देशको व्यापार घाटा १२ खर्ब ५६ अर्ब नाघ्यो, १० महिनामा आयात निर्यात दुबैमा वृद्धि

काठमाडौं — चालु आर्थिक वर्षको १० महिनामा (साउनदेखि वैशाख मसान्तसम्म) नेपालको कुल वैदेशिक व्यापार १६ खर्ब ९२ अर्ब ९ करोड रुपैयाँ पुगेको छ। भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार, यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.३७ प्रतिशतले वृद्धि हो। गत वर्ष यस अवधिमा १४ खर्ब २९ अर्ब ५३ करोड रुपैयाँ बराबरको...

पोखरामा भूकम्पको धक्का

पोखरामा भूकम्पको धक्का
काठमाडौं : पोखरामा भूकम्पको धक्का महसुस गरिएको छ। आज दिउँसो १ बजेर ५९ मिनेटमा ४.७ म्याग्नेच्युडको भूकम्प गएको हो। कास्की जिल्लाको सिनुवा क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ। हालसम्म मानवीय वा भौतिक क्षतिको औपचारिक विवरण आएको छैन। यद्यपि, स्थानीय बासिन्दाले भूकम्पको कम्पन स्पष्ट रूपमा महसुस गरेको...

विश्वनाथ पौडेललाई गभर्नर बनाउने सहमति भएको हो?

काठमाडौं, । नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेललाई नियुक्त गर्ने सहमति जुटेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मंगलबार बिहान भएको छलफलमा पौडेलको नाममा सहमति कायम भएको स्रोतले जानकारी दिएको छ तर औपचारिक रूपमा घोषणा गरिएको छैन। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षसमेत रहेका प्रा.डा. पौडेल यसअघि...

पर्सामा भारी मात्रामा लागुऔषध बरामद, ट्रमाडोलको ८१ हजार बढी ट्याब्लेट फेला

वीरगन्ज । सशस्त्र प्रहरी बलले पर्साको वीरगन्ज–छपकैया क्षेत्रस्थित भकुवा नाकाबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्रबहादुर सिंहको कमान्डमा खटिएको टोलीले मंगलबार बिहान भकुवा नाकाबाट लागुऔषध बरामद गरेको हो। भारतबाट अवैध रूपमा दुई जना व्यक्तिले टाउकोमा बोकेर नेपालतर्फ...

दार्चुलामा चट्याङ लागेर दुई जना घाइते

दार्चुलामा चट्याङ लागेर दुई जना घाइते
दार्चुला, जेठ ६ । दार्चुलामा चट्याङ लागेर दुई जना व्यक्ति घाइते भएका छन् भने एक गाई र एक खसीको ज्यान गएको छ। सोमबार साँझ महाकाली नगरपालिका–६, निसिलमा चट्याङ परेर अठार वर्षीय जनकसिंह धामी र छ वर्षीय दिवान्स धामी घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। प्रहरी चौकी धापका प्रहरी सहायक...

त्रिभुवन विमानस्थलमा २५ ग्राम सुनसहित एक जना यात्रु पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २५ ग्राम सुनसहित एक जना नेपाली यात्रु पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति पोखरा महानगरपालिका–११, राधाकृष्णटोल निवासी ४८ वर्षीय दिपक केसी हुन्। प्रहरीका अनुसार, दिपक केसी सोमबार बिहान हिमालय एयरलाइन्सको उडानमार्फत दुबईबाट काठमाडौं आएका थिए। विमानस्थलमा सुरक्षा जाँचका क्रममा उनको साथमा रहेको सुनको सिक्री फेला परेपछि...

रवि लामिछाने र छविलाल जोशीले दायर गरेको रिट निवेदन सोमबार पनि सुनुवाइ हुन सकेन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीले दायर गरेको रिट निवेदनमा सोमबार पनि सुनुवाइ हुन सकेन । लगातार दोस्रो दिन पनि मुद्दा हेर्न नमिल्ने (बञ्च) इजलासमा परेको हो । आइतबार न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा मुद्दा परे पनि न्यायाधीश पोखरेलले लामिछाने पक्षबाट अघिपछि वकालत...

मधेश प्रदेशका पूर्व मन्त्रीसहित आठ जनाविरुद्ध ३० करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं । मधेश प्रदेश सरकारका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवसहित आठ जनाविरुद्ध करिब ३० करोड रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सर्लाहीस्थित बागमती नगरपालिकाको सागरनाथ वन विकास परियोजना अन्तर्गतको वन क्षेत्रमा अवैध उत्खनन गरी खाल्डोमा माछापोखरी निर्माणको नाममा सरकारी रकम दुरुपयोग गरिएको...

दमकल ढिलाइको गुनासोपछि मखन आगलागी छानबिन गर्न उपप्रमुख डंगोलको आदेश

काठमाडौं । काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले मखन टोलमा वैशाख ३१ गते राति भएको भीषण आगलागीको घटनाबारे प्रभावकारी छानबिन गर्न निर्देशन दिएकी छिन्। उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई छानबिन समिति गठन गरी १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएकी हुन्। उपप्रमुख डंगोलले आगलागी स्थलको अनुगमनपछि घटनाको पूर्ण अध्ययन, दोष र कमजोरीको...

जनमत पार्टीका निलम्बित कोषाध्यक्ष यादवलाई पाँच लाख धरौटीमा रिहा गर्ने आदेश

काठमाडौं । ललितपुर जिल्ला अदालतले जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतका न्यायाधीश टेकराज जोशीको इजलासले उक्त आदेश दिएको हो। यादवलाई प्रहरीले २०७९ साल वैशाख ७ गते सप्तरीबाट ठगी अभियोगमा पक्राउ गरेको थियो। जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार धरौटी...