नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौं ।नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। अधिवक्ताहरू अनन्त लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार गभर्नर नियुक्तिमा प्रक्रिया र योग्यता सम्बन्धी गम्भीर प्रश्न उठाउँदै रिट दर्ता गराएका हुन्। रिटमा गभर्नर चयन प्रक्रिया पूर्व निर्धारित जस्तो देखिएको आरोप लगाउँदै, पौडेललाई पहिले नै...

दिल्लीमा पाकिस्तानी गुप्तचर सञ्जालसँग जोडिएको आरोपमा एक नेपाली पक्राउ

काठमाडौं ।भारतको राजधानी दिल्लीमा पाकिस्तानी गुप्तचर संस्था 'आईएसआई' सँग संलग्न रहेको आरोपमा एक नेपाली नागरिक पक्राउ परेका छन्। दिल्ली प्रहरीले सञ्चालन गरेको गोप्य अपरेशन अन्तर्गत दुई जनालाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यम एनडिटिभीले जनाएको छ। दिल्ली प्रहरीका अनुसार, पक्राउ परेका मध्ये एक व्यक्ति अन्सरूल मियाँ अन्सारी नेपाली नागरिक हुन्। उनीसहित अर्का एक...

सेयर बजार १९ अंकले उकालो, बैंकिङ समूहमा उत्साह

काठमाडौँ । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा हरियाली छाएको छ। नेप्से परिसूचक १९.१४ अंकले वृद्धि भई २,६८८.९१ मा पुगेको छ। आजको दिन ९ अर्ब ८२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ। बजारमा आज १०४ कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएको छ भने १४२ कम्पनीको...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने चारजना काठमाडौंबाट पक्राउ

काठमाडौं । विदेशमा रोजगारी दिलाइदिने बहानामा लाखौं रुपैयाँ ठगी गरेको आरोपमा चार जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले पीडितको उजुरीको आधारमा उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका–४ बसोबास गर्दै आएका तनहुँ भानु नगरपालिका–८ का ४३ वर्षीय विकास गुरुङ,...

सुन र चाँदी दुबैको मूल्यमा उल्लेखनीय वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुबैको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढेर १ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर २ हजार २५ रुपैयाँ...

नेपाल पर्यटन बोर्डको संरचना परिवर्तन हुँदै, सञ्चालक समिति र नियुक्तिमा कडा मापदण्ड प्रस्ताव

काठमाडौं — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्डको सञ्चालन संरचना पुनर्संरचना गर्नका लागि नेपाल पर्यटन बोर्ड ऐन, २०५३ संशोधनको मस्यौदा तयार पारेको छ। प्रस्तावित विधेयकमा सञ्चालक समिति सदस्यको योग्यता, अनुभव, उमेर हद लगायत नयाँ प्रावधान समेटिएका छन्। मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै सर्वसाधारणसँग मस्यौदाबारे राय सुझाव मागेको छ। निजी...

नेपालले भारतमा दैनिक २०० मेगावाटसम्म विद्युत निर्यात गर्न थालेको प्राधिकरणको जानकारी

काठमाडौं — खोलानाला तथा जलस्रोतमा पानीको बहाव बढेसँगै नेपाल विद्युत प्राधिकरणले भारतमा विद्युत निर्यात गर्न थालेको छ। प्राधिकरणका अनुसार गत शनिबारदेखि भारततर्फ विद्युत निर्यात औपचारिक रूपमा सुरु गरिएको हो। प्राधिकरणका प्रवक्ता राजाभाइ सिल्पकारले हाल दैनिक १५० देखि २०० मेगावाटसम्म विद्युत भारत निर्यात भइरहेको जानकारी दिएका छन्। उनका अनुसार रातको समयमा देशभित्र...

चितवनमा पौडी पोखरीमा मृत्यु भएको घटनामा आठ जना युवाहरु प्रहरी नियन्त्रणमा

चितवन — भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतोको पौडी पोखरीमा डुबेर मृत्यु भएको घटनामा संलग्न भनिएका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, मंगलबार राति इच्छाकामना गाउँपालिका–७, दाहाखानीस्थित ‘दाहाखानी भ्यू रिसोर्ट’को पौडी पोखरीमा महतो डुबेको अवस्थामा फेला परेका थिए। उक्त रिसोर्टमा आफ्ना साथीसँग पौडी खेल्न गएका महतोको...

देशको व्यापार घाटा १२ खर्ब ५६ अर्ब नाघ्यो, १० महिनामा आयात निर्यात दुबैमा वृद्धि

काठमाडौं — चालु आर्थिक वर्षको १० महिनामा (साउनदेखि वैशाख मसान्तसम्म) नेपालको कुल वैदेशिक व्यापार १६ खर्ब ९२ अर्ब ९ करोड रुपैयाँ पुगेको छ। भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार, यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.३७ प्रतिशतले वृद्धि हो। गत वर्ष यस अवधिमा १४ खर्ब २९ अर्ब ५३ करोड रुपैयाँ बराबरको...

पोखरामा भूकम्पको धक्का

पोखरामा भूकम्पको धक्का
काठमाडौं : पोखरामा भूकम्पको धक्का महसुस गरिएको छ। आज दिउँसो १ बजेर ५९ मिनेटमा ४.७ म्याग्नेच्युडको भूकम्प गएको हो। कास्की जिल्लाको सिनुवा क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ। हालसम्म मानवीय वा भौतिक क्षतिको औपचारिक विवरण आएको छैन। यद्यपि, स्थानीय बासिन्दाले भूकम्पको कम्पन स्पष्ट रूपमा महसुस गरेको...