मेलम्ची बाढीले बगाएका सपनाहरु….(भिडियो सामग्री)

मेलम्ची बाढीले बगाएका सपनाहरु….(भिडियो सामग्री)
मेलम्चीमा एक महिना अगाडि आएको बाढीले धेरै धनजनको क्षति ग¥यो । आँखै अगाडि आफ्नो जीवनभरको सम्पति तथा सुन्दर सपना बाढीले बगाएर लग्यो । सुन्दर मेलम्ची अहिले खण्डहर भएको छ । कतिको घरको जगसँगै बगाएर लग्यो भने कतिको घरलाई बस्नै नमिल्नेगरी क्षति पु¥यायो । मेलम्ची नगरपालिकाको करिव ४ वर्षको विकासका काम...

विपद्को जोखिम बढ्दो तर सहकार्य र समन्वय फितलो(भिडियो सहित)

अहिले देशभरी हल्कादेखि भारी वर्षा भइराखेको छ । ठाउँ ठाउँमा बाढी र पहिरो गइराखेको छ । जनजीवन कष्टकर छ । तर, विपद् व्यवस्थापन र क्षति न्यूनीकरण गर्नका लागि सरोकारवाला निकायहरुबीच समन्वय प्रभावकारी रुपमा हुन सकेको छैन । विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि विभिन्न संयन्त्र तथा संघसंस्थाले काम गरिराखेका छन्...

स्वास्थ्य मापदण्डमा कडाइ नगरे अझै बढ्न सक्छ सङ्क्रमण

स्वास्थ्य मापदण्डमा कडाइ नगरे अझै बढ्न सक्छ सङ्क्रमण
काठमाडौँ, वैशाख ३० गते । कोरोना सङ्क्रमण बढेपछि सरकारले काठमाडौंँ उपत्यका लगायत अन्य जिल्लामा निषेधाज्ञा जारी गरेको बुधबार १४ दिन पूरा भएको छ । निषेधाज्ञा जारी भएको दुई साता पूरा भइसक्दा पनि कोरोना सङ्क्रमितको सङ्ख्या घट्न सकेको छैन । स्वास्थ्य मापदण्ड अझ कडाइ नगरे स्थिति नियन्त्रणमा लिन कठिन हुने विज्ञहरूको सुझाव छ । वरिष्ठ भाइरोलोजिस्ट तथा...

२३औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसः भवन संहिता कार्यान्वयमा सबैको जोड (भिडियो सहित)

https://www.youtube.com/watch?v=gXzT7su-DLQ भिडियो हेर्नुहोस् भत्तपुरको मध्यपुर थिमी नगरपालिकाले आयोजना गरेको २३औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस कार्यक्रममा विभिन्न सरोकारवाला व्यक्तिहरुले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका निर्देशक सूर्य नारायण श्रेष्ठले भूउपयोग नीति तयारगरि कार्यान्वयमा ल्याउनु पर्ने कुरामा जोड दिनुभयो । त्यस्तै शहरी विकास तथा...

सबैले समन्वयको कुरा त गर्छन, तर समन्वय गर्न कसैले चाहदैनन् : नवराज प्याकुरेल

सबैले समन्वयको कुरा त गर्छन, तर समन्वय गर्न कसैले चाहदैनन् :  नवराज प्याकुरेल
नवराज प्याकुरेल अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिको आयोजना प्रमुख भएर गएको केही महिना मात्र भयो । समग्र काठमाडौंको विकासको निम्ति उहाँले के कस्तो नीति र योजना बनाइराख्नु भएको छ ? इमेज च्यानलको कार्यक्रम टक अफ द टाउनमा जगदीश खरेलले प्याकुरेलसँग गर्नुभएको कुराकानीको सम्पादित अंश...

धेरैजसो स्थानमा भारी वर्षा, स्याङ्जामा पहिरो : पाँच जनाको मृत्यु, नारायणीको जलसतह खतराको तहभन्दा माथि

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश नं. १, प्रदेश नं. २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं. ५ र कर्णाली प्रदेशका १–२ स्थानहरुमा अति भारी वर्षा भैरहेको छ । स्याङ्जा : पहिरोमा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको...

राष्ट्रपतिबाट सिन्धुपाल्चोकको बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षलाई आग्रह

राष्ट्रपतिबाट सिन्धुपाल्चोकको बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षलाई आग्रह
काठमाडौँ, भदौ २९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुपाल्चोकको भौगोलिक संवेदनशीलता अध्ययन गरी जोखिमयुक्त बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभएको छ ।राष्ट्रपति भण्डारीले भन्नुभएको छ, “२०७२ को भूकम्पबाट देशका विभिन्न भाग थिलथिलो बनेकोमा सिन्धुपाल्चोक लगातार पहिरोको जोखिममा परिरहेको छ, त्यहाँ फेरि पहिरोबाट जनधनको क्षति भएकोमा दुःखी भएको छु...

कोरोना भाइरस इजरेलः चाडपर्वकै बेला देशव्यापी लकडाउन घोषणा, विरोध जनाउँदै एक मन्त्रीले दिए राजीनामा

इजरेलमा हालसम्म कोरोनभाइरसबाट १,१०८ जनाको मृत्यु भएको छ भने १,५३,००० जना सङ्क्रमित भएका छन् कोरोनाभाइरस नियन्त्रणका लागि भन्दै इजरेल सरकारले यहुदी नयाँ वर्षदेखि लागु हुने गरी कडा प्रतिबन्धहरूसहित अर्को लकडाउन गर्ने घोषणा गरेको छ। आउँदो शुक्रवारदेखि शुरू हुने दोस्रो लकडाउन कम्तीमा तीन हप्तासम्म कायम रहनेछ। प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले प्रतिबन्धहरूका कारण "चर्को मूल्य चुकाउनुपर्ने"...

पहिरोले सिन्धुपाल्चोकमा दुई गाउँ बगे, तीन जनाको शव भेटियो, कम्तीमा १७ बेपत्ता

सिन्धुपाल्चोक — बाह्रबीसे नगरपालिका–७ घुम्थाङमा शनिबार राति पहिरो जाँदा दुई गाउँका १७ घर बगेका छन् । स्थानीय फड्के खेतबाट खसेको पहिरोले नागपुजेमा सात र भिरखर्कमा १० घर पुरिएका हुन् । नागपुजेमा तीन घर क्षतिग्रस्त छन् । पहिरो गएको स्थानमा खोजी गर्दा नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको विक टोलकी २३ वर्षीया...

कोरोना कहर : हवाई क्षेत्रले १६ अर्ब बढी गुमायो

काठमाडौँ, भदौ २३ गते । कोभिड–१९ महामारीका कारण आन्तरिक उडानमा रहेका निजी क्षेत्रका वायुसेवा कम्पनीले रु १६ अर्बभन्दा बढी आर्थिक नोक्सानी बेहोर्नु परेको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी र जारी निषेधाज्ञाको अवधिमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा ती कम्पनीले ठूलो आर्थिक नोक्सानी बेहोरेका हुन् । महामारी...