सुनको मूल्य तोलामा ११ हजार ६ सयले घट्यो

काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा सुन–चाँदीको मूल्य घटेपछि यसको प्रभाव नेपाली बजारमा पनि परेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (कात्तिक ९ गते) स्थानीय बजारमा सुनको मूल्य तोलामा रु २ लाख ४१ हजार ९०० र चाँदीको मूल्य रु ३ हजार १५ कायम भएको छ। तिहारपछि सुनको मूल्यमा तोलामा रु ११ हजार ६ सय...

पक्राउ प्रयासको दाबी अधिवक्ता स्वागत नेपालबाट, साइबर ब्युरोले भन्यो– कुनै कारबाही चलेको छैन

काठमाडौं, – अधिवक्ता स्वागत नेपालले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै आफूलाई साइबर ब्युरोले पक्राउ गर्न खोजेको दाबी गरेका छन्। तर, नेपाल प्रहरीको साइबर ब्युरोले उक्त दाबीको खण्डन गर्दै कुनै पनि औपचारिक प्रक्रिया नचलेको स्पष्ट पारेको छ। नेपालले सोमबार लक्ष्मीपूजाको दिन फेसबुकमा भिडियोमार्फत अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्वमा बनेको...

विपीन जोशीको गृहनगरमा शवयात्रा सुरु, महाकाली नदी किनारमा अन्त्येष्टि हुँदै

विपीन जोशीको गृहनगरमा शवयात्रा सुरु, महाकाली नदी किनारमा अन्त्येष्टि हुँदै
फाइल तस्बिर । कञ्चनपुर, – इजरायलमा हमासको आक्रमणपछि ज्यान गुमाएका कञ्चनपुरका विपीन जोशीको गृहनगरमा मंगलबार बिहान शवयात्रा सुरु गरिएको छ। शवयात्रा कञ्चनपुरको भीमदत्त नगरपालिका हुँदै सुरु गरिएको हो। अन्तिम श्रद्धाञ्जली दिनका लागि स्थानीयवासीसहित नेपालका लागि इजरायली राजदूत पनि शवयात्रामा सहभागी भएका छन्। विपीनको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि महाकाली नदी किनारको भुजेला घाटमा गरिने कार्यक्रम...

तिहारमा माटोले घर लिपौं : खानीखोला गाउँपालिकाको सांस्कृतिक संरक्षण अभियान

काभ्रेपलाञ्चोक । आधुनिक रङरोगनको बढ्दो प्रयोगले हराउँदै गएको मौलिकता जोगाउन काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले यस तिहारमा परम्परागत रूपमा माटोले घर लिपपोत गर्न स्थानीयवासीलाई आग्रह गरेको छ। गाउँपालिकाले सार्वजनिक अपिल जारी गर्दै तिहारका अवसरमा घर तथा आँगनमा कमेरो (सेतो माटो) र रातो माटो प्रयोग गरी लिपपोत गर्न सर्वसाधारण, टोल विकास समिति र विद्यार्थीहरूसमेतलाई...

तिहार नजिकिँदै गर्दा सुनको मूल्य उच्च, कृत्रिम अभाव सुनको

काठमाडौँ । तिहारको पूर्वसन्ध्यामा सुनको मूल्य उच्च बिन्दुमा पुगेको छ भने बजारमा कृत्रिम अभाव देखिएको छ। तिहारमा सुनको माग बढ्ने भएकाले केही व्यवसायीले अभाव देखाएर मनपरी मूल्य लिइरहेका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यका अनुसार, तिहार नजिकिँदै गर्दा सुनको माग अत्यधिक वृद्धि भएको छ। माग उच्च भए पनि...

माछा मार्ने क्रममा खोलामा डुबेर तीन बालिकाको निधन

झापा — झापाको गौरादह नगरपालिका–९, खजुरबारीमा माछा मार्न गएका तीन बालिकाको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा अञ्जु मगरकी ९ वर्षीया छोरी स्वीकृति मगर, ७ वर्षीया सुस्मा मगर र निर्मला परियारकी ११ वर्षीया छोरी रोशनी परियार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। तीनै बालिका एकै गाउँकी हुन् र उनीहरू कृष्ण खोलामा...

सञ्चारमन्त्री खरेल ‘हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा पुरस्कार’बाट सम्मानित

सञ्चारमन्त्री खरेल ‘हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा पुरस्कार’बाट सम्मानित
काठमाडौँ, — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई ‘हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा पुरस्कार’बाट सम्मान गरिएको छ। हरिप्रसाद कल्याणी रिमाल नाट्य प्रतिष्ठानले राष्ट्रिय नाचघर, जमलमा आयोजना गरेको विशेष समारोहमा मन्त्री खरेललाई दोसल्ला, ताम्रपत्र र नगदसहित सम्मान प्रदान गरिएको हो। समारोहमा प्रतिष्ठानका अध्यक्ष प्रा.डा. वासुदेव त्रिपाठीले सम्मान हस्तान्तरण गर्नुभएको थियो। सञ्चारमन्त्री...

सरकारद्वारा ११ देशमा कार्यरत राजदूतहरू फिर्ता बोलाउने निर्णय

सरकारद्वारा ११ देशमा कार्यरत राजदूतहरू फिर्ता बोलाउने निर्णय
काठमाडौं — सरकारले विभिन्न ११ देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार, अघिल्लो प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नियुक्त गरिएका राजदूतहरूलाई कात्तिक २० गतेभित्र फर्कन निर्देशन दिइएको छ। फिर्ता बोलाइने राजदूतहरू चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका...

सञ्चारमन्त्रीको विशेष पहलमा जाजरकोटको अवरुद्ध टेलिफोन सेवा पुनः सञ्चालन

सञ्चारमन्त्रीको विशेष पहलमा जाजरकोटको अवरुद्ध टेलिफोन सेवा पुनः सञ्चालन
काठमाडौँ —सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको विशेष पहलपछि दुई सातादेखि अवरुद्ध अवस्थामा रहेको जाजरकोटको बारेकोटको टेलिफोन सेवा पुनः सञ्चालनमा आएको छ। नेपाल टेलिकमको सेवा अवरुद्ध भएकोबारे मन्त्रालयमा गुनासो पुगेपछि मन्त्री खरेलले तत्काल सम्बन्धित निकायलाई सक्रिय गराउँदै सेवा पुनः सञ्चालन गर्न निर्देशन दिएका थिए। त्यसपछि टेलिकमको प्राविधिक टोलीले मर्मत कार्य सम्पन्न...

सडक डिभिजनका इन्जिनियरसहित चार जनाविरुद्ध दुई करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा

काठमाडौं, —सडक डिभिजन कार्यालय, लहान (सिराहा) का तत्कालीन प्रमुख डिभिजनल इन्जिनियर रविन्द्रलाल दाससहित चार जनाविरुद्ध दुई करोड ३४ लाख ९ हजार ९४५ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत, काठमाडौंमा दायर गरेको आरोपपत्रमा सरकारी योजना अन्तर्गतको सडक ढलान कार्यमा व्यापक अनियमितता र...