पहिरोले सिन्धुपाल्चोकमा दुई गाउँ बगे, तीन जनाको शव भेटियो, कम्तीमा १७ बेपत्ता

सिन्धुपाल्चोक — बाह्रबीसे नगरपालिका–७ घुम्थाङमा शनिबार राति पहिरो जाँदा दुई गाउँका १७ घर बगेका छन् । स्थानीय फड्के खेतबाट खसेको पहिरोले नागपुजेमा सात र भिरखर्कमा १० घर पुरिएका हुन् । नागपुजेमा तीन घर क्षतिग्रस्त छन् । पहिरो गएको स्थानमा खोजी गर्दा नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको विक टोलकी २३ वर्षीया...

कोरोना कहर : हवाई क्षेत्रले १६ अर्ब बढी गुमायो

काठमाडौँ, भदौ २३ गते । कोभिड–१९ महामारीका कारण आन्तरिक उडानमा रहेका निजी क्षेत्रका वायुसेवा कम्पनीले रु १६ अर्बभन्दा बढी आर्थिक नोक्सानी बेहोर्नु परेको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी र जारी निषेधाज्ञाको अवधिमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा ती कम्पनीले ठूलो आर्थिक नोक्सानी बेहोरेका हुन् । महामारी...

बागलुङमा बाढीपहिरो : १४ शव भेटिए, चार जनाको सनाखत

१९ भदौ । बागलुङको पश्चिमी क्षेत्र ढोरपाटनमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १४ पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएकामध्ये चार शवको सनाखत भएको छ । सनाखत हुनेमा ढोरपाटन–९ की २६ वर्षकी केशमाया...

मनसुनको दुई महिनाः विपद्मा परी २३१ को मृत्यु, ७७ बेपत्ता

काठमाडौँ, साउन ३२ गते । मनसुन सक्रिय भएपछिको दुई महिना मुलुकका लागि ठूलै जोखिमपूर्ण बन्यो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को मार खेपिरहँदा यस वर्ष मनसुनजन्य विपद्बाट ठूलो जनधनको क्षति भएको छ । सबैभन्दा बढी पहिराले क्षति पुर्याएको छ । अनुमान नै नगरिएका स्थानमा अपत्यारिलो पहिरो खस्दा सयौँ नागरिकले अकालमै...

जोखिमको बेवास्ताले ठूलो क्षति

जुगल गाउँपालिका-२ गोल्चे लिदीको बस्ती पहिरोको चपेटामा पर्न सक्ने जोखिम स्थानीयले त औंल्याएकै थिए, त्यसप्रति सरकारी निकाय पनि बेखबर थिएन। स्थानीयले बस्ती असुरक्षित भएको भन्दै अन्यत्र स्थानान्तरण गरिदिन पटक-पटक ध्यानाकर्षण गराए। तर, न सरकारले बस्ती सार्‍यो न त स्थानीय आफैं सरे। शुक्रबार बिहान बस्ती माथिबाट आएको पहिरोले ३७ घर पुरिंदा...

बुटवलको कोरोना अस्पतालमा दुई जना पुरुषको मृत्यु

बुटवलको कोरोना विशेष अस्पतालमा कपिलवस्तुका दुई जना पुरुषको मृत्यु भएको छ। कोरोना लक्षण देखिएपछि उनीहरु अस्पतालमा भर्ना भएका थिए। भेन्टिलेटरमा उपचार हुँदै गर्दा मृत्यु भएको हो। ४२ वर्षीय पुरुषको आज बिहान र २५ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति १२ बजे मृत्यु भएको अस्पतालले स्रोतले जानकारी दिएको छ। ४२ वर्षीय पुरुष...

डोटीमा घर भत्किएर एकै परिवारका ४ को मृत्यु, ५ जना घाइते

दिपायल- डोटीमा गएराति घर भत्किएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । आदर्श गाउँपालिका वडा नम्बर १ बाँझककानीमा लोगे लुहारको घर भत्किँदा चार जनाको मृत्यु भएको हो । पाँच जना घाइते भएका छन् । राति करिब साढे एक बजे घर भत्किएको स्थानीयले बताएका छन् । मृत्यु हुनेमा लुहारकी श्रीमती...

राष्ट्रिय भवन संहिता अध्यावधिक : सबै खाले भवनलाई भूकम्प प्रतिरोधी बनाउन सकिने

काठमाडौं । राष्ट्रिय भवन संहिता अध्यावधिक गरिएकाे छ । नेपालमा साना ठूला सबै खालका भवनहरुलाई भूकम्प प्रतिरोधी बनाउन आवश्यक पर्ने संरचनागत डिजाइनसहितको मापदण्डलाई समावेश गरेर राष्ट्रिय भवन संहितालाई अध्यावधिक गरिएको हाे । नेपालमा 'राष्ट्रिय भवन संहिता १०५:१९९४' कार्यान्वयनमा रहेकोमा मन्त्रिपरिषद्को बैठकले 'अध्यावधिक राष्ट्रिय भवन संहिता १०५:२०२०' लाई स्वीकृत गरेको छ । नेपालमा ०७२...

भारतमा २० दिनमा १० लाख कोरोना सङ्क्रमित थपिए, कुल सङ्ख्या २० लाख नाघ्यो

विगत २० दिनमा त्यहाँ १० लाख सङ्क्रमित थपिएका छन्। यो सङ्क्रमण वृद्धिदर अमेरिका र ब्रजिलको भन्दा बढी हो। अमेरिकामा सङ्क्रमितको सङ्ख्या १० देखि २० लाख पुग्न ४२ दिन र ब्रजिलमा २७ दिन लागेको थियो। भारतमा केही हप्तायता व्यापक रूपमा परीक्षण गरिएको छ। तर त्यहाँ राज्यअनुसार स्थिति फरक छ। सङ्क्रमितहरूको सङ्ख्या २०...

नुवाकोटका सबै स्थानीय तहमा ‘लकडाउन’

नुवाकोटका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणको जोखिम देखिएसँगै ‘लकडाउन’ गरिएको छ। सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक लगाउने, अत्यावश्यक सेवाका साधन र अनुमतिप्राप्त साधनबाहेक अन्य सवारीसाधन जिल्ला प्रवेशमा पूर्णरुपमा रोक लगाइने निर्णय गरेको छ। यसैगरी राति...