धरौटीमा रिहा भइपछि रवि लामिछानेको प्रतिक्रिया: “यो देशमा न्याय मरेको छैन”

धरौटीमा रिहा भइपछि रवि लामिछानेको प्रतिक्रिया: “यो देशमा न्याय मरेको छैन”
काठमाडौँ — रास्वपा सभापति रवि लामिछानेले नेपालमा न्याय प्रक्रियामा कुनै पनि अनियमितता नभएको बताएका छन्। सहकारी ठगीको आरोपमा काठमाडौँ जिल्ला अदालतबाट बुधबार धरौटीमा रिहा भएका लामिछानेले न्याय प्रक्रिया पूरा हुनेमा विश्वास व्यक्त गरेका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।...

इन्धनको मूल्य वृद्धि:पेट्रोलमा २ रुपैयाँ र डिजेल/मट्टितेलमा ३/३ रुपैयाँको वृद्धि

इन्धनको मूल्य वृद्धि:पेट्रोलमा २ रुपैयाँ र डिजेल/मट्टितेलमा ३/३ रुपैयाँको वृद्धि
काठमाडौँ — नेपाल आयल निगमले इन्धनको मूल्यमा वृद्धि गरेको छ। भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीको आधारमा, पेट्रोलमा २ रुपैयाँ र डिजेल/मट्टितेलमा ३/३ रुपैयाँको वृद्धि गरिएको हो। अब नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रति लिटर १ सय ६५ रुपैयाँ पुग्ने छ, जबकि डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १५६ रुपैयाँ हुनेछ।...

२७ औं भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमहरू गर्दै मनाइयो

२७ औं भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमहरू गर्दै मनाइयो
माघ २, २०८१ | काठमाडौं नेपालमा हरेक वर्षको माघ २ गतेलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाउने परम्परा रहेको छ। यस वर्ष पनि २७ औं भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै मनाइयो। विसं १९९० मा गएको विनाशकारी भूकम्पको सम्झनामा यो दिवस मनाइन्छ। उक्त भूकम्पको परकम्प ८ दशमलव ४ म्याग्नीच्युडको थियो, जसका...

चिनियाँ विदेशमन्त्री वाङ यीको प्रतिबद्धता– पोखरा विमानस्थल सञ्चालनमा सघाउँछौँ

चिनियाँ विदेशमन्त्री वाङ यीको प्रतिबद्धता– पोखरा विमानस्थल सञ्चालनमा सघाउँछौँ
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले चीनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको बताएकी छन् । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबारको बैठकमा उनले यस्तो खुलासा गरेकी हुन् । “केही दिनअघि मैले चीन भ्रमण गर्दा चीनका विदेशमन्त्री वाङ यीले मलाई भन्नुभयो– तपाईंहरूलाई पोखरा विमानस्थल सञ्चालन गर्न हामी...

भारतीय विद्यार्थीको अग्रता पुष्पसदन बुद्धिचालमा

भारतीय विद्यार्थीको अग्रता पुष्पसदन बुद्धिचालमा
पुष्पसदन सेकेन्डरी बोर्डिङको आयोजनामा जारी अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिताको दोस्रो दिन पाँच चरणका खेल सम्पन्न भएका छन्। नेपाल तथा भारत सिक्किमका विद्यार्थी सम्मिलित प्रतियोगितामा यू–११, यू–१३ र यू–१५ उमेर समूहका विद्यार्थीबिच चलिरहेको प्रतिस्पर्धामा भारतीय विद्यार्थीको अग्रता रहेको छ।   काठमाडौंको कीर्तिपुरस्थित पुष्पसदन विद्यालय प्रांगणमा छात्रातर्फ यू १५ समूहअन्तर्गत सिक्किम चेस एसोसियसन, भारतबाट प्रतिस्पर्धा गरिरहेका आभानिस प्रधानले...

भिल्लारियललाई हराएर सोसिडाड सातौंमा

भिल्लारियललाई हराएर सोसिडाड सातौंमा
काठमाडौँ — स्पेनी ला लिगामा रियल सोसिडाडले सोमबार भिल्लारियललाई १–० ले हराएको छ । जितसँगै सोसिडाड २८ अंकमा सातौं स्थानमा उक्लेको छ र अर्को सिजन युरोपमा खेल्ने सम्भावना कायम राख्न सफल रह्यो । भिल्लारियल भने ३० अंकमै सीमित रहेर पाँचौं स्थानमा रह्यो । आफ्नो घरेलु मैदान रियल रेनामा प्राप्त सोसिडाडको जितमा जापानी खेलाडी ताकेफुसा...

समस्याग्रस्त सहकारीबाट बचत फिर्ता गर्ने प्रतिबद्धता :मन्त्री श्रेष्ठ

समस्याग्रस्त सहकारीबाट बचत फिर्ता गर्ने प्रतिबद्धता :मन्त्री श्रेष्ठ
बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठले प्रदेशभरिका सहकारी समस्याहरू समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले समस्याग्रस्त सहकारीका व्यवस्थापक र पदाधिकारीसँग छलफल गर्दै बचतकर्ताहरूको बचत फिर्ता गर्न निर्देशन दिएका छन्। मन्त्री श्रेष्ठले तीन सहकारीलाई समस्याग्रस्त घोषणा गर्दै थप आठ सहकारीलाई बचत फिर्ताको व्यवस्था गर्न भनेका छन्। समयसीमा...

नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवा सिफारिस 

नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवा सिफारिस 
काठमाडौँ — गृह मन्त्रालयअन्तर्गत बढुवा समितिले प्रहरी उपरीक्षक(एसपी) पदबाट २५ जना  प्रहरी उपरीक्षकहरुलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरेको छ । नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फका उनीहरुलाई  पुस २९ गते बसेको बैठकले सोही समूहतर्फ बढुवाका लागि सिफारीस गरेको हो ।  जसअनुसार नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय...

विपिन जोशीको रिहाइको पहलका लागि कतारी विदेशराज्यमन्त्रीलाई परराष्ट्रमन्त्रीको फोन

विपिन जोशीको रिहाइको पहलका लागि कतारी विदेशराज्यमन्त्रीलाई परराष्ट्रमन्त्रीको फोन
काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि कतारसँग अपिल गरेकी छिन् । परराष्ट्रमन्त्री राणाले मंगलबार बिहान कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुल अजिज अल‐खुलाइफीसँग फोनवार्ता गरेकी हुन् । मन्त्री खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार एवं मध्यस्थकर्तासमेत हुन् । खुलाइफीसँगको कुराकानीमा राणाले हमासले आफ्नो नियन्त्रणमा...

३ सय उत्तर कोरियाली सैनिक मारिए युक्रेन युद्धमा

सोल — युक्रेनविरूद्धको युद्धमा थप ३ सय उत्तर कोरियाली सैनिकहरूले ज्यान गुमाएका छन् । दक्षिण कोरियाली अधिकारीहरूका अनुसार २ हजार ७ सय सैनिक घाइते भएका छन् । दक्षिण कोरियाको गुप्तचर निकायका अनुसार युक्रेनविरूद्धको युद्धमा सघाउनका लागि उत्तर कोरियाले १० हजार सैनिक रूस पठाएको जनाएको छ । ती सैनिकहरू उत्तर कोरियाली नेता किम जोङ उनले...