पहिरोले सिन्धुपाल्चोकमा दुई गाउँ बगे, तीन जनाको शव भेटियो, कम्तीमा १७ बेपत्ता

सिन्धुपाल्चोक — बाह्रबीसे नगरपालिका–७ घुम्थाङमा शनिबार राति पहिरो जाँदा दुई गाउँका १७ घर बगेका छन् । स्थानीय फड्के खेतबाट खसेको पहिरोले नागपुजेमा सात र भिरखर्कमा १० घर पुरिएका हुन् । नागपुजेमा तीन घर क्षतिग्रस्त छन् । पहिरो गएको स्थानमा खोजी गर्दा नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको विक टोलकी २३ वर्षीया...

असोज १ बाट लामो दूरीका सवारीसाधन सञ्चालन गर्ने व्यबसायीकाे दावी

काठमाडौँ, भदौ २५ गते । नेपाल राष्ट्र बैङ्कले जारी गरेको चालू आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीतिमा यातायात क्षेत्रलाई कोरोनाका कारण भएको बन्दाबन्दीलगायतका कारण अति प्रभावितको वर्गमा राखे पनि कार्यविधिमा भने मध्यम प्रभावित भनिएपछि यातायात व्यवसायीले त्यसको विरोध गरेका छन् । उनीहरूले सार्वजनिक यातायात क्षेत्रलाई अति प्रभावितमा नै राख्न माग गरेका...

कोरोना कहर : हवाई क्षेत्रले १६ अर्ब बढी गुमायो

काठमाडौँ, भदौ २३ गते । कोभिड–१९ महामारीका कारण आन्तरिक उडानमा रहेका निजी क्षेत्रका वायुसेवा कम्पनीले रु १६ अर्बभन्दा बढी आर्थिक नोक्सानी बेहोर्नु परेको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी र जारी निषेधाज्ञाको अवधिमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा ती कम्पनीले ठूलो आर्थिक नोक्सानी बेहोरेका हुन् । महामारी...

के संविधानले वामदेव गौतमलाई मन्त्री बन्न रोक्छ, संविधानमा के व्यवस्था छ?

धारा ७६ को उपधारा ९: राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्का सदस्यमध्येबाट समावेशी सिद्धान्त बमोजिम प्रधानमन्त्री सहित बढीमा पच्चीस जना मन्त्री रहेको मन्त्रिपरिषद गठन गर्नेछ।धारा ७८ को उपधारा १: धारा ७६ को उपधारा ९ मा जुनसुकै कुरा लेखिएको भए तापनि राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा...

वृद्धको टाउको छिनालेर झोलामा हाली प्रहरीसामु आत्मसमर्पण

१९ भदौ । धादिङको नीलकण्ठ नगरपालिका ३ खल्चेतमा एक वृद्धको खुर्पाले हानेर बिहीबार राती हत्या भएको छ । नीलकण्ठ १३ स्थित खल्चेतका २३ वर्षीय राजु परियारले सोही ठाउँका ६४ वर्षीय सोमबहादुर गुरुङको खुर्पाले हानेर हत्या गरेका हुन् । हत्यापछि मृतकको टाउको झोलामा हाली राजुले डेढ घण्टा...

बागलुङमा बाढीपहिरो : १४ शव भेटिए, चार जनाको सनाखत

१९ भदौ । बागलुङको पश्चिमी क्षेत्र ढोरपाटनमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १४ पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएकामध्ये चार शवको सनाखत भएको छ । सनाखत हुनेमा ढोरपाटन–९ की २६ वर्षकी केशमाया...

कोरोना महामारीमा पनि आर्थिक सूचक राम्रो

कोरोना महामारीमा पनि आर्थिक सूचक राम्रो
काठमाडौंँ, भदौ ९ गते । गत आर्थिक वर्ष २०७६÷७७ को अन्तिम चार महिनामा आर्थिक गतिविधि ठप्प रहँदा पनि वार्षिक आर्थिक अवस्थामा ठूूलो प्रतिकूल प्रभाव परेको देखिएको छैन ।नेपाल राष्ट्र बैङ्कले जारी गरेको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका सूचक अनुसार गत वर्षको आर्थिक तथा...

सबै ग्राहकलाई नयाँ प्रोटोकोल आईपी भी सिक्समा लैजाँदै वर्ल्डलिंक

यसै आर्थिक वर्षको अन्त्यसम्म वर्ल्डलिंकले आफ्ना सबै ग्राहकलाई आईपीभी सिक्समा लैजाने भएको छ । ग्राहकमाझ गुणस्तरीय इन्टरनेट सेवा पुर्‍याउने उद्देश्यका साथ कम्पनीले आफ्नो योजना सार्वजनिक गरेको हो ।  एकअर्कासँग सम्पर्क स्थापित गर्न इन्टरनेटमा जोडिएका हरेक उपकरणलाई एउटा आईपी एड्रेस आवश्यक हुन्छ । यो एउटा यस्तो संख्या हो, जसलाई इन्टरनेट प्रोटोकल (आईपी) एड्रेस...

मनसुनको दुई महिनाः विपद्मा परी २३१ को मृत्यु, ७७ बेपत्ता

काठमाडौँ, साउन ३२ गते । मनसुन सक्रिय भएपछिको दुई महिना मुलुकका लागि ठूलै जोखिमपूर्ण बन्यो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को मार खेपिरहँदा यस वर्ष मनसुनजन्य विपद्बाट ठूलो जनधनको क्षति भएको छ । सबैभन्दा बढी पहिराले क्षति पुर्याएको छ । अनुमान नै नगरिएका स्थानमा अपत्यारिलो पहिरो खस्दा सयौँ नागरिकले अकालमै...

जोखिमको बेवास्ताले ठूलो क्षति

जुगल गाउँपालिका-२ गोल्चे लिदीको बस्ती पहिरोको चपेटामा पर्न सक्ने जोखिम स्थानीयले त औंल्याएकै थिए, त्यसप्रति सरकारी निकाय पनि बेखबर थिएन। स्थानीयले बस्ती असुरक्षित भएको भन्दै अन्यत्र स्थानान्तरण गरिदिन पटक-पटक ध्यानाकर्षण गराए। तर, न सरकारले बस्ती सार्‍यो न त स्थानीय आफैं सरे। शुक्रबार बिहान बस्ती माथिबाट आएको पहिरोले ३७ घर पुरिंदा...