हङकङ यू-१९ विरूद्धको सिरिजमा नेपालको विजयी सुरूवात

हङकङ यू-१९ टोलीविरूद्धको तीन खेलको एकदिवसीय सिरिजमा नेपाली यू-१९ टोलीले विजयी सुरूवात गरेको छ।  नेपालले सोमबार भएको पहिलो खेलमा ३ विकेटको जित निकालेको हो।  मुलपानीमा भएको खेलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङ ४१.१ ओभरमा ११३ रनमा अलआउट भयो।  हङकङका लागि अब्दुल समादले नटआउट ५० रन जोडे। उनले ९८ बलमा...

घुससहित पक्राउ परेका नायव सुब्बाविरुद्ध मुद्दा दायर

काठमाडौँ । घुससहित पक्राउ परेका एक नायव सुब्बाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा दायर गरेको छ ।  अख्तियारले जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायव सुब्बा अशोक कुमार यादवविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।   सवारी ज्यान कसुर मुद्दामा मृतकको नजिकको हकदारले पाउनुपर्ने क्रिया खर्च तथा क्षतिपूर्ति बापतको रकम उपलब्ध गराउन...

पाँच महिनामा पुँजीगत खर्च ११ प्रतिशत, २८ प्रतिशत राजस्व संकलन

काठमाडौँ — चालु आर्थिक वर्ष २०८१/८२ को सुरुआती पाँच महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । मंसिर मसान्तसम्म सरकारले वार्षिक लक्ष्यको २८ प्रतिशत राजस्व उठाएको छ भने करिब ३० प्रतिशत बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।कार्यालयको तथ्याङ्कअनुसार सरकारको विकास खर्च कमजोर देखिएको छ । चालु आर्थिक वर्षका...

मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक

काठमाडौँ — जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक्ड भएको छ । यसअघि निर्वाचन आयोग र सुदूरपश्चिम सरकारको वेबसाइट ह्याक गरेको ‘क्याप्टेनस्मोकर’ ह्याकिङ समूहले नै महाशाखाको वेबसाइट नियन्त्रणमा लिएको छ ।    आइतबारसम्म खुलिरहेको महाशाखाको वेबसाइट सोमबार बिहानै ह्याक्ड भएको थाहा पाएको जल तथा मौसम विभागका सूचना अधिकारी दिनकर कायस्थले...

रविविरुद्धको अनुसन्धान प्रतिवेदन सोमबार पेस गरिँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । प्रहरीले उनीविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन तयार गरिरहेको छ ।  सोमबार उनीविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिने नेपाल प्रहरीका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।...

पोखरामाथि रोमाञ्चक जित निकाल्दै सुदूरपश्चिम प्लेअफमा

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पोखरा एभेन्जर्सलाई पाँच रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स प्लेअफमा पुगेको छ।  अन्तिम खेलअघि सुदूरपश्चिम १० अंक जोड्दै शीर्ष स्थानमा पुगेको छ। १० अंक नै जोडेको जनकपुर बोल्ट्स यसअघि नै प्लेअफमा पुगिसकेको छ। ८ अंक बटुलेको तेस्रो स्थानको चितवन राइनोजले पनि प्लेअफमा स्थान पक्का गरिसकेको...

नेपाललाई गरिबीबाट समृद्ध बनाएरै छाड्नेछौँ : प्रधानमन्त्री ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतितर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको बताएका छन् । ज्यापु संस्कृति विकास कोषद्वारा आज वसन्तपुरमा आयोजित २१औँ राष्ट्रिय ज्यापु दिवसमा समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा भएको राजनीतिक परिवर्तनलाई धरापमा पार्ने र परिवर्तनमा योगदान गरेका दललाई अनावश्यक भ्रम फैलाएर...

सरकारले गौरवको आयोजनाको रूपमा उठाएको सुरुङ मार्ग अलपत्र अवस्थामा

प्रदेश स्थापनाकालमा प्रदेश सरकारले गौरवको आयोजनाको रूपमा उठाएको सुरुङ मार्ग अहिले आएर अलपत्रको अवस्थामा पुगेको छ।  बागमती प्रदेश सरकारको पहिलो नेतृत्व नेकपा एमालेका नेता डोरमणि पौडेलले गरेका थिए । त्यतिबेला नेकपा माओवादी केन्द्र र एमाले गठबन्धन (वाम गठबन्धन)को महत्त्वपूर्ण आयोजनाको रूपमा सुरुङ मार्गलाई अघि बढाइएको थियो । उनकै जोडबलमा बागमती प्रदेश...

निजी अस्पतालहरूले पनि नर्सलगायत स्वास्थ्यकर्मीलाई सरकारीसरह सेवा सुविधा दिनुपर्ने: मन्त्री प्रदीप पौडेल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पतालहरूका नर्स र स्वास्थ्यकर्मीलाई सरकारीसरह सेवा सुविधा दिन पत्राचार गरेको छ।  मन्त्री प्रदीप पौडेलले निजी अस्पतालका स्वास्थ्यकर्मीहरूलाई सरकारीभन्दा सेवा सुविधा कम नगर्न तथा अतिरिक्त समय काम गर्नेका लागि भत्ता व्यवस्था मिलाउने गरी निर्णय गर्न भनेपछि सचिवस्तरीय निर्णय गर्दै देशैभरका मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा सरकारीसरह न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न पत्राचार गरिएको...

नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म चम्किलो धागो बनेर रहेको छ :  प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोका रूपमा रहेको बताएका छन् ।  नवौँ नानहाई बौद्ध सम्मेलनको काठमाडौँ फोरमलाई शुक्रबार सम्बोधन गर्दै उनले उक्त धागोले हाम्रा दुई राष्ट्रहरूको आध्यात्मिक र सांस्कृतिक कपडालाई एकसाथ बुन्ने तथा सद्भाव र समझदारीको दिगो बन्धनलाई बढावा दिने बताए । 'नेपाल चीन केवल...