शिन्जो आबेको ठाउँमा जापानको प्रधानमन्त्री बनेका योशिहिदे सुगा को हुन्?

बीबीसी, जापानको संसद्ले योशिहिदे सुगालाई देशको प्रधानमन्त्री निर्वाचित गरेको छ। शिन्जो आबेले स्वास्थ्यका कारण पदत्याग गर्ने घोषणा गरेपछि उनको उत्तराधिकारी छान्न संसद्‌मा बुधवार मतदान भएको थियो। यसअघि केही दिनपहिले सुगा सत्तारूढ दलको नेता निर्वाचित भएका थिए। संसद्‌मा भएको मतदानले सुगाको नेतृत्वलाई औपचारिक रूपमा अनुमोदन गरेको हो। उनी आबेको मन्त्रिपरिषद्‌मा मुख्यसचिवका रूपमा दोस्रो वरीयतामा...

२०७३ को लक्ष्मीपूजाको दिन लोडसेडिङ अन्त्य गरी मुलुकलाई उज्यालो बनाउने प्रस्थान विन्दु थियो (कुलमान घिसिङको विदाइ सम्बोधनको पूर्णपाठ)

नेपाल सरकारले  २०७३ साल भदौ २९ गते मलाई ४ वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र मबीच प्राधिकरण सुधारका विभिन्न सूचकांकहरु तयार गरी कार्यसम्पादन सम्झौता भएको थियो । ऊर्जा मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा आर्थिक वर्ष (आव) २०७३/७४...

राष्ट्रपतिबाट सिन्धुपाल्चोकको बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षलाई आग्रह

काठमाडौँ, भदौ २९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुपाल्चोकको भौगोलिक संवेदनशीलता अध्ययन गरी जोखिमयुक्त बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभएको छ ।राष्ट्रपति भण्डारीले भन्नुभएको छ, “२०७२ को भूकम्पबाट देशका विभिन्न भाग थिलथिलो बनेकोमा सिन्धुपाल्चोक लगातार पहिरोको जोखिममा परिरहेको छ, त्यहाँ फेरि पहिरोबाट जनधनको क्षति भएकोमा दुःखी भएको छु...

कोरोना भाइरस इजरेलः चाडपर्वकै बेला देशव्यापी लकडाउन घोषणा, विरोध जनाउँदै एक मन्त्रीले दिए राजीनामा

इजरेलमा हालसम्म कोरोनभाइरसबाट १,१०८ जनाको मृत्यु भएको छ भने १,५३,००० जना सङ्क्रमित भएका छन् कोरोनाभाइरस नियन्त्रणका लागि भन्दै इजरेल सरकारले यहुदी नयाँ वर्षदेखि लागु हुने गरी कडा प्रतिबन्धहरूसहित अर्को लकडाउन गर्ने घोषणा गरेको छ। आउँदो शुक्रवारदेखि शुरू हुने दोस्रो लकडाउन कम्तीमा तीन हप्तासम्म कायम रहनेछ। प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले प्रतिबन्धहरूका कारण "चर्को मूल्य चुकाउनुपर्ने"...

पहिरोले सिन्धुपाल्चोकमा दुई गाउँ बगे, तीन जनाको शव भेटियो, कम्तीमा १७ बेपत्ता

सिन्धुपाल्चोक — बाह्रबीसे नगरपालिका–७ घुम्थाङमा शनिबार राति पहिरो जाँदा दुई गाउँका १७ घर बगेका छन् । स्थानीय फड्के खेतबाट खसेको पहिरोले नागपुजेमा सात र भिरखर्कमा १० घर पुरिएका हुन् । नागपुजेमा तीन घर क्षतिग्रस्त छन् । पहिरो गएको स्थानमा खोजी गर्दा नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको विक टोलकी २३ वर्षीया...

असोज १ बाट लामो दूरीका सवारीसाधन सञ्चालन गर्ने व्यबसायीकाे दावी

काठमाडौँ, भदौ २५ गते । नेपाल राष्ट्र बैङ्कले जारी गरेको चालू आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीतिमा यातायात क्षेत्रलाई कोरोनाका कारण भएको बन्दाबन्दीलगायतका कारण अति प्रभावितको वर्गमा राखे पनि कार्यविधिमा भने मध्यम प्रभावित भनिएपछि यातायात व्यवसायीले त्यसको विरोध गरेका छन् । उनीहरूले सार्वजनिक यातायात क्षेत्रलाई अति प्रभावितमा नै राख्न माग गरेका...

कोरोना कहर : हवाई क्षेत्रले १६ अर्ब बढी गुमायो

काठमाडौँ, भदौ २३ गते । कोभिड–१९ महामारीका कारण आन्तरिक उडानमा रहेका निजी क्षेत्रका वायुसेवा कम्पनीले रु १६ अर्बभन्दा बढी आर्थिक नोक्सानी बेहोर्नु परेको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी र जारी निषेधाज्ञाको अवधिमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा ती कम्पनीले ठूलो आर्थिक नोक्सानी बेहोरेका हुन् । महामारी...

के संविधानले वामदेव गौतमलाई मन्त्री बन्न रोक्छ, संविधानमा के व्यवस्था छ?

धारा ७६ को उपधारा ९: राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्का सदस्यमध्येबाट समावेशी सिद्धान्त बमोजिम प्रधानमन्त्री सहित बढीमा पच्चीस जना मन्त्री रहेको मन्त्रिपरिषद गठन गर्नेछ।धारा ७८ को उपधारा १: धारा ७६ को उपधारा ९ मा जुनसुकै कुरा लेखिएको भए तापनि राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा...

वृद्धको टाउको छिनालेर झोलामा हाली प्रहरीसामु आत्मसमर्पण

१९ भदौ । धादिङको नीलकण्ठ नगरपालिका ३ खल्चेतमा एक वृद्धको खुर्पाले हानेर बिहीबार राती हत्या भएको छ । नीलकण्ठ १३ स्थित खल्चेतका २३ वर्षीय राजु परियारले सोही ठाउँका ६४ वर्षीय सोमबहादुर गुरुङको खुर्पाले हानेर हत्या गरेका हुन् । हत्यापछि मृतकको टाउको झोलामा हाली राजुले डेढ घण्टा...

बागलुङमा बाढीपहिरो : १४ शव भेटिए, चार जनाको सनाखत

१९ भदौ । बागलुङको पश्चिमी क्षेत्र ढोरपाटनमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १४ पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएकामध्ये चार शवको सनाखत भएको छ । सनाखत हुनेमा ढोरपाटन–९ की २६ वर्षकी केशमाया...