भीषण वर्षाले उदयपुरका ग्रामीण सडक अवरुद्ध, आवागमन ठप्प

उदयपुर– लगातारको भीषण वर्षाका कारण आएको बाढी र पहिरोले उदयपुर जिल्लाका अधिकांश ग्रामीण सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्। विशेषगरी पहाडी क्षेत्रका मुख्य सडकहरू भत्किएपछि जनजीवन प्रभावित बनेको छ। सदरमुकाम गाईघाटबाट रौता-सल्ले र रौता-भुटारतर्फ जाने सडक पहिरोका कारण अवरुद्ध भएको र स्थानीय विष्णु पाठकले जानकारी दिएका छन्। उनका अनुसार कतिपय स्थानमा...

प्रधानमन्त्रीद्वारा मधेश प्रदेशका ६४ वटै निर्वाचन क्षेत्रका सडक शिलान्यास

महोत्तरी, – प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशका सबै ६४ वटा निर्वाचन क्षेत्रका लागि प्रस्तावित सडक निर्माण योजनाको डिजिटल माध्यमबाट शिलान्यास गरेका छन्। जनकपुरस्थित महेन्द्र नारायण निधि सभाहलमा आइतबार आयोजित एक विशेष समारोहमा प्रधानमन्त्री ओलीले ‘एक निर्वाचन क्षेत्र, एक सडक’ योजनाअन्तर्गत शिलान्यास गरेका हुन्। मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत...

राइड सेयरिङको विरोधमा रहेका यातायात व्यवसायीलाई वार्ताका लागि प्रदेश सरकारको आह्वान

गण्डकी, – गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ सेवाको वैधानिकताविरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरूलाई वार्ताका लागि पुनः आह्वान गरेको छ। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी व्यवसायीहरूको मागका सम्बन्धमा खुला छलफल गर्न वार्ताको पहल गरेको जानकारी दिएको हो। यसअघि बुधबार वार्ताका लागि बोलाउँदा पनि व्यवसायीहरू अनुपस्थित भएका...

मानव अधिकार आयोगलाई एमालेको प्रतिक्रिया: आफ्नो तटस्थता र निष्पक्षता तिर ध्यान दिनू

काठमाडौं । नेकपा (एमाले) ले राष्ट्रिय मानव अधिकार आयोगलाई तटस्थता र निष्पक्षता कायम राख्न सुझाव दिएको छ। एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको अभिव्यक्तिप्रति आयोगले गम्भीर ध्यानाकर्षण जनाएपछि पार्टीको तर्फबाट औपचारिक प्रतिक्रिया आएको हो। प्रधानमन्त्री ओलीले आगामी जेठ १५ गते काठमाडौं ‘कब्जा’ गर्नुपर्ने भन्ने अभिव्यक्तिप्रति आयोगले सार्वजनिक रूपमा आपत्ति...

काठमाडौंमा सुरक्षाकालागि तयारी तीव्र, जिल्ला सुरक्षा समितिको आज साँझ बैठक

काठमाडौंमा सुरक्षाकालागि तयारी तीव्र, जिल्ला सुरक्षा समितिको आज साँझ बैठक
काठमाडौं । जेठ १५ गते काठमाडौंमा राजावादी समूह र नेकपा एमालेले फरक–फरक कार्यक्रम गर्ने भएपछि सुरक्षा रणनीति तय गर्न काठमाडौं जिल्ला सुरक्षा समितिको बैठक आज साँझ ७ बजे बस्ने भएको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीका अनुसार सम्भावित सुरक्षा चुनौतीका विषयमा छलफल गर्न बैठक बोलाइएको हो। राजधानीमा...

बर्दियामा चितुवाको आक्रमणबाट ६ वर्षीया बालिकाको मृत्यु, स्थानीय आन्दोलित

गुलरिया । बर्दिया जिल्लाको गुलरिया नगरपालिका–५, बालापुरमा चितुवाको आक्रमणबाट ६ वर्षीया बालिका सायरा थारुको मृत्यु भएको छ। बुधबार बिहान घरकै शौचालय गएकी बालिकामाथि चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर डमरपालका अनुसार बालिकाको शव गुलरिया स्थित बर्दिया अस्पतालमा राखिएको छ। पछिल्ला केही महिनायता बर्दियामा चितुवा...

स्थानीय बजारमा सुनको मूल्यमा गिरावट, चाँदीको मूल्यमा वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा भने सानो वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले घटेर १ लाख ८९ हजार ३०० रुपैयाँमा कायम भएको छ। त्यसैगरी, चाँदीको मूल्य भने १० रुपैयाँले बढेर प्रतितोला २ हजार ५...

प्रधानमन्त्रीद्वारा धुलिखेल अस्पतालमा ट्रमा एण्ड इमर्जेन्सी सेन्टरको शिलान्यास

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालमा बन्ने "ट्रमा एण्ड इमर्जेन्सी सेन्टर" भवनको शिलान्यास गरेका छन्। जापान सरकारको सहयोगमा निर्माण हुन लागेको यो सेन्टर नेपाल सरकार र जापान अन्तरर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) बीचको समझदारी अनुसार अघि बढाइएको हो। परियोजना अन्तर्गत जापान सरकारले थप ३ अर्ब २ करोड...

लहान क्षेत्रबाट ठूलो मात्रामा आँप बजारमा आइरहेको छ

काठमाडौं । बजारमा साता-दश दिनदेखि विभिन्न जातका आँप आउने क्रम सुरु भएको छ। नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका उपाध्यक्ष माधव चौलागाईंले बताएअनुसार, हाल मुख्य रूपमा लहान क्षेत्रबाट ठूलो मात्रामा आँप बजारमा आइरहेको छ। उनले भने, "आँप आइरहेको छ र एक सातापछि मुख्य सिजन सुरु हुनेछ।" बजारमा अहिले मालदह, दसहरी र बमोई...

सुन–चाँदीको मूल्यमा सामान्य गिरावट, नयाँ बजार दर के छ?

काठमाडौं । आज सुन र चाँदीको मूल्यमा सामान्य कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २०० रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले घटेको छ। यसअनुसार, आज सुनको मूल्य एक तोलामा १ लाख ९० हजार ९०० रुपैयाँ कायम भएको छ। सोमबार सुनको मूल्य ७०० रुपैयाँले घटेर १ लाख...