ओलीलाई मनाउन हड्ताली वकिल बालकोट जाँदै

करीव डेढ महिनादेखि प्रधानन्यायाधीशको राजीनामा मागेर आन्दोलन गरिरहेका नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसहित हडताली न्यायाधीश समूहका सहयोगी वकिलहरुले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने भएका छन् । बार पदाधिकारीले प्रधान न्यायाधीशविरुद्ध महाअभियोग लगाउन दबाब दिइरहेका छन् । एमालेलाई पनि महाअभियोगमा मनाउन बार नेतृत्वले अध्यक्ष ओलीसँग भेट्न लागेको...

राष्ट्रिय जनगणना– २०७८: लिपुलेक–कालापानीमा पनि गणना हुने

काठमाडौं । ११औं राष्ट्रिय जनगणना २०७८ भोलिदेखि शुरु हुँदैछ । सरकारले लिपुलेक र कालापानी समेटेर प्रशासनिक र राजनीतिक नक्सा जारी गरेपछि कालापानी लिपुलेक क्षेत्रमा पनि जनगणना गरिने भएको छ  । उक्त क्षेत्रमा जनगणनाको लागि भारतसँग कूटनीतिक पहल भइरहेको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए । तथ्याङ विभागले आज गरेको पत्रकार सम्मलेनमा...

कोप–२६ : नेपालकातर्फबाट उच्चस्तरीय र प्रभावकारी सहभागिता हुने

काठमाडौँ, कात्तिक ८ गते । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) यही कात्तिक १४ देखि २६ गतेसम्म संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो सहरमा हुँदैछ ।        सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी हुने तय भएको छ । प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादव,...

देउवा सरकारका १ सय १ दिन : निराशै निराशा

टिप्पणी- मन्त्रिपरिषद्लाई पूर्णता दिनै झण्डै तीन महिना लगाएको कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारका सय दिन व्यर्थै बितेको छ । सर्वाेच्च अदालतको परमादेशबाट एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर बनेको देउवा नेतृत्वको गठबन्धन सरकारले आफ्नो सय दिन देश र जनताको पक्षमा एउटा पनि काम नगरी बिताएको छ । सरकारले...

भरपतुर महानगरपालिका मेयर रेनु दाहालको उद्घोष : महानगरलाई विपद्को सामना गर्न सक्ने बनाउँछौं (मिडिया बहसको भिडियो सामग्री)

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरलाई सबै प्रकारका विपद्को सामना गर्न सक्ने महानगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रम टक अफ द टाउनको मिडिया बहसमा मेयर दाहालले अब कुनै पनि प्रकारको विपद्का लागि पूर्व तयारी तथा तालिम र साधन स्रोतले पनि सम्पन्न बनाउने बताउनु भएको छ । उपप्रमुख पार्वती...

भाषा सिक्ने सबैभन्दा सही उमेर कुन हो र किन?

बेलारुसमा भाषाको कक्षा: नयाँ भाषा सिक्दा बालबालिकालाई भन्दा युवाहरूलाई त्यसको बढी फाइदा हुन्छ बीबीसी- शरद ऋतुको एउटा व्यस्त बिहानी। उत्तरी लन्डनस्थित स्पेनिस नर्सरी। यो एउटा दोभासे नर्सरी स्कुल हो। "यो उमेरमा बालबालिकाहरूले भाषा सिक्दैनन्, उनीहरूले भाषा ग्रहण गर्छन्," स्कुलकी निर्देशक कार्मेन रामप्रेसादले भनिन्। यस विद्यालयका धेरै बालबालिकाका लागि स्पेनिस भाषा तेस्रो वा चौथो...

सातौ संविधान दिवस: मुलुकमा विकास र समृद्धिको नयाँ आधारशीला खडा गरेको छ–केपी ओली

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्ष पूरा गर्नेतर्फ अग्रसर रहन सबैमा आग्रह गरेका छन् । सातौं संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले संविधानको रक्षा गर्दै यसले निर्दिष्ट गरेको दिशामा अघि बढ्न अग्रसर रहन आग्रह गरेका छन् । संविधानले सार्वभौमसत्ता...

संखुवासभा हत्याकाण्ड: कुडो पकाउदै गरेकी पार्वतीलाई भित्तामा ठोकाएर चिर्पटले हानेर मारे ।

काठमाडौं । संखुवासभाको मादी नगरपालिका- १ स्थित उम्लिङमा एकै परिवारका ६ जनाको हत्या गरेका आरोपीलाई घटना भएको ६ दिनमा प्रहरीले मुख्य अभियुक्त सार्वजनिक गर्न सफल भएको छ । गत सोमबार तेजबहादुर कार्कीसहित उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र...

एमसीसीः जबाफ आएपछि पनि सत्तारूढ दलबीच मतभिन्नता कायम, अबको बाटो के?

बीबीसी- अमेरिकी अनुदान मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले नेपालको अर्थ मन्त्रालयले सोधेका प्रश्नहरूको उत्तर दिएपछि त्यसबारे फेरि एक पटक चर्चा चुलिएको छ। नेताहरूदेखि विज्ञहरूले एमसीसीको उत्तरलाई फरकफरक ढङ्गले व्याख्या र विश्लेषण गरिरहेका छन्। सत्तारूढ गठबन्धनका दलका नेताहरूबीच पनि एमसीसीको जबाफबारे मत बाझिएको छ। नेपाली कांग्रेसका एक नेताले "एमसीसीको जबाफपछि सार्वजनिक वृत्तमा देखिएका आशङ्काहरू मेटिएकाले"...