मोटरसाइकल दुर्घटनामा काँग्रेस जिल्ला सदस्य पौडेलको मृत्यु

काठमाडौं । तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य बालकृष्ण पौडेलको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ स्थित नर्सरीमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा परेर ५२ वर्षीय पौडेलको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । पोखराबाट बेलचौतारातर्फ जाँदै गरेको ग १३ प ५०६२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको इलाका...

जापानले निष्काशन गर्‍यो दुई नेपाली

काठमाडौं : जापानको अध्यागमनले दुई जना नेपालीलाई निष्कासन गरेको छ। जापानको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा निष्कासनमा पर्नेमा पुन र भुजेल रहेको स्रोतले बताएको छ। उनीहरू गत साता काठमाडौं आइपुगेको स्रोतको भनाइ छ। अमेरिकामा मात्र नभई जापान, दक्षिण कोरिया, स्पेन, जर्मनी, ब्राजिल, मलेसिया, दुवई लगायतका मुलुकहरुले गैरकानुनी रूपमा आएका आप्रवासीलाई निष्कासन...

पूर्वराजा ज्ञानेन्द्र शाह चार्टर्ड विमानमार्फत काठमाडौं फर्किने

पूर्वराजा ज्ञानेन्द्र शाह समिट एअरको चार्टर्ड विमानबाट पोखराको पुरानो विमानस्थल हुँदै उनी काठमाडौं उत्रने छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी जसोदा रेग्मीले यो जानकारी दिइन। पूर्वराजा शाह भैरहवाबाट पोखरा चार्टर्ड विमानमार्फत गएका थिए। उनको काठमाडौं आगमन दिउँसो साढे २ बजे तय गरिएको छ। उनलाई स्वागत गर्न राजावादीहरूको आउनु अपेक्षित भएकाले त्रिभुवन विमानस्थलको...

रवि लामिछाने दोस्रो तारिखका लागि आइतबार कास्की जिल्ला अदालतमा उपस्थित हुने

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति र पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने आइतबार कास्की जिल्ला अदालतमा दोस्रो तारिखका लागि उपस्थित हुने भएका छन्। उनी काठमाडौँबाट श्रीमती निकिता पौडेलसहित पोखरा गएका छन्। आज कास्की जिल्ला अदालतमा उपस्थित भइ सोमबार उनी रुपन्देही जिल्ला अदालतमा पनि तारिखका लागि उपस्थित हुने छन्। सूर्यदर्शन सहकारीको ठगीको...

दिपक मनाङेलाई बाँकी सजायको २० प्रतिशत छुट दिने आदेश

राजिब गुरूङ, जसलाई ‘दिपक मनाङे’ भनेर चिनिन्छ, अब २० प्रतिशत सजाय छुट पाउने भएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले शुक्रबार दिपक मनाङेलाई बाँकी सजायको २० प्रतिशत छुट दिन आदेश दिएका छन्। मनाङेले मुलुकी ऐन, दण्ड सजायको धारा ४१ (क) अनुसार २० प्रतिशत छुटको लागि निवेदन दिएका थिए। उनले फागुन १२...

मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह: तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको उपस्थितिमा मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा शुक्रबार तीन हजार आठ सय ४१ विद्यार्थीहरू दीक्षित भएका छन्। वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित उक्त समारोहमा विद्यार्थीहरूको दीक्षा प्रदान गरिएको हो। यस अवसरमा विज्ञान र प्रविधि, व्यवस्थापन, इञ्जिनियरिङ, कानुन, शिक्षाशास्त्र, मानविकी र सामाजिकशास्त्रका सबै संकाय र स्कूलका विद्यार्थीहरूलाई...

स्पेसएक्सको रकेट विस्फोट, मंगल ग्रहको मिसनमा दोस्रो असफलता

काठमाडौँ। अमेरिकी अन्तरिक्ष एजेन्सी 'स्पेसएक्स'को रकेट बिहीबार प्रक्षेपण गरिएको केही समयमै विस्फोट भएको छ। अमेरिकाको टेक्सासबाट प्रक्षेपण गरिएको स्टारसिप रकेट विस्फोट भएको हो, जुन मंगल ग्रहमा अन्तरिक्षयान पठाउने मिसनमा स्पेसएक्सको दोस्रो असफलता हो। अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सले अहिलेसम्मको सबैभन्दा शक्तिशाली प्रक्षेपण प्रणाली, स्टारसिप तयार पारेको थियो। यसको माथिल्लो भाग...

श्रम मन्त्रालय घूस संकलन गर्ने अड्डा बन्यो : पूर्वमन्त्री अर्याल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय घूस संकलन गर्ने अड्डा बनेको आरोप लगाएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वश्रममन्त्रीसमेत रहेका अर्यालले मन्त्रालय अन्तर्गतको ताहाचल श्रम कार्यालयमा प्रतिदिन ७५ लाख घूस संकलन हुने गरेको दाबी गरेका हुन्। ‘हामीसँग श्रम मन्त्रालय छ, मन्त्रालयको उद्देश्य र काम...

मन्त्रीको विदेश भ्रमणमा कडाई

सरकारले एउटै मन्त्रालयका मन्त्री र सचिवलाई एकैपटक विदेश भ्रमणमा जान अनुमति नदिने निर्णय गरेको छ। यो निर्णय बुधबारको मन्त्रिपरिषद्को बैठकमा गरिएको हो। मन्त्री र सचिव दुवै एकैपटक विदेश गएका खण्डमा मन्त्रालयका कामकाज प्रभावित हुन सक्ने हुँदा यस्तो निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी...

आप्रवासीप्रति अझै कडा हुने ट्रम्पको घोषणा

अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले मंगलवार कंग्रेसमा सम्बोधन गरेका छन्। यो राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालको ४४औं दिनमा पहिलोपटक संयुक्त बैठकलाई सम्बोधन गर्ने अवसर थियो। सो सम्बोधनमा राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकारी आदेशहरूको महत्त्व र प्रशासनले गरेका कार्यहरूको प्रशंसा गरे। उनले लगभग १ घण्टा ४० मिनेटको सम्बोधनमा पूर्व राष्ट्रपति जोसेफ आर...