्‍याउँछ। यो फलले तपाईँको मुटुलाई स्वस्थ बनाउनुका साथै खराब कोलेस्ट्रोल घटाउन पनि काम गर्छ । यति मात्र होइन, स्वास्थ्यका साथसाथै छाला...

भारत फलो अनबाट जोगिएसँगै टेस्ट बराबरीतर्फ

काठमाडौँ — भारतले अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको चौथो दिन मंगलबार फलो अनबाट आफूलाई जोगाएको छ । चौथो दिनको खेल समाप्त हुँदा भारतले नौ विकेट गुमाएर २ सय ५२ रन बनाएको छ । अब एक दिनको खेल मात्रै बाँकी छ र टेस्ट बराबरीतर्फ अग्रसर रहेको छ । ब्रिसबेनमा चलिरहेको टेस्टमा पाहुना टिमका लागि आकाश दीप २७...

उमागौरी कृषि सहकारी ठगी प्रकरण : पीडित थुनामा, कसुरदार फरार

विराटनगर । धनपालथान गाउँपालिका–४ का पूर्ववडा अध्यक्ष रोशन राजवंशी उमागौरी कृषि सहकारीका पीडित हुन् । उक्त सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारले रोशनकी आमाको नाममा रहेको घरजग्गा बैंकमा धितो राखेर ८० लाख रुपैयाँ ऋण निकालेका थिए । त्यसमध्ये ३० लाखमात्रै आफूले पाएको रोशनको भनाइ छ । आफू ठगिएको थाहा पाएपछि रोशन इलाका प्रहरी...

नागढुंगा सुरुङमार्ग क्षेत्रका प्रभावितलाई क्षतिपूर्ति दिन बाटो खुल्यो

काठमाडौँ — निर्माणधीन नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रभावित क्षेत्रका स्थानीयलाई क्षतिपूर्ति दिन आयोजनालाई बाटो खुलेको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले सुरुङ मार्ग आयोजनाअन्तर्गत क्षतिपूर्ति तथा समस्या समाधानका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेसँगै प्रभावित क्षेत्रका स्थानीयले उठाउँदै आएको माग सम्बोधन भएको हो ।  करिब ६ महिनाअघि सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाले परामर्शदाता खटाएर सुरुङमाथि...

सिरियाली विद्रोहीसँग प्रत्यक्ष सम्पर्कमा छौं : अमेरिकी विदेशमन्त्री

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सिरियामा राष्ट्रपति बसर अल-असदलाई परास्त गरेको हयात तहरीर अल-साम (एचटीएस) विद्रोहीसँग प्रत्यक्ष सम्पर्क गरेको बताएका छन् । हालसम्म पनि आतंककारी संगठनको सूचीमा रहेको एचटीएससँग अमेरिकाले पहिलोपटक प्रत्यक्ष सम्पर्क गरेको हो . विदेशमन्त्री ब्लिन्केनले हराइरहेका अमेरिकी पत्रकार अस्टिन टाइसको अवस्थाका विषयमा एटीएससँग सम्पर्क गरेको बताएका बीबीसीले जनाएको छ । उनीसहित टर्की,...

हङकङ यू-१९ विरूद्धको सिरिजमा नेपालको विजयी सुरूवात

हङकङ यू-१९ टोलीविरूद्धको तीन खेलको एकदिवसीय सिरिजमा नेपाली यू-१९ टोलीले विजयी सुरूवात गरेको छ।  नेपालले सोमबार भएको पहिलो खेलमा ३ विकेटको जित निकालेको हो।  मुलपानीमा भएको खेलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङ ४१.१ ओभरमा ११३ रनमा अलआउट भयो।  हङकङका लागि अब्दुल समादले नटआउट ५० रन जोडे। उनले ९८ बलमा...

घुससहित पक्राउ परेका नायव सुब्बाविरुद्ध मुद्दा दायर

काठमाडौँ । घुससहित पक्राउ परेका एक नायव सुब्बाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा दायर गरेको छ ।  अख्तियारले जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायव सुब्बा अशोक कुमार यादवविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।   सवारी ज्यान कसुर मुद्दामा मृतकको नजिकको हकदारले पाउनुपर्ने क्रिया खर्च तथा क्षतिपूर्ति बापतको रकम उपलब्ध गराउन...

पाँच महिनामा पुँजीगत खर्च ११ प्रतिशत, २८ प्रतिशत राजस्व संकलन

काठमाडौँ — चालु आर्थिक वर्ष २०८१/८२ को सुरुआती पाँच महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । मंसिर मसान्तसम्म सरकारले वार्षिक लक्ष्यको २८ प्रतिशत राजस्व उठाएको छ भने करिब ३० प्रतिशत बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।कार्यालयको तथ्याङ्कअनुसार सरकारको विकास खर्च कमजोर देखिएको छ । चालु आर्थिक वर्षका...

मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक

काठमाडौँ — जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक्ड भएको छ । यसअघि निर्वाचन आयोग र सुदूरपश्चिम सरकारको वेबसाइट ह्याक गरेको ‘क्याप्टेनस्मोकर’ ह्याकिङ समूहले नै महाशाखाको वेबसाइट नियन्त्रणमा लिएको छ ।    आइतबारसम्म खुलिरहेको महाशाखाको वेबसाइट सोमबार बिहानै ह्याक्ड भएको थाहा पाएको जल तथा मौसम विभागका सूचना अधिकारी दिनकर कायस्थले...