प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित, सरकार भन्सार सुधारमा गम्भीर

काठमाडौं, वैशाख १७ — प्रतिनिधिसभाले भन्सार विधेयक २०८१ पारित गरेको छ। मंगलबार बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पेस गरेको विधेयक बहुमतले पारित गरिएको हो। विधेयक माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पौडेलले भन्सार विन्दुहरूमा देखिएको बेथिति हटाउँदै राजस्व चुहावट रोक्न सरकार गम्भीर रहेको बताए। उनले राजस्व प्रशासनलाई प्रभावकारी...

नेप्से र कारोबार दुवै घट्यो

काठमाडौं, वैशाख १७ — साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। अघिल्लो दिन सोमबार १४ अंकले घटेको नेप्से परिसूचक आज थप १५.०८ अंकले घटेर २,६३१.९८ विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स पनि ०.४३ प्रतिशतले घट्दै ४४३.५४ विन्दुमा पुगेको छ। बजार घटेसँगै कारोबार रकम पनि घटेको देखिएको छ।...

नयाँ बानेश्वरमा प्रहरीसँगको झडपमा ६३ शिक्षक घाइते

काठमाडौँ — राजधानीको नयाँ बानेश्वर क्षेत्रमा आइतबार आन्दोलनरत शिक्षकहरू र सुरक्षाकर्मीबीच भएको झडपमा परी ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका छन्। शैक्षिक सुधारको माग गर्दै प्रदर्शनमा उत्रिएका शिक्षकहरूमाथि प्रहरीले लाठी प्रहार र पानीको फोहोरा प्रयोग गरेपछि झडपको स्थिति उत्पन्न भएको हो। घाइतेहरूको त्रिवि शिक्षण अस्पताल अन्तर्गतको ट्रमा सेन्टर, सिभिल अस्पताल,...

सहकारी ठगी प्रकरणमा फरार कांग्रेस सांसद माया राई पक्राउ

काठमाडौँ — बहुचर्चित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा फरार रहिएकी नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन्। शनिबार साँझ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौँको कपनस्थित निवासबाट पक्राउ गरेको हो। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा बुझाइएको छ। कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीमा भएको अर्बौं रुपैयाँको हिनामिनामा...

यो सरकार नढलोस्, गठबन्धन अझै लामो जाओस् : सांसद झा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले वर्तमान सरकार ढल्न नहुने बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्दैन भन्ने गरेको भन्दै गठबन्धन सरकार लामो जाओस् भनेर कटाक्ष गरेका हुन्। ‘प्रधानमन्त्रीज्यूबाट यो सरकार ढल्दैन ढल्दैन भनेको अभिव्यक्ति सुनिरहेका छौँ। प्रतिपक्षको बेन्चबाट भन्न चाहन्छौँ– यो...

रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीको माग

काठमाडौँ — काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र र 'संयुक्त जनआन्दोलन समिति' का अगुवा दुर्गा प्रसाईंसहित अन्य केही व्यक्तिहरूलाई थप म्यादको लागि अदालतमा पेश गरिएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी अपिलराज बोहराका अनुसार आइतबार मिश्र, प्रसाईंलगायतलाई अदालतमा उपस्थित गराई थप...

प्रधानमन्त्रीको शिक्षकहरूलाई आग्रह : “वार्तामा बसौं, विद्यार्थीको भविष्य नबिगारौं

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूलाई तत्काल वार्तामा सहभागी भई विद्यालय फर्कन आग्रह गरेका छन्। उनले राज्यले सम्भव हुने मागहरू सम्बोधन गर्न तयार रहेको भन्दै विद्यार्थीको पठनपाठनमा असर नपार्न शिक्षकहरूलाई आग्रह गरे। कीर्तिपुरमा आयोजित नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११औँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री ओलीले सरकारले दमन होइन, संवादलाई...

नेप्से ७.७५ अंकले घट्यो, कारोबार रकममा वृद्धि

काठमाडौँ । देशको सेयर बजार परिसूचक नेप्से सोमबार ७.७५ अंकले घटेको छ। अघिल्लो दिनको तुलनामा ०.२८ प्रतिशतले घट्दै नेप्से २,६९८.२८ विन्दुमा झरेको हो। आइतबार नेप्से १६.६८ अंकले घटेर २,७०६.०४ विन्दुमा बन्द भएको थियो। सोमबारको कारोबारमा कुल ११२ कम्पनीका सेयर मूल्य बढेका छन् भने १३३ कम्पनीका घटेका छन्। एक कम्पनीको सेयर मूल्य...

दोहोरो सुविधा लिन नपाइने व्यवस्थामा अब समस्या छैन : सांसद बडू

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारी कर्मचारीले दोहोरो सुविधा लिन नपाउने गरी कानुनी व्यवस्था भइसकेको स्पष्ट पारेका छन्। सोमबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद बडूले हालसम्म केही कर्मचारीले निवृत्तिभरणपछि पेन्सन र पुनः सरकारी नियुक्तिमा पाउने सुविधा दुबै लिँदै आएको विषयमा कानुनमा स्पष्ट व्यवस्था नभएका...

धनकुटाको महालक्ष्मी नगरपालिकामा सञ्चालनमा रहेका सबै निजी विद्यालय हालका लागि बन्द

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा सञ्चालनमा रहेका सबै निजी विद्यालय हालका लागि बन्द गरिएका छन्। नगर क्षेत्रभित्र सार्वजनिक विद्यालयको गुणस्तर सुधारका लागि अभिभावक र सरोकारवाला पक्षको सहमतिमा यो निर्णय गरिएको हो। नगरपालिकाले सामुदायिक विद्यालयहरूको शैक्षिक सुधार कार्यक्रम अघि बढाइरहेको समयमा बाहिरी पालिकाका बोर्डिङ विद्यालयहरूले यहाँका विद्यार्थीलाई आफूतिर तान्ने प्रयास गरिरहेको गुनासो...