नाबालिकालाई झुक्याएर विवाह गर्ने बेहुलासहित दुई जना पक्राउ

खोटाङ — जिल्ला प्रहरी कार्यालयले नाबालिकासँग विवाह गर्ने युवक (बेहुला)सहित दुई जनालाई पक्राउ गरेको छ । आफन्तकामा हिँडेकी १३ वर्षीया बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका २८ वर्षीय रमेश राई र बालविवाह गराउनमा संलग्न बालिकाको आफन्त कमला राईलाई प्रहरीले पक्राउ गरेको हो । यही पुस८ गते बालिकासँग विवाह गर्ने...

केपी ओलीको तानाशाही दमनविरुद्ध देशव्यापी भण्डाफोर गर्छु : भीम रावल

काठमाडौँ — एमालेबाट निष्कासित नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीको भण्डाफोर गर्ने बताएका छन् । पूर्वउपाध्यक्षसमेत रहेका रावलले अध्यक्ष ओलीको स्वेच्छाचारी कदमप्रति देशव्यापी रूपमा अभियान चलाउने बताएका छन् ।  शुक्रबार कान्तिपुरसँग कुराकानी गर्दै रावलले भने, 'ममाथि जे जस्तो व्यवहार गरियो त्यसको व्यवस्थित ढंगले देशव्यापी रूपमा भण्डाफोर गर्ने तयारीमा छु ।केपी ओलीको स्वेच्छाचारी, निरंकुश...

म्याग्दीको बुक्लामा ट्रिपर दुर्घटना, दुई भारतीय मजदुरको मृत्युम्याग्दीको 

म्याग्दी (बेनी) । म्याग्दीको रघुगंगा गाउँपालिका–४ बुक्लमा ट्रिपर दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ । निर्माणधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर २ को सुरुङ जाने सडकबाट ट्रिपर खस्दा आयोजनामा काम गर्ने दुई भारतीय मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए बीपी २–ए ७५६८ नम्बरको  ट्रिपर सडकबाट...

हिउँदको तेस्रो वर्षा शुक्रबार र शनिबार हुने सम्भावना छ ।

काठमाडौं । यो वर्षको हिउँदको तेस्रो वर्षा शुक्रबार (भोलि) र शनिबार (पर्सि) हुने सम्भावना छ । सातै प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पानी पार्ने अर्को पश्चिमी न्यूनचापीय प्रणाली आजै राति नेपाल प्रवेश गर्ने महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । त्यसको प्रभावले बदली (आकाशमा बादल), वर्षा...

एनपिएलमा १३ विकेट लिएका उदयीमान खेलाडी विपिनलाई स्वस्तिमाले दिइन् आइफोन उपहार

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा १३ विकेट लिएर उदयीमान खेलाडीको अवार्ड जितेका १६ वर्षीय स्पिनर विपिनप्रसाद शर्मालाई अभिनेत्री स्वस्तिमा खड्काले आइफोन उपहार दिएकी छिन्।  विपिनले कर्णाली याक्सबाट खेल्दै ८ खेलमा १३ विकेट लिएका थिए। स्वस्तिमा कर्णालीको ब्रान्ड एम्बासडर हुन्।  विपिनले आफूलाई स्वस्तिमाले क्रिसमसको उत्कृष्ट उपहार दिएको भन्दै इन्स्टाग्राममा स्टोरी राखेका...

कांग्रेसको १०० दिने अभियान माघ १६ गतेसम्म चल्ने

नेपाली कांग्रेसले १०० दिने विशेष अभियान माघ १६ गतेसम्म सञ्चालन गर्ने भएको छ। केही जिल्लाहरूमा १०० दिने विशेष अभियान ढिला सुरू भएकोले माघ १६ गतेसम्म सक्न समय थप गरिएको हो। कांग्रेसले असोज ७ गते अभियान सुरू गरेको थियो। यो अभियान राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको दिन पुस १६ गते समापन गर्ने तयारी भइरहेका बेला...

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा, अब ७० मिटर मात्र खन्न बाँकी

दैलेखमा जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ। खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार ९३० मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७० मिटर मात्र खन्न बाँकी छ । दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङ प्रारम्भ...

वाग्मतीमा ७ सचिव रिक्त

मकवानपुर — नेता व्यवस्थापन र दलीय भागबण्डा मिलाउन मन्त्रालयको संख्या बढाएको वाग्मती प्रदेश सरकारले सचिव व्यवस्थापन गर्नै सकेको छैन । १४ मन्त्रालय रहेको वाग्मती प्रदेशमा ७ सचिव पद रिक्त छन् भने चार सचिव दोहोरो जिम्मेवारीमा छन् । प्रदेश सरकारमा विशिष्ट श्रेणीका कर्मचारी अभाव हुँदा प्रशासनिक काम प्रभावित भइरहेको छ । मन्त्रालयको कामकाज नै रोकिने स्थिति...

जाजरकोटमा भूकम्पको धक्का महसुस

वीरेन्द्रनगर — जाजरकोटमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार बिहान ६:३३ बजेको समयमा जाजरकोटको नायकबाडा केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प धक्का महसुस भएको हो । ...

पुलिस यू–१८ च्याम्पियन

काठमाडौँ — अपेक्षाअनुसार नै पुलिसले ललित स्मृति यू–१८ युथ लिगको उपाधि मंगलबार जितेको छ । टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको निर्णायक साबित खेलमा चर्च ब्वाइजलाई २–१ ले हराएर एक खेलअगाडि नै उपाधि हात पारेको हो । चर्च ब्वाइजलाई हराए पुलिसले उपाधि जित्ने निश्चित थियो । पुलिस टिममा आधा दर्जन जति उमेर समूहका राष्ट्रिय खेलाडी...